Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

धान खेत मासेर अलैँची रोप्दै किसान

\"alaichi\"खोटाङ । जिल्लाका किसान अलैँचीखेतीप्रति आकर्षित बन्दै गएका छन् । अन्य खेतीभन्दा अलैँचीबाट राम्रो आम्दानी हुन थालेपछि किसान यसप्रति आकर्षित भएका हुन् । गत वर्षमात्रै जिल्लाबाट ८० करोड बढीको अलैँची निकासी भएपछि किसानले धान खेत मासेर भए पनि अलैँचीखेती गर्न थालेको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताए । \'अलैँचीले राम्रो बजार मूल्य पाउन थालेको छ,\' उनले भने – \'किसान धान खेत मासेर धमाधम अलैँचीको बिरुवा रोप्न थालेका छन् ।\' यस वर्ष जिल्लाको उत्तरी गाविस फेदी, ऐसेलुखर्क, सुङ्देल, बाक्सिला, पाथेका, खार्मी, जालपा, हौंचुर, खार्पालगायतका धानखेती हुने ठाउँमा हजारौ अलैँचीको बिरुवा रोपिएका छन् । त्यस्तै जिल्लाको पूर्वी गाविस बाँझेच्यानडाँडा, खिदीमा, निर्मलीडाँडा, रतन्छा, दोर्पाचिउरीडाँडा, नेर्पालगायतका गाविसमा पनि अलैँचीका बिरुवा रोपिएका छन् । जिल्लाको दक्षिणी गाविस चिप्रिङ, बोपुङ, डम्बर्खुशिवालय, बड्कादियाले लगायतका गाविसमा पनि बिरुवा रोपिएको अलैँची व्यवसायी सङ्घका अध्यक्ष वीरबहादुर तामाङले बताए । \'व्यावसायिक रुपमा विकास गर्न हामी एक भएर लागी परेका छौँ,\' उनले भने । जिल्लाको ७२ गाविस र एक नगरपालिकामध्ये ६४ गाविस र नगरपालिकामा अलैँचीखेती गरिन्छ । कृषि विकास कार्यालयको तथ्याङ्कमा आठ सय ७५ हेक्टरमा चार सय ३७ मेट्रिक टन अलैँची उत्पादन हुने गरेको पाइएको छ । अलैँचीबाट मनग्य आम्दानी हुन थालेपछि गाउँ–गाउँमा विरुवा उत्पादन गर्न थालिएको छ । यस वर्ष पोहोरको तुलनामा दोब्बर अलैँची उत्पादन हुने बाँझेच्यानडाँडाका अलैँची किसान रघुनन्द राईले बताए । जिल्लाबाट करोडौँको अलैँची निकासी सुरु भएपछि खोटाङस्थित जिल्ला विकास समितिले निकासी कर लागू गरेको छ । गत वर्षको जिल्ला परिषद्ले पारित गरेअनुसार प्रतिकिलो चारका दरले निकासी कर लिने तयारी गरिएको स्थानीय विकास अधिकारी महेन्द्रकुमार सापकोटाले बताए । यसअघि खोटाङको निकासी कर भोजपुर, उदयपुर, धनकुटा, सुनसरी, झापाबाट लिने गरिएको थियो । यो वर्षदेखि जिल्लामै निकासी कर सङ्कलन हुने भएपछि त्यसले जिल्लाको विकासमा ठूलो टेवा पुग्ने सापकोटाको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: