महोत्तरी । विगत पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको रु ६३ लाखसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गत आइतबार रु ५५ लाखसहित दुई युवक पक्राउ परेका थिए भने बिहीबार रु ८ लाखसहित थप एक युवक पक्राउ परे ।
जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्डको औरहीमा गत आइतबार दिउँसो स्रोत नखुलेको रु ५५ लाखसहित औरही नगरपालिका–२ चेपकट गाउँ बस्ने २० वर्षीय धीरजकुमार यादव र सोही स्थान निवासी १८ वर्षीय रमेशकुमार सहनी पक्राउ परेका थिए ।ज ९प ८२४७ नं को मोटरसाइकलमा बसेर कालो झोलामा रु ५५ लाख बोकी गइरहको अवस्थामा प्रहरीले शङ्का लागि जाँच गर्दा उनीहरु पक्राउ परेका थिए । रकमको स्रोत खुलाउन नमानेपछि उनीहरुलाई प्रहरीले कारबाहीका लागि बरामद रकमसहित जलेश्वर भन्सार कार्यालयमा बुझाएको थियो ।
त्यसैगरी भारतबाट स्रोत नखुलेको करिब रु आठ लाखसहित नेपाल प्रवेश गरेका औरही नगरपालिका–५ बस्ने रामश्रेष्ठ दासका छोरा २० वर्षीय वीरेन्द्रकुमारलाई गएराति प्रहरीले पक्राउ गरेको थियो । भारत बिहारको कन्हमा सहरबाट कम्मरमा बेरेको कपडा भित्र रकम राखी साइकलमा सम्सी गाउँपालिका–स्थित प्रहरीचौकी नजिक आउँदै गरेका उनीमाथि शङ्का लागि जाँच गर्दा प्रहरीले स्रोत नखुलेको रु सात लाख ९१ हजार बरामद गरेको थियो ।पक्राउ परेका दासलाई गएराति नै मुख्य भन्सार कार्यालय जलेश्वरमा लगिएकामा कार्यालय बन्द भएकाले आज बुझाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १६ गते, २०८३ - १४:१२
काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत चीनको सहयोगसम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार, यातायात तथा शहरी व...
बैशाख १६ गते, २०८३ - १४:०४
बुटवल । रुपन्देहीमा माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। बुटवल–बर्दघाट सडक खण्डअन्तर्गत गणेशनगरस्थित प्रतीक्षा...
बैशाख १६ गते, २०८३ - १३:४७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको अनौपचारिक बैठक सिंहदरबारस्थित पार्टी कार्यालयमा जारी छ। बैठकमा समसामयिक राजनीतिक अवस्था...
बैशाख १६ गते, २०८३ - १३:३०
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित रहेको छ। सिंहदरबारस्थित कांग्रेस सं...
बैशाख १६ गते, २०८३ - १३:२१
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राई मनोनयन भएका छन्। संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले आज था...
बैशाख १६ गते, २०८३ - १२:५०
काठमाडौं । नेपाली कांग्रेस ले राष्ट्रिय सभामा आफ्नो दलको नेतामा कमला पन्तलाई मनोनित गरेको छ। प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम...
बैशाख १६ गते, २०८३ - १२:२८
काठमाडौँ । यातायात व्यवस्था विभागले फेरि सार्वजनिक यातायातको भाडा बडाएको छ । बुधबारदेखि नै लागू हुने गरी विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक ...
बैशाख १५ गते, २०८३ - १७:३३
काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार ठमेल पक्नाजोलस्थित सडकमा बा३क २३३९ नम्बरको ट्रकको ठक्कर...
बैशाख १५ गते, २०८३ - १७:१७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओली ले सरकारले संसद् छलेर अध्यादेश ल्याउन खोज्नु संसदीय अभ्यासमाथिको गम्भीर हम...
बैशाख १५ गते, २०८३ - १७:०१
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेशमार्फत कानुन निर्माण गर्न खोजेकोप्रति आपत्ति जनाएको छ। सरकारले दुई अध्यादेश जारी गर्...


प्रतिकृया लेख्नुहोस्: