Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

राजनीतिक दललाई निर्वाचन आयोगद्वारा १७ बुँदे निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन दिएको छ । 

नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, स्थानीय तह निर्वाचन ऐन, निर्वाचन आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना र निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति, २०७७ मा व्यवस्थाअनुरूप  आयोगले उक्त निर्देशन दिएको हो । स्थानीय तह निर्वाचन, २०७९ को व्यवस्थापन र सञ्चालनलाई लैङ्गिक तथा समावेशी बनाइ महिला तथा समावेशी समूहका व्यक्तिहरूलाई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउने सम्बन्धमा आआफ्नो तर्फबाट गर्न गराउन दललाई आयोगले भनेको छ ।

नेपालको संविधानको धारा ३८ को उपधारा ९४० तथा धारा ४२ को उपधारा ९१० मा भएको व्यवस्था र नेपालको संविधानको धारा ४७ को मौलिक हकको कार्यान्वयनसम्बन्धी व्यवस्था समेतलाई स्मरण गरी स्थानीय तहमा लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयनको व्यवस्था गर्न निर्देशनमा भनिएको छ ।

राजनीतिक दलले निर्वाचनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्दा नेपालको संविधानप्रति निष्ठावान रही विभिन्न जातजाति, सम्प्रदाय, लिङ्ग, धर्म,  भाषा, क्षेत्र र संस्कृतिको सम्मान गर्दै आपसी सुसम्बन्धमा खलल पार्ने कुनै गतिविधि हुन नदिने सुझाव दिइएको छ ।

आयोगले दलमा तोकिनुभएका लैङ्गिक सम्पर्क व्यक्तिहरूलाई परिचालन गरी निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति, २०७७ को कार्यान्वयनमा सहयोग गर्न भनेको छ । निर्वाचनमा प्रयोग हुने मतदानस्थल, मतदान केन्द्र, मतगणनास्थललाई लैङ्गिक तथा अपाङ्गमैत्री बनाउन आवश्यक सहयोग गर्न पनि सल्लाह दिइएको छ । आयोगले राजनीतिक दललको घोषणापत्रलगायत दस्तावेजमा लैङ्गिक तथा समावेशीसम्बन्धी व्यवस्थालाई उचित सम्बोधन गर्ने तथा स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्न पनि आयोगले भनेको छ ।

आयोगले विसं २०७४ मा १७५ दलित महिला वडा सदस्य पदमा उम्मेदवारी नै नपरेको कारणबाट उक्त पद रिक्त भएको विषयलाई गम्भीरतापूर्वक लिई प्रचलित कानुन बमोजिम सम्पूर्ण वडामा दलित महिलाको उम्मेदवारी हुने व्यवस्थाका लागि आवश्यक पहल गर्ने सुझाव दिएको छ । महिला, दलित वा अल्पसङ्ख्यक समुदायको लागि आरक्षण गरिएका पदबाहेकका पदमा उम्मेदवार मनोनयन गर्दा कम्तीमा एक तिहाइ महिला र नेपालको सामाजिक विविधता प्रतिविम्वित हुने गरी समानुपातिक समावेशी सिद्धान्तका आधारमा उम्मेदवार मनोनयन गर्ने व्यवस्थाका लागि निर्देशन दिइएको छ ।

आयोगले राजनीतिक दलले आफ्ना सदस्यलाई लैङ्गिक तथा समावेशीताका सवालमा संवेदनशील बनाउन आवश्यक सहजीकरण तथा प्रशिक्षणको व्यवस्था गर्न भनेको छ । राजनीतिक दलबाट सञ्चालन गरिने प्रशिक्षण, गोष्ठी, तालिम, सेमिनार, छलफल तथा अन्तरक्रिया आदि कार्यक्रममा महिला, समावेशी समूह तथा लक्षित वर्गको सहभागितालाई सुनिश्चित गर्ने सुझाव दिइएको छ ।

आयोगले राजनीतिक दलबाट तयार गरिने तालिम तथा प्रशिक्षणका पाठ्यक्रम, पाठ्य सामग्री, निर्वाचनसम्बन्धी स्रोत सामग्री तयार गर्दा तथा कार्यक्रमस्थल छनोट गर्दा लैङ्गिक तथा अपाङ्गमैत्री र समावेशी बनाउने भनेको छ । राजनीतिक दलहरूबाट सञ्चालन गरिने कुनै प्रकारको कार्यक्रममा महिला, समावेशी समूह तथा लक्षित वर्ग, क्षेत्र र समुदायको सहभागिता र प्रतिनिधित्वका लागि लक्षित कार्यक्रम सञ्चालन गर्न आयोगले निर्देशन दिएको छ । आयोगले गम्भीर प्रकृतिका अशक्त, दीर्घ रोगी, अपाङ्गता भएका व्यक्ति, गर्भवति तथा सुत्केरी महिला तथा ज्येष्ठ नागरिक मतदातालाई मतदानको दिन मतदान केन्द्रसम्मको पहुँच र मतदान गर्ने कार्यलाई सहज तुल्याउन मतदान अधिकृतको स्वीकृति लिई आवश्यक सहजीकरण र सहयोग गर्ने व्यवस्था मिलाउन आयोगको निर्देशनमा भनिएको छ ।

निर्वाचन प्रचारप्रसार गर्दा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति एवं समावेशी समूहका उम्मेदवारलाई प्रत्यक्ष वा अप्रत्यक्ष धम्की दिने, व्यक्तिगत लाञ्छना लगाउने, गालीगलौज गर्ने, हतोत्साहित गर्ने, चरित्र हत्याका प्रयास गर्ने एवम् कमजोरी देखाउनेजस्ता विभेदजन्य कार्य हुन नदिन सम्पूर्ण सतर्कता अपनाउने  राजनीतिक दललाई आयोगले निर्देशन दिएको छ । 

ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको भावना, इज्जत, चरित्र तथा प्रतिष्ठामा आँच आउन सक्ने तथा आत्मसम्मानमा चोट पुग्ने प्रकारले कुनै किसिमको प्रचारप्रसार नहुने कुराको सुनिश्चितता प्रदान गर्न आयोगले भनेको छ । आयोगले राजनीतिक दलले प्रयोग गर्ने सामाजिक सञ्जालमा प्रयोग हुने भाषा महिला तथा समावेशी समूहका व्यक्तिको भावनामा नकारात्मक असर पर्ने गरी गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नहुने कुराको सुनिश्चितता गर्ने सल्लाह दिएको छ ।

राजनीतिक दलहरूबाट निर्वाचनको प्रचारप्रसार गर्दा निर्वाचनमा लैङ्गिक तथा समावेशिता, निर्वाचनको महत्व र मतदान गर्ने तरिकालगायत विषयमा मतदातालाई सुसूचित गर्ने गरी आवश्यक व्यवस्था मिलाउने पनि आयोगले दललाई निर्देशन दिएको छ । प्रवक्ता शालिग्राम शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्थानीय तह निर्वाचन, २०७९ को सञ्चालन तथा व्यवस्थापनमा लैङ्गिक तथा समावेशीताको प्रवद्र्धनमा योगदान पुग्ने आयोगले अपेक्षा गरेको छ ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव कांग्रेस बैठकमा पेस हुने

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको शुक्रबार बस्ने बैठकमा सभापति गगन थापा ले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ। ...

गुल्मीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

गुल्मी। गुल्मीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते हुनु भएको छ । यस जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर– ५ हँसरामा लु २ ख ५३७३ नम्बरको ट्रक दुर्घटना...

सवारी दुर्घटना बढेपछि सडकमै पूजा

सिद्धार्थनगर । रुपन्देहीको देवदह नगरपालिका क्षेत्रको राजमार्गमा सवारी दुर्घटना बढेको भन्दै स्थानीयले सडकमै पूजा गर्दै मृत आत्माको चिर शान्तिको कामना ग...

आयोगले बिहीबार निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...

ताप्लेजुङबाट तीन जनाले पाए समानुपातिक सांसदको अवसर

ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...

बसको ठक्करबाट नवलपुरमा स्कुटर चालकको मृत्यु

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...

कांग्रेस कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो ।  चुनाव...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: