सप्तरी । रगत अभावका बेला नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले आज राजविराजमा रक्तदान गरेर महासङ्घको स्थापना दिवस मनाएको छ । महासङ्घको ६७औँ स्थापना दिवसका अवसर रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाइएको हो ।
पत्रकार महासङ्घ कार्यालयमा भेला भएका यहाँका पत्रकारको ब्यानरसहित निक्लिएको प्रभात फेरी राजविराजस्थित रक्तदान सञ्चार केन्द्रमा पुगेर रक्तदान कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा पत्रकारसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र समाजसेवीले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्ले, सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङ, महासङ्घका जिल्ला अध्यक्ष श्रवण देव लगायतले रक्तदान गरे ।
यसैगरी पत्रकार रक्षा चौधरी, ओमप्रकाश साह, हेमशङ्कर सिंह, रामनारायण यादव, शैलेशकुमार कर्ण, सशस्त्र प्रहरी सजित श्रेष्ठ, रबिन राई, कुवेर बोहरा, कमलप्रसाद गौतम, उद्धवप्रसाद चौलागार्इं, सामाजिक कार्यकर्ता रामानन्द देव, दीपेशदेव जोशी, रवीन्द्र साह लगायतले रक्तदान गरेका छन् ।
विसं २०११ चैत १६ गते पत्रकार महासङ्घको स्थापना भएको हो । महासङ्घको स्थापना दिवसका अवसरमा सहभागी प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले राज्यका सबै निकायका काम कारबाहीको निगरानी गर्नाका साथै सञ्चार क्षेत्रले सत्य–तथ्य सूचना प्रवाह र जनताका आवाजलाई सार्वजनिक गर्न अझ बढी संवेदनशील बन्न जरुरी रहेको बताए । सङ्घ, प्रदेश र स्थानीय तहमा प्रेसमैत्री सञ्चार नीति, कानुन र संरचना निर्माणका लागि महासङ्घले थप पहल र खबरदारी गर्नुपर्ने सञ्चारकर्मीले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: