Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

ढोलाहिटी–लेले सडक चैतसम्ममा पनि नसकिने

रासस

काठमाडौँ ।  विस्तारका क्रममा रहेको ललितपुरको ढोलाहिटी–लेले सडक चैतसम्ममा पनि नसकिने देखिएको छ । अन्तिम पटक कोभिडका कारण चैत मसान्तसम्मका लागि अवधि थप गरिएको भए पनि स्थानीयस्तरमा समन्वय हुन नसक्दा अझै निर्माण पूरा नहुने देखिन्छ । 

केही दिन पहिले मात्रै सुनाकोठही सडकको चाँडो मर्मतको माग गर्दै कलाकार मदनकृष्ण श्रेष्ठलगायतका व्यक्तिले सडकमा प्रदर्शन गरेका थिए । सडकका विभिन्न खण्डमा सडक खाल्डाखुल्डी हुँदा यातायात आवागमन असजिलो भएको भन्दै स्थानीयवासीले पटक–पटक चाँडो निर्माण गर्न माग गर्दै आएका छन् । काठमाडौँ उपत्यका सडक विस्तार आयोजना स्थानीयवासीको अवरोधका कारण ढिलाइ भएको बताएका छन् भने स्थानीयवासीले आयोजनाले विभिन्न बहानामा ढिलाइ गरेको आरोप लगाएका छन् । 

सडककै कारण दैनिक जोखिमयुक्त यात्रा गर्न परिरहेको चापागाउँकी सुमित्रा अधिकारीले बताइन्  । पछिल्लो चार–पाँच वर्षयता आफू पटक–पटक स्कुटरबाट लडेर घाइते भएको उनले बताइन् । सडकमा भइरहेको अवरोधका कारण गन्तव्यमा पुग्न धेरै पटक ढिलाइ भएको उनले बताइन् । अघिल्लो वर्ष सडक बन्न सुरु भएकाले अब सजिलो हुने आशा गरेकी उनी पुन: सडकको उही हालत देख्दा दिक्क भएकी छन्  । 

उनले भनिन्, “अबको १०/१५ वर्षसम्म पनि सडक सुध्रेला जस्तो लागेन ।” सडकमा निर्माणको काम गर्न पाउँदा निर्धारित अवधिमा काम सम्पन्न गर्न समस्या नभए पनि निर्माणस्थल खाली नहुँदा अझै लामो समय लाग्नसक्ने आयोजनाका प्रमुख कृष्णनाथ ओझाले बताए । उनका अनुसार सडकको समस्या समाधानकै लागि जनप्रतिनिधिसँग पटक–पटक बैठक भए पनि त्यसले निष्कर्ष निकाल्न सकेको छैन ।

एक पटक सहमति भयो भनेर काम गर्ने भन्यो तर काम गर्न थालेपछि समस्या आउने गरेको उनले बताए । सुनाकोठीमा पहिले निर्माण भएको खण्डमा रोलर प्रयोग हुन नपाएकाले सम्पन्न नहुँदै कालोपत्र उप्केको थियो । अहिले पनि सो स्थानमा रोलर चलाउन स्थानीयवासीले अनुमति दिने अवस्था छैन । केही समय पहिले आयोजनाले  रोलर नै चलाउन नपर्ने गरी ढलानको ठेक्का निकालेको प्रमुख ओझाले बताए ।

उनले भने, “पहिले सूचना निकाल्दा कसैले पनि आवेदन नदिएको पुन: सूचना निकालिएको छ ।” ढलानका लागि पुन: गरिएको सूचनामा आवेदन नपरेमा आयोजना आफैँले सामान्य मर्मत गर्ने प्रमुख ओझाले बताए ।  उनका अनुसार आयोजनाले सामान्य खाल्डा टाल्ने काम मात्रै गर्नसक्छ । सुनाकोठीमा सडक निर्माण गर्नुपर्ने दुई खण्डमध्ये एउटा खण्डमा कालोपत्र र अर्कोमा ढलान गरिनेछ । पहिले कालोपत्र गरिएको खण्डमा सडक बिग्रिएकामा पुन: गर्न लागिएको हो । सुनाकोठीको भित्री बस्ती क्षेत्रमा पर्ने यी दुबै खण्डमा काम गर्न सजिलो नभएको आयोजना प्रमुख ओझाले बताए । 

चालू ठेक्कामा निर्माण व्यवसायीले काम गर्दा पहिले विग्रिएको ठाउँमा मर्मत गर्ने उनले जानकारी दिए ।  उनले बताए, “पहिले सम्पन्न भइसकेको ठेक्कामा नयाँ ठेक्कबाट गर्नुपर्छ ।” सुनाकोठीका खाल्डा बढी बढी भएको खण्डमा अहिले मर्मतको काम एक सातामा सकिने आयोजनाले जनाएको छ । सडक विस्तारका घर भत्काउन, विस्तार र नाली राख्नका लागि सो खण्डमा ठाउँ नदिइएकाले जति उपलब्ध छ त्यतिमा नै कालोपत्र गर्ने उनले बताए । उनले भने, “सकेसम्म यही महिनाभित्रमा पिच गरिसक्न लागेका छौँ ।”

ढोलाहिटी–लेले सडक ठाउँ ठाउँमा निर्माणको काम बाँकी छ । खासगरी बस्ती क्षेत्रमा बढी समस्या रहेको आयोजना प्रमुख ओझाले बताए । विस्तारका लागि ठेक्का भए पनि सुनाकोठी–चापागाउँ खण्डमा विस्तारको काम गर्न नसकिएको आयोजना प्रमुख ओझाले बताए । चापागाउँबाट टिकाभैरबसम्म जङ्गल क्षेत्रमा निर्माणको काम झण्डै अन्तिम चरणमा छ ।

उनले भने, “केही खण्डमा समस्या भए पनि अधिकांश स्थानमा सम्पन्न भइसकेको छ ।” ढोलाहिटी–लेलेसम्मको सडक चैतसम्मको अवधि भए पनि काम गर्न नपाउँदा अवधि थप चाहिन सक्छ । विगतमा पटक–पटक अवधि थप भएकामा पनि निर्माण कम्पनीले काम गर्न नपाएका कारण पुग्दा अवधि थपिन सक्छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending