काठमाडौँ । विवेकशील साझा पार्टीको हिजो बसेको केन्द्रीय समितिको वैठकमा रवीन्द्र मिश्रले एकलौटी निर्णय गर्दै २६ जनाको कारवाही सदर गरेसँगै पार्टीमा विवाद उत्पन्न भएको छ ।
अहिले विहान ९ बजे केन्द्रीय सदस्यहरुको वैठक बस्दै रवीन्द्र मिश्रलाई कारवाही गर्न खोजिदै छ । राप्रपासँगको एकीकरणको विषयले अहिले पार्टीमा उग्र रुप लिएको बुझिन्छ । रवीन्द्र मिश्रले पार्टीमा विचारभन्दा देश भन्ने दस्ताबेज ल्याएदेखिनै पार्टीमा विवाद छ ।
पार्टीमा विवाद आएदेखिनै मिलन पाण्डे, केशव दाहाल, रन्जु दर्शना, पुकार बम, रमेश पौड्याल लगायत मुख्य नेता मिलन पाण्डेको पक्षमा उभिदै रवीन्द्र मिश्रको विचारसँग असहमति राख्दै पार्टीको मर्म अनुसार उभिएका छन् ।
तर, अहिले रवीन्द्र मिश्रले साथ् लिएका केहि नेताहरुसँगको आन्तरिक भागबण्डा नमिलेपछि विवाद उत्पन्न भएको मिश्र पक्षका नेताहरुको दाबी छ ।
गण्डकी प्रदेशमा शुशिला केसी अधिकारीलाई र प्रदेश दुइमा धनपति महतोलाई रवीन्द्र मिश्रले नियुक्त गरेसंगे पार्टीमा विवाद आएको हो । निर्देश सिलवालले गण्डकी प्रदेशमा आफु निकट नेता चाहान्थे, सारथी प्रदेश दुइमा आफु संयोजक हुन चाहन्थे र विराजभक्त श्रेष्ठ बागमती प्रदेशको नेतृत्व हुन चाहन्थे । यो नमिलेपछि विवाद आएको हो । रवीन्द्र मिश्र पक्षका एक नेताले भने ।
आज वैठक बसेर रवीन्द्र मिश्रलाई कारवाही गर्ने र त्यसको जानकारीमा दिन पत्रकार सम्मेलन गर्ने तयारी गरेको बुझिएको छ ।
रवीन्द्र मिश्र भने पार्टीमा अनुशासन कायम नराख्ने साथीहरुलाई कारवाही गर्ने तयारी गर्दै छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: