Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

राजस्व सुधार कार्ययोजना बनाउँदै स्थानीय तह

खबरडबली संवाददाता

राँझा । बाँकेका स्थानीय तहले आन्तरिक आम्दानी बढाउन राजस्व सुधार कार्ययोजना तयार गर्न थालेका छन् । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले कार्ययोजना तयार गरिसकेका छन् भने खजुरा गाउँपालिका कार्ययोजना तयारी चरणमा जुटेको छ ।

कोहलपुर  नगरपालिकाको आन्तरिक आम्दानी तथा राजस्वको दायरा बढाउन योजनाका साथ काम भएको नगरप्रमुख लुटबहादुर रावतले बताए । उनका अनुसार विगत तीन आर्थिक वर्षको नगरपालिकाको आर्थिक प्रतिवेदनमाथि विश्लेषण र छलफलका आधारमा आगामी तीन वर्षको राजस्व प्रक्षेपणसहित राजस्व सुधार कार्ययोजना तयार भएको छ ।

कोहलपुरको आन्तरिक आम्दानी अहिले जम्मा बजेटको १० प्रतिशत मात्रै रहेकाले आगामी तीन वर्षमा यो दर बढेर १५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । यस्तै बैजनाथ गाउँपालिकाको आन्तरिक आम्दानी अहिले जम्मा बजेटको चार प्रतिशत रहेकामा आगामी तीन वर्षमा नौ प्रतिशत पुर्‍याउने प्रक्षेपणका साथ राजस्व सुधार कार्ययोजना तयार गरिएको छ ।
 
प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्जको सहयोग तथा सेन्टर फर गुड गभर्नेन्स एण्ड डेभलपमेन्ट मेनेजमेन्टको परामर्शमा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले राजस्व सुधार कार्ययोजना तयार गरेका हुन् । विगत तीन आवको स्थानीय तहको आर्थिक प्रतिवेदनमाथि विश्लेषण र छलफलका आधारमा आगामी तीन वर्षको राजस्व प्रक्षेपणसहितको राजस्व सुधार कार्ययोजना तयार गरिएको सेन्टर फर गुड गभर्नेन्स एण्ड डेभलपमेन्ट मेनेजमेन्टका अध्यक्ष एवं सहजकर्ता टीकाराम पन्थीले जानकारी दिए ।

उनका अनुसार राजस्व सुधार कार्ययोजना तयारीका लागि फिल्ड सर्भे, वडा कार्यालय, नगरपालिकाका शाखा, उद्योग व्यापार सङ्घ र नगरपालिका आर्थिक विकास समितिबीच अन्तक्र्रियापश्चात प्रतिवेदन तयार गरिएको हो । 

विगतमा योजनाबिनै काम गर्नुपर्ने वाध्यता रहेकामा अब राजस्व सुधार कार्ययोजना बनेसँगै काम गर्न सहज हुने कोहलपुरका आर्थिक विकास समिति संयोजक डिलबहादुर परियारले बताए । यस वर्ष बाँकेका तीन स्थानीय तहलेमात्रै राजस्व सुधार कार्ययोजना तयार गर्दैछन् । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले तयार गरिसकेको तथा खजुरामा तयारी कार्य भइरहेको सेन्टर फर गुड गभर्नेन्स एण्ड डेभलपमेन्ट मेनेजमेन्टका सहजकर्ता हरगोविन्द पाण्डेले जानकारी दिए । उनका अनुसार लुम्बिनी प्रदेशका ३५ स्थानीय तहले यस आवमा राजस्व सुधार कार्ययोजना तयार गर्दैछन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending