Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

चिनियाँ विदेशमन्त्री वाङ यी आज आउँदै, नेपाल र चीनबीच समझदारीपत्रमा हस्ताक्षर हुने

राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रचण्डलाई भेट्ने कार्यसूची

खबरडबली संवाददाता

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै छन्। तीनदिने नेपाल भ्रमणका लागि आज साँझ ६ बजे काठमाडौँ आइपुग्न लागेका हुन्। 

भ्रमणका क्रममा विदेशमन्त्री वाङले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

पाकिस्तानबाट अफगानिस्तान पुगेका वाङ हिजो नयाँ दिल्ली पुगेका थिए। त्यहाँबाट सिधै काठमाडौं अवतरण गर्न लागेका हुन्। 

चिनियाँ टोली २५ सदस्यीय टोलीको नेतृत्व गर्दै आउने टोलीमा चीनका परराष्ट्र, उर्जा, सुरक्षा, अर्थ र वाणिज्य मन्त्रालयका बरिष्ठ अधिकारी तथा पत्रकार  सहभागी रहनेछन्।

वाङ नेतृत्वको चिनियाँ टोली सोमबारदेखि पाकिस्तान भ्रमणमा थियो। पाकिस्तानबाट वाङले अघोषित भ्रमणमा बिहीबार अफगानिस्तान पुगेर तालिबान अधिकारीसँग भेट गरेका थिए। उनी काबुलबाट सिधै नयाँ दिल्ली उत्रिएका थिए। 

वाङको आज साँझ कुनै पनि उच्चस्तरीय भेटवार्ता हुने छैन। उनले आएलगत्तै काठमाडौँस्थित चिनियाँ राजदूत होउ यान्छी र दूतावासका अधिकारीसँग ब्रिफिङ लिनेछन्।

शनिबार बिहान १० बजे परराष्ट्रमन्त्री डा खड्कासँग वाङले दुई पक्षीय भेटवार्ता गर्नेछन्। खड्काले वाङलाई दिवाभोज दिने कार्यक्रम छ। त्यही समय नेपाल र चीनबीच समझदारीपत्रमा हस्ताक्षर हुने तय भएको छ। 

शनिबार दिउँसो नै वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेट्नेछन्। आइतबार बिहान ९ बजे वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्। त्यसपछि उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पालैपालो भेट्नेछन्। 

आइतबार दिउँसो ३ बजे उनी बेइजिङ उड्ने कार्यक्रम छ।

चिनियाँ विदेशमन्त्री वाङको भ्रमणलाई लिएर गृहमन्त्री बालकृष्ण खाँणले आवश्यक सुरक्षा गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन समेत दिइसकेका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायल र इरानले एकअर्कामाथि नयाँ हमला गरिरहँदा ट्रम्पले भने- तेहरान युद्ध अन्त्य गर्न आतुर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्नेबारे "अहिले" कुराकानी चलिरहेको र अमेरिकाले कुराकानी गरिरहेका "मानिसहरू" "सम्झौता ...

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा वि...

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आव...

कुलमानले भने- वैकल्पिक बाटोबाट मन्त्री बन्ने कल्पनासमेत गर्न सकिँदैन

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्। जनताको म्यान्डेटविपरीत व...

सुहाङ र निश्कललाई ‘नेता’ बनाउन दबाब

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुट...

न्यायिक विलम्बको चक्रव्यूहमा रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्या...

रास्वपा सरकारको पहिलो दिनमै मन्त्रालय कटौती र संरचना पुनर्गठनको तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी ग...

आज दासत्व पीडितहरूको स्मृति दिवस मनाइँदै

काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्...

पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हि...

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: