काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य घनश्याम भूसालले नेताका स्वार्थमा आधारित भएर एकता भयो भने हालत यस्तो हुन्छ भन्ने दुनियाँले बुझिसकेको वताएका छन् ।
एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको वाम एकताको आवश्यकता र औचित्यबारे मंगलबार आफ्नो धारणा राख्ने क्रममा भूसालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वार्थमा आधारित एकता टिक्दैन भन्ने कुरा बुझाउन बाँकी रहेको बताए । 'अनुभवले के बताउँछ भने नेताहरूका स्वार्थमा आधारित एकता टिक्दैन,' उनले भने । पार्टी बलियो भएमा नेताहरूका स्वार्थ पूर्ति हुने तर स्वार्थका आधारमा एकता गर्न नहुने उनको भनाइ थियो । 'नेताका स्वार्थमा आधारित भएर एकता भयो भने हालत यस्तो हुन्छ भन्ने दुनियाँले, हामीले बुझिसकेका छौं । त्यो हाम्रो पार्टीभित्र पनि कमरेड ओलीलाई केही बुझाउनपर्ने बाँकी छ, नत्र भने सबैले बुझेका छन् । स्थायी समिति, पोलिटब्युरो सबैले बुझेका छन् । तल कार्यकर्ताले बुझेका छन्,' उनले भने ।
भुसालले भने, ‘पार्टी विभाजनको सैद्धान्तिक र वैचारिक आधार छैन । कम्तीमा तीन पार्टी र अन्य पार्टीहरू जो चुनावमा जान्छन् यदि तपाई जानुहुन्छ भने के भनेर जानुहुन्छ समाजवाद ल्याउने हो भनेर जानुहुन्छ । आजै समाजवादी उत्पादन सम्बन्ध कायम गर्न सक्नुहुन्न । त्यसको तयारी गर्नुपर्छ । त्यसका लागि मुलुकलाई सम्बृद्धितर्फ लैजानुपर्छ ।’, नेता भुसालले सैद्धान्तिक रुपमा पनि तीन पार्टीले गर्ने कुरा एउटै रहेको बताए ।
‘वैचारिक सैद्धान्तिक एउटै कुरा गर्ने हो भने तीनवटा पार्टी किन चाहिन्छ ? यो भन्दा हास्यास्पद कुरा के हुन्छ ?, भुसालको प्रश्न छ । सिद्धान्त र विचारको रामरमिता गर्न नहुने बताउदै भुसालले एकताको पहल गर्ने दायित्व एमालेकै काँधमा रहेको भनाइ छ । उनले आगामी चुनावमा वाम पार्टीहरू छुट्टाछुट्टै लड्दा र एउटै भएर लड्दा आउने परिणाम फरक हुने भएकाले आफूले एकताको पक्षमा आवाज उठाएको पनि बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - १७:१९
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित स्वास्थ्य उपचार सकेपछि हङकङ प्रस्थान गरेका छन्। उनी त्य...
चैत्र ७ गते, २०८२ - १६:५९
बुटवल । सुरेन्द्र पाण्डे ले नेकपा एमाले ले सही दिशा नलिए पार्टी सकिने अवस्थासम्म पुग्ने चेतावनी दिएका छन्। शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै ...
चैत्र ७ गते, २०८२ - १६:३६
नेपालगञ्ज । मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थ...
चैत्र ७ गते, २०८२ - १६:२६
सुर्खेत । कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारी साधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्...
चैत्र ७ गते, २०८२ - १५:५४
टीकापुर। चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्याएको छ । चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न...
चैत्र ७ गते, २०८२ - १५:४६
कपिलबस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार ...
चैत्र ७ गते, २०८२ - १५:२१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ९बालेन०ले आपसी सहकार्यबाट नै देश अगाडि बढ्ने बताएको छन् । इस्लाम धर्मावलम्ब...
चैत्र ७ गते, २०८२ - १५:१०
काठमाडौँ। नेपालको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेद...
चैत्र ७ गते, २०८२ - १४:३६
बागलुङ। दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना ...
चैत्र ७ गते, २०८२ - १४:२७
डेइजोन। दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइ...


प्रतिकृया लेख्नुहोस्: