Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

राष्ट्रिय महिला बिच भलिबल पाल्पाको रानीमहलमा

रासस

काठमाडौं । पाल्पाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हुँदैछ ।

पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो । 

सञ्जय स्मृति मेमोरियल फाउन्डेसन आयोजक रहेको उक्त प्रतियोगितामा सात प्रदेशबाट एक–एक, तीन विभागीय र स्थानीयसहित दुई आमन्त्रित टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

‘बिच’ भलिबल प्रतियोगिताको सद्भावनादूतमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र कलाकार धीरेन शाक्यलाई मनोनीत गरिएको छ । दुवै जना पाल्पा निवासी हुन्। प्रतियोगिता आयोजनासँगै रानीमहललाई मुलुककै  बिच भलिबलको ‘हव’का रुपमा विकास र विस्तार गर्ने सोच अघि सारिएको छ ।

‘बिच’ भलिबल समुद्र, नदी तथा खोला किनारमा बालुवामा खेलिने खेल हो । नेपालमा रहेका ६ हजारभन्दा बढी नदी र खोला किनारलाई बिच भलिबलको पूर्वाधार अर्थात् मैदानकारुपमा प्रयोग गर्ने सकिन्छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले पाल्पाको रानीमहललाई बिच भलिबलको ‘हब’ बनाउन सकिने बताए । 

प्रतियोगिता आयोजक समितिका पदाधिकारीसँगको छलफलमा उनले भने, “नेपालका अधिकांश नदी र खोला किनारामा यस खेलको प्रशस्त सम्भावना छ ।” 

पाल्पाली उत्साहित अभियन्ताले सुन्दर मनोरम रानीमहलको पर्यटकीय प्रवद्र्धनसँगै बिच भलिबलको ‘हव’ कारुपमा विकास गर्नुपर्छ भन्ने कुरा उठाउँदै आएका बिच भलिबल सङ्घका अध्यक्ष यकेन्द्र कुँवरले बताए । 

प्रतियोगितामा पुरस्कारलगायत व्यस्थापनका लागि रु ३० लाख खर्च लाग्ने अनुमान गरिको छ । मुलुकमा बिच भलिबलको विकास र विस्तार गर्ने सिलसिलामा खेलाडीलाई विगतमा वैदेशिक प्रशिक्षणमा पठाइएको र दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले कास्य पदकसमेत जितेको इतिहास छ । 

यसअघि सन् २०११ मा चितवनमा राष्ट्रिय बिच भलिबल प्रतियोगिता आयोजना गरिएको थियो ।

नेपालमा ठूला तारे होटललगायतका क्षेत्रमा बिच भलिबल खेल्ने गरेको पाइन्छ । विसं २०७६ मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता ९साग० आयोजना गरिएको थियो । बिच भलिबल कास्कीको पोखरामा सम्पन्न भएको थियो । 

उक्त प्रतियोगितामा नेपालले पुरुष र महिला दुवै विधामा भाग लिएको थियो । पुरुषतर्फ नेपालसहित श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश र माल्दिभस तथा महिलातर्फ नेपालसहित श्रीलङ्का र माल्दिभस सहभागी थिए । नेपालले महिलातर्फ कास्य पदक प्राप्त गरेको थियो । 

उक्त पदक विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले प्राप्त गरेको थियो । पुरुष टोली भने लिग चरणबाटै बाहिरिएको थियो । 

आयोजक संस्थाकी अध्यक्ष एवं नेपाल भलिबल सङ्घकी उपाध्यक्ष निरोज मास्केले बिच भलिबलमा न्यून खर्चमा मुलुकले चाँडो अन्तर्राष्ट्रिय पदक प्राप्त गर्नसक्ने सम्भावना रहेको बताउनुभयो । प्रतियोगिताका लागि रानीमहलमा अन्तर्राष्ट्रिय मापदण्डको खेल मैदान र निर्णायक मण्डल रहने उनले जानकारी दिए । 

नायक धिरेन शाक्यले खेलको माध्यमबाट पर्यटकीय क्षेत्रका रुपमा रानीमहल र पाल्पालाई परिचित गराउने उद्देश्यले बिच भलिबल आयोजना गर्न लागिएको धारणा राखे । उक्त प्रतियोगिताका लागि युवा तथा खेलकुद मन्त्रालयले सहयोग र प्रोत्साहन गर्ने बताइएको छ । 

पर्वतीय खेलकुद महासङ्घका अध्यक्ष गोबिन्द भट्टराईले बिच  भलिबल र ¥याफिटङको नेपालमा प्रवल सम्भावना रहेको बताए । 

पाल्पाली सङ्गमका अध्यक्ष तथा प्रतियोगिता आयोजक समितिका सदस्य पदम न्यौपानेले बिच भलिबल प्रतियोगिताले पाल्पा र त्यस वरपरको क्षेत्रको लोकप्रियता बढाउने अपेक्षा गरिएको उल्लेख गरे । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending