यमन । खाना पकाउने ग्यासको अभाव यमनका विभिन्न क्षेत्रहरूमा गम्भीर समस्याका रूपमा देखिएको छ ।
युद्धग्रस्त खाडी मुलुकमा बसोबास गर्ने लाखौं मानिसहरूको पीडालाई ग्यास अभावले थप पीडादायी बनाएको छ । बितेका केही दिनहरूमा धेरै सहरका थुप्रै इन्धन स्टेसनहरूमा खाना पकाउने ग्याँसको अभावका कारण लामो लाइन देखिने गरेको छ । ग्यास अभावका कारण थुप्रै बेकरीहरू बन्द भएका छन् ।
अधिकारीहरूले सिन्ह्वासँग ग्यासको अभाव निरन्तर फैलिरहेको र अन्तरराष्ट्रिय तवरमा मान्यता प्राप्त यमन सरकारको नियन्त्रणमा रहेका नयाँ क्षेत्रहरू समावेश भएको बताएका छन् ।
यमनको अस्थायी राजधानी एडेनको दक्षिणी बन्दरगाह शहरमा धेरै मानिसहरू आफ्नो खाना पकाउने ग्याँस सिलिन्डर भर्न दैनिक इन्धन पम्पहरूमा पर्खिरहेका देखिन्छन् । एडेनमा बसोबास गर्ने अहमद जलालले सिन्ह्वासँग भने, “हरेक पटक, मैले खाना पकाउने ग्याँस सिलिन्डर नभरेसम्म लाइनमा उभिएर धेरै घण्टा बिताउँथे र ग्यास मलाई चाहिने भन्दा धेरै कम पाएको छु ।”
जलालले दुःखेसो पोख्दै भने, “मेरो परिवारलाई पूरै महिनाभरि खाना पकाउन कम्तीमा पनि चारवटा ग्यास सिलिन्डर चाहिन्छ । खाना पकाउने ग्यासअभावका कारण कोटा सीमित छ ।”
रूस–यूक्रेनबीच चलिरहेको युद्धको कारण स्थानीय बजारको उच्च माग पूरा गर्न ग्यासको उत्पादन पर्याप्त छैन, एडेनको स्थानीय प्राधिकरणका एक अधिकारीले आफ्नो परिचय नदिने शर्तमा सिन्ह्वासँग भने ।
उहाँले थप्नुभयो, “केही प्रान्तहरूले खाना पकाउने ग्यासको आपूर्ति कम मात्रामा आउँदा ग्यासको अभावमा थप समस्या भएको छ ।”
हुथी सैनिकको नियन्त्रणमा रहेका अन्य प्रान्तमा इन्धन र खाना पकाउने ग्यासको अभावले स्थानीय जनताको जीवनस्तरमा भयावह असर परेको छ र यसले यस क्षेत्रमा अर्को नयाँ सङ्कट सिर्जना गरेको छ ।
जारी इन्धनको अभाव झन् झनै बढ्दै गएपछि यमनको राजधानी सानामा सयौं गाडीहरूले इन्धन भर्न लामो लाइन लागेर पर्खिरहेका दृष्यहरू सामाजिक सञ्जालमा देखिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: