Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

नक्कली खाता खोलेर ३३ करोड ९९ लाख रुपैयाँ ठगी

काठमाडौं । कर्मचारीकै मिलेमतोमा कृषि विकास बैंकमा नक्कली खाता खोलेर ३३ करोड ९९ लाख रुपैयाँ ठगी भएको छ । बैंकको स्वयम्भू शाखाका अधिकृत केदार गौतमको योजनामा रकम हिनामिना भएको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ– प्रहरीले गौतम र शाखा प्रबन्धकसहित पाँचजनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले मुख्य योजनाकार गौतम, शाखा प्रबन्धक भरत बानियाँ, बैककी सहायक कर्मचारी गीता पन्तलाई पक्राउ गरेको हो । गौतमका दुई श्रीमतीको समेत संलग्नता भेटिएपछि उनीहरूलाई पनि सिआइबीले अनुसन्धानका लागि हिरासतमा राखेको छ । विभिन्न मितिमा उनीहरूलाई पक्राउ गरी सिआइबीले बैंकिङ कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ । गौतमले विभिन्न व्यक्तिको नाममा बैंकमा किर्ते नागरिकताका आधारमा खाता खोलेका थिए । ती खातामा उपत्यकाबाहिरका जिल्लाबाट आन्तरिक रेमिटेन्स आएको देखाइएको थियो । रेमिटेन्सबापत पैसा नआए पनि उनले पैसा आएको सिस्टममा देखाउने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खातामा पैसा जम्मा भएपछि गौतमले विभिन्न व्यक्तिमार्फत भुक्तानी लिने गरेका थिए । हालसम्मको अनुसन्धानमा उनले ५९ पटक गरेर ३३ करोड ९९ लाख रुपैयाँ त्यसरी ठगी गरेको अनुसन्धानमा खुलेको हो । खातामा रहेको पैसा चेकमार्फत भुक्तानी लिइएको थियो । रेमिटेन्ससम्बन्धी कामको जिम्मेवारी गौतमको नभए पनि उनले गोप्य रूपमा त्यससम्बन्धी डाटा इन्ट्रीको काम गर्दै आएका थिए । पैसा नै नआईकन करोडौँ रकम खातामा जम्मा भएको देखाएर भुक्तानी दिँदासमेत थाहा नहुनुमा बानियाँको चरम लापरबाही देखिएकाले उनलाई सिआइबीले पक्राउ गरेको हो । गत वर्ष असोजदेखि विभिन्न मितिमा त्यसरी घोटाला भएको हो । बैंकले केही महिनाअघि नै उनलाई निलम्बन गरिसकेको थियो । बैंकले हिनामिना थाहा पाएपछि भागेका गौतमलाई भने सिआइबीले भारतबाट पक्राउ गरी ल्याएको थियो । त्यसरी ठगेको पैसाले उनले अपार्टमेन्ट तथा गाडी खरिद गरेको खुलेको छ । पक्राउ परेकी सहायक कर्मचारी पन्तको समेत घटनामा संलग्नता देखिएको छ । प्रहरीका अनुसार सुरुमा उनले रेमिटेन्सको इन्ट्री गर्ने गरेकी थिइन् । गौतमसँग मिलेर उनले नआएको पैसाको पनि इन्ट्री गर्थिन् । अर्को शाखामा काम गर्ने भए पनि पन्तकै कम्प्युटरमार्फत गौतमले खातामा पैसा आएको रेकर्ड मिलाइदिने गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending