Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

छात्रावास बनाउन २७ लाख भन्दा बढी रकम सङ्कलन

खबरडबली संवाददाता

बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जामा रहेको महेन्द्ररत्न माविको छात्रावास भवन निर्माणका लागि जग्गा खरिद गर्न स्थानीयवासीले रु २७ लाख बढी रकम सङ्कलन गरेका छन् । विसं २०७६ मा जग्गा खरिद प्रयोजनका लागि अर्थ सङ्कलन समिति गठन गरी देश–विदेशमा सञ्चालन गरिएको अभियानबाट रु २७ लाख ३५ हजार ४५४ सङ्कलन भएको हो । 

उक्त रकमबाट स्थानीय गङ्गाबहादुर बुढाथोकीको करिब चार रोपनी जग्गा रु २५ लाखमा खरिद गरिएको विद्यालयका प्रअ कृष्णलाल सापकोटाले जानकारी दिए । उक्त जग्गामा जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा म्याग्दीको रु ७० लाख लागतमा दुईतले चारकोठे छात्रावास भवन निर्माण गत वर्ष नै सम्पन्न भइसकेको छ ।

प्रदेश सरकारको रु ५० लाख सहयोगमा एक सय जनाको क्षमता रहने नयाँ भवन निर्माण पनि सुरु गरिएको छ । सोमबार विद्यालयमा कार्यक्रम आयोजना गरी चन्दादातालाई सम्मान गरिएको छ । अर्थ सङ्कलन अभियानमा जोडिएका देश–विदेशमा रहेका बरङ्जावासी, विद्यालयका पूर्व तथा वर्तमान शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक सङ्घका पदाधिकारीलगायतलाई सम्मान गरिएको हो । 

उक्त अभियानमा विद्यालयको मुक्तिनाथ र प्रभु बैंकको खातामा रहेको बचत रकम रु पाँच लाख ८० हजार ५०० समेत परिचालन गरिएको थियो । सङ्कलित रकमबाट जग्गा खरिदसहित विभिन्न प्रयोजनमा करिब रु २७ लाख खर्च भएको अभियानका आर्थिक संयोजक विलभ थापाले जानकारी दिए ।

कार्यक्रममा  शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख दलबहादुर थापाले शिक्षामा सरकारले निकै ठूलो रकम लागानी गरेको तर लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताए । जिल्लामा पनि केन्द्र र प्रदेश सरकारबाट गरी रु एक करोडभन्दा बढी रकम शिक्षा क्षेत्रमा विनियोजन हुने गरेको जनाइएको छ । 

कार्यक्रममा मङ्गला–३ बरङ्जाका वडाध्यक्ष कविन्द्र रोकाले महेन्द्ररत्न माविले शिक्षामा अग्रणी स्थान हासिल गरेको बताए । बरङ्जाकै धापुङ, महेश, दुर्दी, झाँक्रीपानीलगायतका स्थानबाट करिब डेढ घण्टा लगाएर विद्यालय आउने विद्यार्थीलाई छात्रावास बनेपछि सहज हुने अपेक्षा गरिएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending