Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सामुदायिक वनमा आइतबारदेखि डढेलो, तीन घर जोखिममा

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ स्थित कात्तिके सातपाखा सामुदायिक वनमा आइतबारदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । क्रमश: आगो फैलिँदै गएपछि मानव बस्तीहरू जोखिममा परेको उक्त सामुदायिक वनका अध्यक्ष श्रीप्रसाद घिमिरेले जानकारी दिए । 

“अचानक आइतबारदेखि लागेको आगो नियन्त्रण गर्न गए रातिदेखि नै खटिरहेका छौँ, रातभर सुत्न पाएको छैन, केही बस्ती र एउटा स्कुल जोगायौँ, अहिले भञ्ज्याङ आसपासमा आगो पुग्यो, यहाँका तीन वटा घर जोखिममा देखिएका छन्”, अध्यक्ष घिमिरेले भने । उनका अनुसार उक्त घर जोगाउन अग्नि रेखा बनाईएको छ । 

आगो नियन्त्रणमा स्थानीय ३०/३५ जना युवा खटिएका छन् । खोक्लिङ प्रहरी चौकीबाट प्रहरीको टोली खटिएको घिमिरेले बताए। आगलागीले सामुदायिक वनको ५० प्रतिशतभन्दा बढी भाग जलेको बताइएको छ । आगलागी क्षेत्र भिरैभिर भएकाले आगो नियन्त्रणमा समस्या भएको स्थानीयले जानकारी दिए। दुम्जा र रातमाटे बस्ती आगलागीबाट जोखिममुक्त भएका छन् । मेवाखोला नजिकैबाट आगो सुरु भएको थियो । 

आगलागी कसरी भयो भन्ने एकीन भएको छैन । खोक्लिङका केही वन प्राय आगलागीको चपेटामा पर्दै आए पनि जोखिम न्यूनीकरणका लागि ठोस उपाय भने भएको देखिदैन । जिल्लाका अन्य क्षेत्रमा वन डढेलोका घटना वर्षेनी दोहोरिने गरेका छन् । आगलागीले वन क्षेत्र सखाप हुँदै आए पनि वन सम्पदाको संरक्षणमा विशेष ध्यान कसैले नदिने गरेको स्थानीयको गुनासो छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर। बागमती प्रदेश सभाका विपक्षी दलहरुले बागमती प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गरेका छन् । जनताका आवाज उठाउने थलो प्रदेश सभालाई बन...

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश जारी

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदे...

ओली र पोखरेललाई मतदान गर्न लाग्यो ४० मिनेट समय

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा आज बिहानदेखि मतदान सुरु भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्म...

पृथ्वीचन्द्र जिल्ला अस्पतालमा अनियमितताको रहस्य बाहिरिँदै, अख्तियारले माग्यो विवरण

पश्चिम  नवलपरासी। पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग ...

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending