काठमाडौं । निर्वाचन आयोगले प्राविधिक कारणले आसन्न स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरिएको प्रष्ट पारेको छ । आयोगमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतपत्र र स्वस्तिक छापबीचको ‘रङ भिन्नता’ छुट्याउन मात्र मतपत्र छपाइको मसी परिवर्तन गर्ने निर्णय गरिएको प्रष्ट पार्नुभयो ।
आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो ९एसके–३०८१ स्पेक्ट्रम ब्राइट ग्रीन० मसीले छपाइ गर्ने निर्णय गरेको थियो । मतपत्र छपाइको मसी परिवर्तन गर्ने आयोगको निर्णयपछि दलहरुको फरकफरक प्रतिक्रिया जनाएका छन् । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० ले मतपत्र छपाइको मसी प्रयोग गर्ने आयोगको निर्णयप्रति आशङ्का व्यक्त गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मतपत्र छपाइको मसी परिवर्तन गर्नुका कारण स्पष्ट पार्नुपर्ने बताएका थिए । सहप्रवक्ता अर्यालले प्राविधिक कारणले मात्र स्थानीय तह निर्वाचनको मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरिएको बताए। आयोगले २०७४ सालको निर्वाचनमा मतपत्र निलो मसीले छपाइ गरेको थियो ।
मत्रपत्रमा छपाइ भएको चिह्न, विवरण तथा सुरक्षण चिह्न र स्वस्तिक छापको मसी निलो हुँदा रातको समयमा गणना गर्न गाह्रो भएका कारण मात्र मसी परिवर्तन गर्ने निर्णय गरिएको उनको भनाइ छ । स्थानीय तहको निर्वाचनमा एउटा मतपत्रमा मतदाताले सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्छ । निर्वाचन चिह्न र स्वस्तिक छापको मसी निलो हुँदा चिह्नमा छाप लागेको अवस्थामा छुट्याउन गाह्रो हुने गरेको थियो ।
आयोगको यस निर्णयप्रति कसैले पनि आशङ्का गर्नुपर्ने कारण नभएको उल्लेख गर्दै उनले कसैलाई दुविधा भए प्रष्ट पार्न आयोग तयार रहेको बताए । मतपत्र छपाइको मसी कस्तो प्रयोग गर्ने भन्ने अधिकार आयोगको रहेको भन्दै उनले मसी परिवर्तन नहुने सङ्केत गरे।
सहप्रवक्ता अर्यालले मतदाता नामावली अद्यावधिकका काम भइरहेको बताए। आयोगले दोहोरिएको मतदाता नामावली हटाउने, नागरिकता त्याग गरेका र मृत्यु भएका व्यक्तिको नाम सूचीबाट हटाउनेलगायतका काम गरिरहेको छ ।
निर्वाचन प्रयोजनका लागि आवश्यक २३ प्रकारका निर्वाचन सामग्री खरिदका लागि बोलपत्र प्रक्रिया सम्पन्न भई आपूर्तिकर्तासँग सम्झौता अगाडि बढेको उनले बताए । यस्तै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली प्राप्त भएको र ती नामावलीमाथि अध्ययन भइरहेको सहप्रवक्ता अर्यालले बताए ।
स्थानीय तह निर्वाचनका लागि दल दर्ताको काम भइरहेको र निवेदन प्राप्त ८० राजनीतिक दलका निवेदनमाथि अध्ययन जारी रहेको छ । आजै आयोगले राजनीतिक दल दर्तासम्बन्धी निर्णय गर्ने जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - १५:२४
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताएको छन् । ...
चैत्र ८ गते, २०८२ - १५:०५
काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिएको राजीनामा फिर्ता गर्नुपर्ने पक्षमा शतप्रतिशत केन्द्रीय सदस्य एकमत र...
चैत्र ८ गते, २०८२ - १४:५३
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब ११ खर्बको व्यापार घाटा बेहारेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको...
चैत्र ८ गते, २०८२ - १४:२३
कपिलवस्तु। कपिलवस्तुमा निषेधाज्ञा जारी भएको छ ।कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जर्नदन गौतमले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज दिउँसो १ बजेदेख...
चैत्र ८ गते, २०८२ - १४:१२
कपिलवस्तु । कपिलवस्तुमा हिजो बिहानदेखि सुरु भएको हिन्दु र मुस्लिम समुदायबीचको विवाद अझै साम्य भएको छैन। महराजगञ्जका केही स्थानमा स्थानीय युवा प्रदर्शन...
चैत्र ८ गते, २०८२ - १४:०३
काठमाडौं । आइतबार धुम्बाराहीमा बसेको बैठकमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा। शेखर कोइराला सहितका निवर्तमान कार्यसमिति र कार्यसम्पादन ...
चैत्र ८ गते, २०८२ - १३:४७
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसम्बन्धी मुद्दामा संशोधित निर्णयको फाइल मगाउन आदेश दिएको छ। गत बिहीबार न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार...
चैत्र ८ गते, २०८२ - १३:३९
मस्को। रसियाली परराष्ट्रमन्त्री सेर्गेई लावरोभले बताए अनुसार, संयुक्त राज्य अमेरिका विश्व ऊर्जा बजारमा आफ्नो प्रभुत्व स्थापित गर्न रणनीति बनाइरहेको छ।...
चैत्र ८ गते, २०८२ - १३:१०
काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका...
चैत्र ८ गते, २०८२ - १२:५९
काठमाडौं । ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। ललितपुर महानगरपालिकाको हरिसिद्धीस्थित होसना इट...


प्रतिकृया लेख्नुहोस्: