Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

चुनावी तालमेलबारे कांग्रेस अनिर्णित, प्रचण्ड-माधव आश्वस्त

कांग्रेसप्रति प्रचण्डको असन्तुष्टि, झलनाथको त्यो आकलन

खबरडबली संवाददाता

हामी एक्लै चुनाव लड्न पनि सक्षम छौँ। कांग्रेसको प्रत्यक्षतर्फ हाम्रोभन्दा १० सिट कम हो। तर, हामीले नै बोकेर सिंहासनमा पुर्‍याइदिएका छौँ। अहिले हामीलाई नै अपमान गर्ने?

काठमाडौं । नेपाली कांग्रेस आगामी निर्वाचनमा गठबन्धन गर्नेबारेमा अलमल छ। प्रधानमन्त्री शेरहादुर देउवा गठबन्धन गर्न सकारात्मक भएपनि संस्थापनइतर पक्ष त्यसको चर्को  विवाद गरिरहेकोे छ। त्यसले गर्दा देउवालाई समेत दबाव छ। 

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन केन्द्रीय एकमहिने अभियान सुरु गरेको छ। 

‘घर-घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत फागुन २९ देखि चैत २९ सम्म १ महिनाको लागि चुनावी अभियान सुरु गर्न लागेको प्रवक्ता प्रकाशशरण महतले बताए। 

एकमहिने अभियानमा कम्युनिष्ट नेतृत्वमा केपी ओलीले सञ्चालन गरेको ३ वर्षे कार्यकालको भण्डाफोर गर्नेदेखि अमेरिकी सहयोग परियोजना एमसिसीबारे जनतामा पर्न गएको नकारात्मक भ्रमलाई चिर्नेसम्मको योजना लिइएको उनले बताए। 

स्थानीय निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उनले बताए। 

‘स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्नेदेखि कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन मतदातालाई अपिल गर्ने उनले विज्ञप्तिमार्फत उल्लेख गरेका छन्। 

विज्ञप्तिमा भनिएको छ, ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँड, गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा वृहत्तर परिचालन तर्फ उन्मुख गराउने, नेकपाको सरकारको गत ३ बर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनता समक्ष व्यापक रूपमा राख्ने।’ प्रतिपक्षमा रहेपनि संविधान रक्षाका लागि बाध्यात्मक रुपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्ने उल्लेख गरेका छन्।

कांग्रेसले एक महिने अभियानमा जनताको कुरा सुनेपछि मात्रै गठबन्धनबारे निर्णय लिने रणनीति बताएको छ। अभियानको बारेमा जानकारी गराउन बुधबार गरेकोे पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले निर्वाचनको रणनीति बनाउन बस्ने केन्द्रीय समिति बैठकबाट गठबन्धन गर्ने नगर्ने बारे निर्णय लिने बताए। 

उपसभापति खड्काले भने, ‘निर्वाचनको प्रक्रियाको छलफलको क्रममा कार्यसमितिको बैठकले चुनावी तालमेलको बारेमा निष्कर्षमा पुग्छौँ, अहिले गठबन्धन र तालमेलको हुन्छ भनेर अहिले छलफल गर्दैनौ ।’

खड्काले एमसीसीमा जस्तै चुनावी तालमेलबारे कांग्रेसले सर्वसम्मत निर्णय गर्ने बताए । ‘नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्छ, चुनावमा कसरी अगाडि बढ्छ त्यसपछि निर्णय लिन्छौँ । अहिलेसम्म कुनै निर्णय भएको छैन । अन्य दलका नेताहरूले के भन्नुभयो त्यसको अर्थ छैन,’ खड्काले भने । 

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले के गर्दा धेरै सीट जितिन्छ भन्ने आकलन गरेर चुनावी गठबन्धनबारे निर्णय हुने बताए ।

‘गठबन्धनको बारेमा धेरै चर्चा परिचर्चा गर्न आवश्यक छैन । जतिबेला निर्वाचनमा उम्मेदवार उठाउन समय आउँछ, पार्टीले हरेक ठाउँका स्टेन्थ विकनेस मूल्यांकन हुन्छ । के गर्दा बढी भन्दा बढी सीट जितिन्छ, पार्टीले एउटा दृष्टिकोण बनाउँछ,’ महतले भने, ‘सँगै जादा बेनिफिट हुन्छ भने त्यो गरौँला, अलग(अलग गर्दा फाइदा हुन्छ भने त्यसरी जान्छौँ ।’

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले फागुन २९ देखि हुन लागेको चुनावी अभियानमा जनताको कुरा पनि सुन्न लागिएको बताए ।  

त्यसो त कांग्रेसले गठबन्धनबारे बोल्न हतार गर्दै नर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल भने देउवाको आश्वासनमा ढुक्क छन्। उनीहरु आगामी निर्वाचनसम्म गठबन्धनलाई लानुपर्ने जोड दिइरहेका छन्। 

प्रचण्डको असन्तुष्टि 

त्यसो त कांग्रेस नेताहरुको अभिव्यक्तिप्रति प्रचण्डले असन्तुष्टि जनाएका छन्। 

पार्टीको बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनको विषयमा नेताहरुले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरे। 

कांग्रेस नेताहरुको अभिव्यक्तिप्रति कटाक्ष गर्दै प्रचण्डले भने, ‘हामी एक्लै चुनाव लड्न पनि सक्षम छौँ। कांग्रेसको प्रत्यक्षतर्फ हाम्रोभन्दा १० सिट कम हो। तर, हामीले नै बोकेर सिंहासनमा पुर्‍याइदिएका छौँ। अहिले हामीलाई नै अपमान गर्ने? यस्तो सहन सकिँदैन।’

गत शनिबार कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसलाई हात्तीको संज्ञा दिँदै गठबन्धनमा सामेल रहेको माओवादी र नेकपा (एकीकृत समाजवादी) पार्टी चमेरो भएको टिप्पणी गरेका थिए। 

प्रचण्ड र माधव नेपाललाई लक्षित गरेर उपसभापति गुरुङले भनेका थिए, ‘कांग्रेस हात्ती हो र हात्तीको ठूलो कानमा चमेरोहरू ओत लाग्न खोजेका छन्। चमेरोहरूलाई हात्तीले सहयोग गर्न सक्दैन। त्यसले हात्तीलाई दुर्गन्धित बनाउन सक्छ। हामी लम्किँदा मुसाले बाटो काट्दैमा केही हुँदैन।’ 

आगामी निर्वाचनमा प्रचण्ड(माधवले चार दलीय गठबन्धनलाई निरन्तरता दिन चाहेको भएपनि कांग्रेसका महामन्त्री गगन थापा, नेताहरु शेखर कोइरालालगायत नेताहरु गठबन्धन गर्न नहुने पक्षमा छन्। 

झलनाथले खुलाएको त्यो कुरा 

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनको विषयलाई लिएर सत्तारूढ दल कांग्रेसमा चर्को विवाद रहेको बुधबारबाट सुरु भएको केन्द्रीय समिती बैठकलाई बिफ्रिङ गराए। 

देउवा गठबन्धनकै पक्षमा देखिए पनि संस्थापनइतर समूहले गठबन्धनविरुद्ध बलियो मत बनाइरहेका समेत बताए। 

बैठकमा नेता खनालले भने, ‘गठबन्धनको विषयलाई कांग्रेसले गहिरो अध्ययन गरिरहेको छ। देउवाजी त गठबन्धनकै पक्षमा हुनुहुन्छ। तर, पार्टीभित्र उहाँलाई दबाब छ। यस्तो अवस्थामा हामीले विचार गरेर कसरी अगाडि जाने भन्नेबारेमा निर्णय लिनुपर्छ। कांग्रेसभित्र महामन्त्री गगनकुमार थापा, र डा। शेखर कोइरालाहरूले गठबन्धन गरेर जाँदा ७० र एक्लै लड्दा १५५ सिट जित्ने कुरा गरेका रहेछन्।  

बैठकलाई पछिल्लो परिस्थितिअनुसार कांग्रेस वा एमाले नै पहिलो पार्टी बन्ने देखिएको समेत बताए।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending