Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

चुनावी तालमेलबारे कांग्रेस अनिर्णित, प्रचण्ड-माधव आश्वस्त

कांग्रेसप्रति प्रचण्डको असन्तुष्टि, झलनाथको त्यो आकलन

खबरडबली संवाददाता

हामी एक्लै चुनाव लड्न पनि सक्षम छौँ। कांग्रेसको प्रत्यक्षतर्फ हाम्रोभन्दा १० सिट कम हो। तर, हामीले नै बोकेर सिंहासनमा पुर्‍याइदिएका छौँ। अहिले हामीलाई नै अपमान गर्ने?

काठमाडौं । नेपाली कांग्रेस आगामी निर्वाचनमा गठबन्धन गर्नेबारेमा अलमल छ। प्रधानमन्त्री शेरहादुर देउवा गठबन्धन गर्न सकारात्मक भएपनि संस्थापनइतर पक्ष त्यसको चर्को  विवाद गरिरहेकोे छ। त्यसले गर्दा देउवालाई समेत दबाव छ। 

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन केन्द्रीय एकमहिने अभियान सुरु गरेको छ। 

‘घर-घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत फागुन २९ देखि चैत २९ सम्म १ महिनाको लागि चुनावी अभियान सुरु गर्न लागेको प्रवक्ता प्रकाशशरण महतले बताए। 

एकमहिने अभियानमा कम्युनिष्ट नेतृत्वमा केपी ओलीले सञ्चालन गरेको ३ वर्षे कार्यकालको भण्डाफोर गर्नेदेखि अमेरिकी सहयोग परियोजना एमसिसीबारे जनतामा पर्न गएको नकारात्मक भ्रमलाई चिर्नेसम्मको योजना लिइएको उनले बताए। 

स्थानीय निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उनले बताए। 

‘स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्नेदेखि कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन मतदातालाई अपिल गर्ने उनले विज्ञप्तिमार्फत उल्लेख गरेका छन्। 

विज्ञप्तिमा भनिएको छ, ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँड, गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा वृहत्तर परिचालन तर्फ उन्मुख गराउने, नेकपाको सरकारको गत ३ बर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनता समक्ष व्यापक रूपमा राख्ने।’ प्रतिपक्षमा रहेपनि संविधान रक्षाका लागि बाध्यात्मक रुपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्ने उल्लेख गरेका छन्।

कांग्रेसले एक महिने अभियानमा जनताको कुरा सुनेपछि मात्रै गठबन्धनबारे निर्णय लिने रणनीति बताएको छ। अभियानको बारेमा जानकारी गराउन बुधबार गरेकोे पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले निर्वाचनको रणनीति बनाउन बस्ने केन्द्रीय समिति बैठकबाट गठबन्धन गर्ने नगर्ने बारे निर्णय लिने बताए। 

उपसभापति खड्काले भने, ‘निर्वाचनको प्रक्रियाको छलफलको क्रममा कार्यसमितिको बैठकले चुनावी तालमेलको बारेमा निष्कर्षमा पुग्छौँ, अहिले गठबन्धन र तालमेलको हुन्छ भनेर अहिले छलफल गर्दैनौ ।’

खड्काले एमसीसीमा जस्तै चुनावी तालमेलबारे कांग्रेसले सर्वसम्मत निर्णय गर्ने बताए । ‘नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्छ, चुनावमा कसरी अगाडि बढ्छ त्यसपछि निर्णय लिन्छौँ । अहिलेसम्म कुनै निर्णय भएको छैन । अन्य दलका नेताहरूले के भन्नुभयो त्यसको अर्थ छैन,’ खड्काले भने । 

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले के गर्दा धेरै सीट जितिन्छ भन्ने आकलन गरेर चुनावी गठबन्धनबारे निर्णय हुने बताए ।

‘गठबन्धनको बारेमा धेरै चर्चा परिचर्चा गर्न आवश्यक छैन । जतिबेला निर्वाचनमा उम्मेदवार उठाउन समय आउँछ, पार्टीले हरेक ठाउँका स्टेन्थ विकनेस मूल्यांकन हुन्छ । के गर्दा बढी भन्दा बढी सीट जितिन्छ, पार्टीले एउटा दृष्टिकोण बनाउँछ,’ महतले भने, ‘सँगै जादा बेनिफिट हुन्छ भने त्यो गरौँला, अलग(अलग गर्दा फाइदा हुन्छ भने त्यसरी जान्छौँ ।’

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले फागुन २९ देखि हुन लागेको चुनावी अभियानमा जनताको कुरा पनि सुन्न लागिएको बताए ।  

त्यसो त कांग्रेसले गठबन्धनबारे बोल्न हतार गर्दै नर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल भने देउवाको आश्वासनमा ढुक्क छन्। उनीहरु आगामी निर्वाचनसम्म गठबन्धनलाई लानुपर्ने जोड दिइरहेका छन्। 

प्रचण्डको असन्तुष्टि 

त्यसो त कांग्रेस नेताहरुको अभिव्यक्तिप्रति प्रचण्डले असन्तुष्टि जनाएका छन्। 

पार्टीको बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनको विषयमा नेताहरुले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरे। 

कांग्रेस नेताहरुको अभिव्यक्तिप्रति कटाक्ष गर्दै प्रचण्डले भने, ‘हामी एक्लै चुनाव लड्न पनि सक्षम छौँ। कांग्रेसको प्रत्यक्षतर्फ हाम्रोभन्दा १० सिट कम हो। तर, हामीले नै बोकेर सिंहासनमा पुर्‍याइदिएका छौँ। अहिले हामीलाई नै अपमान गर्ने? यस्तो सहन सकिँदैन।’

गत शनिबार कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसलाई हात्तीको संज्ञा दिँदै गठबन्धनमा सामेल रहेको माओवादी र नेकपा (एकीकृत समाजवादी) पार्टी चमेरो भएको टिप्पणी गरेका थिए। 

प्रचण्ड र माधव नेपाललाई लक्षित गरेर उपसभापति गुरुङले भनेका थिए, ‘कांग्रेस हात्ती हो र हात्तीको ठूलो कानमा चमेरोहरू ओत लाग्न खोजेका छन्। चमेरोहरूलाई हात्तीले सहयोग गर्न सक्दैन। त्यसले हात्तीलाई दुर्गन्धित बनाउन सक्छ। हामी लम्किँदा मुसाले बाटो काट्दैमा केही हुँदैन।’ 

आगामी निर्वाचनमा प्रचण्ड(माधवले चार दलीय गठबन्धनलाई निरन्तरता दिन चाहेको भएपनि कांग्रेसका महामन्त्री गगन थापा, नेताहरु शेखर कोइरालालगायत नेताहरु गठबन्धन गर्न नहुने पक्षमा छन्। 

झलनाथले खुलाएको त्यो कुरा 

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनको विषयलाई लिएर सत्तारूढ दल कांग्रेसमा चर्को विवाद रहेको बुधबारबाट सुरु भएको केन्द्रीय समिती बैठकलाई बिफ्रिङ गराए। 

देउवा गठबन्धनकै पक्षमा देखिए पनि संस्थापनइतर समूहले गठबन्धनविरुद्ध बलियो मत बनाइरहेका समेत बताए। 

बैठकमा नेता खनालले भने, ‘गठबन्धनको विषयलाई कांग्रेसले गहिरो अध्ययन गरिरहेको छ। देउवाजी त गठबन्धनकै पक्षमा हुनुहुन्छ। तर, पार्टीभित्र उहाँलाई दबाब छ। यस्तो अवस्थामा हामीले विचार गरेर कसरी अगाडि जाने भन्नेबारेमा निर्णय लिनुपर्छ। कांग्रेसभित्र महामन्त्री गगनकुमार थापा, र डा। शेखर कोइरालाहरूले गठबन्धन गरेर जाँदा ७० र एक्लै लड्दा १५५ सिट जित्ने कुरा गरेका रहेछन्।  

बैठकलाई पछिल्लो परिस्थितिअनुसार कांग्रेस वा एमाले नै पहिलो पार्टी बन्ने देखिएको समेत बताए।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending