Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

राष्ट्रियस्तरको क्रिकेटको उपाधि नवलपुरलाई

खबरडबली संवाददाता
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सम्पन्न राष्ट्रियस्तरको प्रथम गैँडाकोट मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि नवलपुर क्रिकेट सङ्घले जितेको छ । नवलपुरले उपाधिसँगै नगद रु दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
 
प्रतियोगिताको उपविजेतामा चित्त बुझाउन बाध्य स्याङ्जा क्रिकेट सङ्घले नगद रु एक लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । आज सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई पाँच विकेटले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । 
 
टस जितेर ब्याटिङ रोजेको स्याङ्जाले १७.१ ओभरमा सबै विकेटको क्षतिमा ८३ रनको योगफल तयार पार्‍यो । स्याङ्जाका लागि ईश्वर खनालले १३ बलमा दुई चौका र एक छक्कासहित १८ रन तथा ईश्वर क्षेत्रीले २२ बलमा एक चौकासहित ११ रन बनाए । स्याङ्जाका अन्य ब्याट्स म्यानले दोहोरो अङ्क जोड्न सकेनन् । 
 
बलिङतर्फ नवलपुरका किशोर महतोले तीन ओभरमा ८ रन खर्चिदै दुई विकेट, सुदीप अर्यालले चार ओभरमा १४ रन खर्चिदै दुई विकेट तथा विशाल पौडेलले चार ओभरमा २० विकेटको क्षतिमा दुई विकेट लिए। ८४ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नवलपुरले १४.२ ओभरमा विजय लक्ष्य भेटायो । नवलपुरले १४.२ ओभर खेल्दै पाँच विकेटको क्षतिमा ८४ रन बनाउन सफल भएपछि उपाधि उचाल्न सफल भएको हो । नवलपुरका लागि कमल परियारले ‘नटआउट’ चार बलमा तीन छक्का सहित १९ रनको योगदान दिए। 
 
त्यस्तै नवलपुरको जितका लागि ब्याट्स म्यान राजेश ढकालले ३१ बलमा २४ रन, गोविन्द विकले १८ बलमा १२ रन, विदुर पुनले १४ बलमा १० रन तथा दीपक डुम्रेले १७ बलमा १० रनको योगदान दिए। बलिङतर्फ स्याङ्जाका सुरज गुरुङले तीन ओभरमा २४ रन खर्चदै दुई विकेट तथा करण पङ्गेनी, ईश्वर खनाल र विपिनराज न्यौपानेले १–१ विकेट लिए। 
 
नवजागर ग्रामीण विकास केन्द्र गैँडाकोटको आयोजनामा सम्पन्न प्रतियोगितामा नवलपुर, स्याङ्जा, चितवन, तनहुँ, कास्की, पर्वत, बागलुङ, नवलपरासीका आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेतालाई गैँडाकोटका नगरप्रमुख छत्रराज पौडेलले नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा नगरप्रमुख पौडेलले खेलक्षेत्रको विकासका लागि आफूले नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...

सुनसरी घटनापछि गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक, शान्ति–सुरक्षाबारे रणनीति तय गरिँदै

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...

असारसम्मको बिजुली खपतमा भ्याट नलाग्ने, साउन १ देखि मात्र लागू हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...

अमेरिकी नागरिकसहित अध्यागन विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...

सरकारी वार्ता टोली र डा. केसीबिच सहमतिको मस्यौदा तयार

धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ ।  आइतबार सहमति हुन नसकेपछि आज फे...

सुनसरीको देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो

काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...

सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सबै पक्ष एकमत

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...

माधव नेपाललाई मनाउन प्रचण्ड कोटेश्वरमा, सत्ता समीकरणबारे छलफल

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending