Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

राष्ट्रियस्तरको क्रिकेटको उपाधि नवलपुरलाई

खबरडबली संवाददाता
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सम्पन्न राष्ट्रियस्तरको प्रथम गैँडाकोट मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि नवलपुर क्रिकेट सङ्घले जितेको छ । नवलपुरले उपाधिसँगै नगद रु दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
 
प्रतियोगिताको उपविजेतामा चित्त बुझाउन बाध्य स्याङ्जा क्रिकेट सङ्घले नगद रु एक लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । आज सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई पाँच विकेटले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । 
 
टस जितेर ब्याटिङ रोजेको स्याङ्जाले १७.१ ओभरमा सबै विकेटको क्षतिमा ८३ रनको योगफल तयार पार्‍यो । स्याङ्जाका लागि ईश्वर खनालले १३ बलमा दुई चौका र एक छक्कासहित १८ रन तथा ईश्वर क्षेत्रीले २२ बलमा एक चौकासहित ११ रन बनाए । स्याङ्जाका अन्य ब्याट्स म्यानले दोहोरो अङ्क जोड्न सकेनन् । 
 
बलिङतर्फ नवलपुरका किशोर महतोले तीन ओभरमा ८ रन खर्चिदै दुई विकेट, सुदीप अर्यालले चार ओभरमा १४ रन खर्चिदै दुई विकेट तथा विशाल पौडेलले चार ओभरमा २० विकेटको क्षतिमा दुई विकेट लिए। ८४ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नवलपुरले १४.२ ओभरमा विजय लक्ष्य भेटायो । नवलपुरले १४.२ ओभर खेल्दै पाँच विकेटको क्षतिमा ८४ रन बनाउन सफल भएपछि उपाधि उचाल्न सफल भएको हो । नवलपुरका लागि कमल परियारले ‘नटआउट’ चार बलमा तीन छक्का सहित १९ रनको योगदान दिए। 
 
त्यस्तै नवलपुरको जितका लागि ब्याट्स म्यान राजेश ढकालले ३१ बलमा २४ रन, गोविन्द विकले १८ बलमा १२ रन, विदुर पुनले १४ बलमा १० रन तथा दीपक डुम्रेले १७ बलमा १० रनको योगदान दिए। बलिङतर्फ स्याङ्जाका सुरज गुरुङले तीन ओभरमा २४ रन खर्चदै दुई विकेट तथा करण पङ्गेनी, ईश्वर खनाल र विपिनराज न्यौपानेले १–१ विकेट लिए। 
 
नवजागर ग्रामीण विकास केन्द्र गैँडाकोटको आयोजनामा सम्पन्न प्रतियोगितामा नवलपुर, स्याङ्जा, चितवन, तनहुँ, कास्की, पर्वत, बागलुङ, नवलपरासीका आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेतालाई गैँडाकोटका नगरप्रमुख छत्रराज पौडेलले नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा नगरप्रमुख पौडेलले खेलक्षेत्रको विकासका लागि आफूले नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending