Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

पदाधिकारी र कर्मचारीको तलब नदिएपछि कार्यकक्षमै थुनिए प्रमुख

खबरडबली संवाददाता

कञ्चनपुर । जिल्ला समन्वय समिति कञ्चनपुरका कार्यालय प्रमुख खेमप्रसाद चौधरीलाई समिति सदस्यले कार्यकक्षमै थुनेका छन् । जिल्ला समन्वय समितिका सदस्य सीतादेवी भण्डारीसहितका सदस्यले बुधबार दिउँसो कार्यालय प्रमुख चौधरीलाई थुनेका हुन् । 

चौधरीले समितिका पदाधिकारी र कर्मचारीको तलब/भत्ता दिन आनाकानी गर्नुका साथै लामो समयदेखि समन्वय नगरी हिँडेकाले कार्यकक्षमै थुनेको सदस्यहरुले बताएका छन् । “कार्यालयमा कुनै प्रकारको समन्वय नगर्नुका साथै गत पुसयता तलबभत्ता दिनसमेत बेवास्ता गरेपछि हामीले आधा घण्टा थुनेका हौँ”, सदस्य भण्डारीले भनिन्, “एउटा कर्मचारी भएर जनप्रतिनिधिलाई बेवास्ता गर्दै हिँडेपछि कार्यालयको कामकाजमा समेत अप्ठ्यारो हुन थाल्यो ।”

गत पुस महिनाको दोस्रो साता कार्यालयमा चौधरी प्रमुखको रूपमा हाजिर भएयता जनप्रतिनिधि र कर्मचारीले सेवा सुविधा नपाएको भण्डारीको आरोप छ । करिब आधा घण्टापछि समन्वय समिति पुगेको प्रहरी टोलीले कार्यालय प्रमुखको ढोकामा लगाएको ताला फुटाएको छ । “समन्वय समितिको बैठक पनि चौधरी आएपछि बस्न सकेको छैन”, उनले भनिन्, “यहाँ चौधरी र समन्वय समितिका प्रमुखबीच खटपट हुँदा कार्यालयको कामकाज नै प्रभावित बन्यो ।”

त्यसैगरी समन्वय समितिका कार्यालय प्रमुख  चौधरीले कर्मचारी र प्रशासनको काममा समन्वय समितिका प्रमुखसहित पदाधिकारी हाबी हुँदा समस्या भएको दाबी गरे । “आफन्तलाई जागिर खुवाउने अनि महिनामा एकै पटक हाजिर लगाएर तलब खुवाएको देखियो ।” चौधरीले भने, “अहिले पनि समितिका कति जना करारमा भर्ना गरिएका छन् त्यसको जानकारी अहिलेसम्म मलाई दिइएको छैन ।”

उनले पदाधिकारी र कर्मचारीको तलब खुवाउने विषयमा केन्द्रमा समेत आफूले पहल गरिरहेको बताए । “तलब खुवाउने विषयमा कोष तथा लेखा नियन्त्रणको कार्यालयमा अख्तियारबाट फोन आयो”, उनले भने, “त्यसपछि केही समयदेखि त्यो विषयमा अलमल भयो ।” कार्यालय प्रमुखको कक्षको ताला खुलेको केही बेरमा नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले समन्वय समितिका प्रमुख फैरु तामाङको कार्यकक्षमा ताला लगाएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले फिर्ता पठाए

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...

राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...

सम्पत्ति शुद्धीकरण मुद्दामा रामबहादुर बम्जनले पाए सफाइ

काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...

बाँकेको खजुरा बजारको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर सङ्कलन

नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्...

अब बाँकी रहेका कम्युनिस्ट शक्तिहरूलाई पनि एकताबद्ध गर्नेछौँ - प्रचण्ड

रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।...

ढाकामा नेपालका १० फोटोपत्रकार सम्मानित

काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । ब...

स्थानीय चुनावका लागि रास्वपाको नयाँ मापदण्ड: ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्ण गर्नुपर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...

रवि लामिछानेको उद्योगी व्यवसायीलाई आश्वासन - डर–त्रासमा नपर्न आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...

घाउमा इन्फेक्सन भएपछि ओलीको भेटघाट बन्द, अझै १०-१५ दिन सुरक्षित बस्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को हाल राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका उनी ...

स्वतन्त्र र जिम्मेवार प्रेस नै लोकतन्त्रको आधारस्तम्भ - सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending