Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

नापी कार्यालयकोे गल्ती : जग्गा एउटाको, पुर्जा अर्कैको

'नापी कार्यालयदेखि पटक-पटक वडालाई पनि झक्झक्यौँ, तर, वास्ता गरेन'

खबरडबली संवाददाता

तुलसीपुर । जग्गा एउटाको नाममा छ, भोगचलन अर्कैले गरिरहेको छ । यही कारण अहिले दाङको एउटा गाउँ निकै तनावमा छ । तुलसीपुर उपमहानगरपालिका–१९ को भित्री स्यालापानी र बाहिरी स्यालापानीका ४० घरजति नागरिकको जग्गामा नापी कार्यालले त्रुटि गर्दा समस्या गरेको छ । 

घर र जग्गा भोगचलन गरिहेको एउटाले हुन्छ, तर अर्कैका नाममा पुर्जा हुँदा त्यसले गाउँलाई निकै समस्या गराउने गरेको छ ।

स्थानीयवासी सङ्गीता बस्नेत परिवारको १६ कठ्ठा चार धुर जग्गा नाममा छ । तर उनीहरुले अहिले चार कठ्ठामात्रै भोगचलन गर्दै आएका छन् । किनकि उनीहरुका नाममा जग्गा भए पनि त्यो जग्गा अर्कैले भोग गर्दै आएका छन् । त्यस्तै दरिभान घर्तीको परिवारले विसं २०१६ मा त्यस स्थानमा जग्गा किनेर घरबाससमेत बनाएको थियो । 

तर, उनीहरुले किनेको र बनाएको घर अहिले अर्कैको नाममा छ । त्यतिमात्रै होइन, त्यही ठाउँका दुर्गाकुमारी बस्नेतको परिवारले पनि त्यहाँ जग्गा किन्यो । उनीहरुले खेत भनेर जग्गा किने तर नापी गर्दा सिँचाइको सुविधासमेत नभएको पाखो जग्गा परेको रहेछ । अहिले त्यही पाखो जग्गा उनीहरुले भोगचालन गर्दै आएका छन् ।

जग्गा अर्काका नाममा परेर यस्तै थुप्रै समस्या देखिएका छन् । त्यहाँका करिब ४० घरको यस्तो समस्या छ । भोगचलन गरेको जग्गा एउटा र पुर्जा भएको जग्गा अर्कैको हुँदा निकै समस्या हुने गरेको स्थानीयवासी सङ्गीता बस्नेतले बताए ।  

“हाम्रो जग्गा १६ कठ्ठा चार धुर हो, तर अहिले हामीले चार कठ्ठामात्रै उपभोग गर्दै आएका छौँ”, उनले भने, “भोगचलन गर्दै आएको जग्गा पनि हाम्रो नाममा छैन, अहिले जति भोग गर्दै आएका छौँ, त्यत्तिमात्रै हाम्रो नाममा आएपनि खुसी हुने थियौँ ।”

अहिले अर्काको जग्गामा बसोबास गर्दा आफूहरुले त्यो जग्गामा घर निर्माणदेखि बैंकबाट ऋण लिनसमेत समस्या भएको दरिभान घर्तीले बताए । “हामीले किनबेच पनि गर्न पाएका छैनौँ, बैंकबाट ऋण निकालेर केही काम गर्न पनि पाएका छैनौँ”, उनले भने, “घर हालौँ भने पनि समस्या छ, अर्काका जग्गामा घर हाल्दा भोलि समस्या हुने हो कि भन्ने निकै डर छ ।”

घर्तीको परिवार विसं २०१६ मा त्यस स्थानमा बसोबास गर्न आएको हो । उनीहरुले त्यहाँ जग्गा किनेर बस्न थालेका हुन् । जतिबेला छ महिना त्यस ठाउँमा बस्ने र बाँकी छ महिना पहाडी क्षेत्रमा बस्ने चलन थियो । औलो रोगको जोखिमले पनि त्यहाँका नागरिक पहाड जाने गर्थे । त्यहाँबाट पहाडमा गएको मौकामा त्यहाँ नापी भएको स्थानीयवासी घर्तीले बताए । 

“हामी छ महिना दाङ बस्थ्यौँ, छ महिना पहाड बस्थ्यौँ”, उनले भने, “त्यही मौकामा नापी आएर जग्गा नापेर गएछ, पछि मात्रै हामीलाई थाहा भयो ।” 

त्यहाँका स्थानीयवासीले यसरी जग्गा बिग्रिएको भन्ने पनि थाहा पाएका थिएनन् । विसं २०५२÷५३ तिर जग्गा किनबेच गर्ने क्रममा मात्रै उनीहरुले जग्गा यसरी बिग्रिएको भन्ने थाहा पाए ।

अहिले मालपोत एउटाले तिर्ने र भोगचलन अर्कैले गर्ने अवस्था सिर्जना भएको छ । “मालपोत कर हामीले तिर्छौँ”, स्थानीय मीनप्रकाश विश्वकर्माले भने, “तर जग्गा अर्कैले भोग गर्ने गरेका छन् ।” 

राजनीतिक दलहरुले मिलाउन चाहेमा यो मुद्दा मिल्ने भए पनि यस विषयमा राजनीतिक दलहरुले पनि आफ्नो स्वार्थलाई बढी ध्यान दिएको समेत उनीहरूको गुनासो छ । 

त्यहाँ जग्गा किनबेच गर्दा पनि निकै समस्या देखियो । स्थानीय दुर्गाकुमारी बस्नेतको परिवारले त्यहाँ खेत भनेर किने तर, नापीका क्रममा पाखोबारी परेकाले उनीहरु पाखो बारीमा चित्त बुझाउन बाध्य भए । 

“हामीले खेत भनेर किन्यौँ, केही वर्ष जोतभोग पनि ग¥यौँ”, बस्नेतले भने, “तर पछि अर्कैका नाममा भएपछि, जसको नाममा छ, उसैले दाबी ग¥यो, हाम्रो भागमा पाखो बारीमात्रै प¥यो ।” 

अहिले जग्गा बढी परेका व्यक्तिहरूले आलटाल गर्दा पनि त्यहाँ कुरा मिल्न सकेको छैन । यस विषयमा पटक–पटक वडा, पालिका र नापी कार्यालयलाई झक्झक्याउँदा पनि कुनै सुनुवाइ नभएको उनीहरुको गुनासो छ । 

“हामीले नापी कार्यालयलाई झक्झक्यौँ, पटक–पटक वडालाई पनि भन्यौँ, उपमहानगरपालिकामा पनि गयौँ”, उनले भने, “हुन्छ–हुन्छ भन्ने भयो तर कुनै निकायबाट यसमा चासो दिइएन ।”

यसले पछिल्ला सन्तानलाई निकै समस्या पर्ने भन्दै यो समस्या तत्काल समाधान गर्नतर्फ सबैले ध्यान दिनुपर्नेसमेत स्थानीयवासीको भनाइ छ । नापी कार्यालय तुलसीपुरमा भने यस विषयमा समस्या लिएर स्थानीयवासी नआएको कार्यालय प्रमुख गणेशमान विश्वकर्माले बताए । 

“म आएदेखि अहिलेसम्म कार्यालयमा कसैले पनि  समस्या लिएर आउनुभएको छैन”, उनले भने, “यस विषयमा स्थानीय सरकारले चासो दिनुपर्छ, त्यहाँका स्थानीयवासी पनि एकापसमा मिलेर आएमा सहज हुने देखिन्छ ।” रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending