काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आसन्न स्थानीय तह निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचनमा सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको हो ।
बैठकले दुईमहिने निर्वाचन केन्द्रित कार्यक्रम बनाएको छ । बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन गरेर सबै सदस्यलाई प्रदेश, जिल्ला र पालिकामा केन्द्रित गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए।
बैठकले स्थानीय निर्वाचनमा आवश्यक चुनावी तालमेलको वातावरण बनाउन केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा कार्यदल बनाउने निर्णय गरेको छ । कार्यदलले सम्बन्धित तहमा वार्ता संवाद गर्नेछ ।
माओवादीले ७५३ पालिका र छ हजार ७४३ वडामा एकल रूपमै भए पनि निर्वाचन लड्ने निर्णय गरेको पनि उहाँले जानकारी दिए। “आफ्नै खुट्टामा उभिएर, आफ्नै शक्तिमा भर गरेर निर्वाचनमा जाने निर्णय भएको छ”, नेता पुनले भने, “जहाँजहाँ अन्य दलसँग तालमेल गर्न सकिन्छ त्यहाँत्यहाँ गठबन्धन गर्ने गरी कार्यदल बनाएर निर्वाचन लड्ने बैठकको निर्णय छ ।”
बैठकले पार्टी विधानअनुसार ९७ जना केन्द्रीय सदस्यको मनोनयन गरेको छ । यस्तै २५ प्रतिशतमा नबढ्ने गरी वैकल्पिक केन्द्रीय सदस्य चयन गर्ने निर्णय गरेको छ । बैठकले आगामी केन्द्रीय समिति बैठकबाट पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो टुङ्ग्याउने निर्णय गरेको नेता पुनले जानकारी दिए।
व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट अनुमोदन भएको एमसिसी सम्झौतालाई लिएर आएको मतभेदलाई सम्मानजनक ढङ्गले पार्टी केन्द्रीय समितिमा दर्ज गरिराख्ने र आगामी जेठ २० गते बस्ने अर्को केन्द्रीय समिति बैठकमा छलफल गरेर टुङ्गोमा पुग्ने निर्णय भएको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ०९:१९
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...
मंसिर २३ गते, २०८२ - ०७:४०
वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...
मंसिर २३ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...
मंसिर २३ गते, २०८२ - ०७:३४
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ । तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...
मंसिर २३ गते, २०८२ - ०७:०७
काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । भौतिक पूर्...
मंसिर २३ गते, २०८२ - ०७:०४
काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...
मंसिर २३ गते, २०८२ - ०७:०१
काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...
मंसिर २३ गते, २०८२ - ०६:५८
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...




प्रतिकृया लेख्नुहोस्: