Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

फेरि संसद विघटनको चर्चा, ‘अर्ली इलेक्सन’कै पक्षमा सत्ता गठबन्धन

स्थानीय तहको निर्वाचनपछि जुनसुकै बेलामा सामना गर्न एमाले तयार

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा विघटन गरेपछि बनेको पाँच दलीय सत्ता गठबन्धनमा आफै  ‘अर्ली इलेक्सन’को पक्षमा उभिएको छ। प्रतिनिधि सभा विघटन गरेर नै   ‘अर्ली इलेक्सन’ गर्नेमा गठबन्धनमा बलियो मत बन्दै गएको हो। 

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरोध जारी राखेपछि गठबन्धनले ‘अर्ली इलेक्सन’को विकल्पबारे छलफल थालेको हो। 

त्यसको संकेत शनिबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगन थापाले गरेका थिए।  त्यसो त ओलीले दुईपटक संसद् विघटन गरेपछि पार्टी नै फुटाएर हिँडेको माधव नेपाल आफैँ संसद् विघटनको पक्षमा उभिएका छन्। 

आइतबार संसद् बैठकबाट बाहिरिँदै अध्यक्ष नेपालले भने, ‘हाउस चल्न पनि नदिने। केही गतिविधि गर्न पनि नदिने। हाउसलाई पंगु बनाउने, भत्ता खाने, हामीलाई पनि हैरान पार्ने। त्यस्तो हो भने त्योभन्दा पहिले पूरै संसदले नै अब केपी ओलीको बितण्डाको सामना गर्नलाई यसलाई भंग गरिदिने। न संसद् रहन्छ । न हंगामा गर्ने ठाउँ नै रहन्छ, चुनावमा जाने।’

संसद् चल्न नदिएर संसदलाई पंगु बनाइएको भन्दै उनले ओलीको बितण्डालाई सामना गर्नका लागि संसद् भंग गर्नुपर्ने बताए। संसद् भंग गरिदिए केपी ओलीको हंगामा गर्ने ठाउँ नरहने उनको टिप्पणी छ।

यता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै संसद विघटन गरेर संघको निर्वाचन गराउन चाहन्थे। तर, स्थानीय तह जनप्रतिनिधिविहीन बनाउन खोजेको आरोप लगाउँदै चर्को विरोध भएपछि अडानबाट फर्किए। 

तर, अहिले पनि प्रचण्ड स्थानीय तहको भन्दा प्रतिनिधिसभाको निर्वाचन गराउन चाहन्छन्।  तर,  माओवादी सांसद वर्षमान पुनले अर्ली इलेक्सनबारे फरक मत राख्छन्। वैशाखमा स्थानीय तहको निर्वाचन हुँदा अर्ली इलेक्सन गर्ने समय नहुने उनको भनाइ छ। 

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने स्थानीय तहको निर्वाचन सारेर भए पनि प्रतिनिधिसभाको निर्वाचन गर्नेबारे छलफल भइरहेको बताए।  

मंसिरपछि पाँच वर्ष संघीय संसदको कार्यकाल पाँच वर्षमा प्रवेश गरिसकेपछि निर्वाचन भने गर्न सकिने उनको बुझाइ छ। 

सांसद पुनले संसद लामो समयदेखि अनिर्णयको अवस्थामा रहँदा विघटन गरेर अर्ली इलेक्नसमा जाने कुरा राजनीतिक रूपले ठिकै भएको स्वीकार गरे।

सत्ता गठबन्धनले प्रतिनिधिसभाको निर्वाचनबारे छलफल चलाइ रहेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भएको हुनसक्ने आशंका व्यक्त गर्छ।   

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले उपाध्यक्ष सुवास नेम्वाङले भने, ‘चुनाव गर्नका लागि हो कि  भत्काउनका लागि हो? स्थानीय तहको चुनावको घोषणा गठबन्धनको चाहनाले भएको होइन। अहिले पनि उहाँहरू प्रतिनिधिसभाको चुनावसहित विभिन्न बहानामा खोजी राख्नुभएको छ। 

निर्वाचनमा जान खोज्दा प्रतिगमन भन्नेहरूले अहिले अचानक यस्तो कुरा गरेपछि षडयन्त्रको गन्ध आएको उनको भनाइ छ। 

त्यसो त एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ दलहरूले स्थानीय तहको निर्वाचन पर धकेल्ने बहाना स्वरूप प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ को कुरा उठाएको आशङ्का गर्छन्। 

नुवाकोटको विदुरमा प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार भेटघाटमा उनले भने, 'स्थानीय तहको निर्वाचन लगत्तै प्रतिनिधिसभाको निर्वाचन जुनसुकै बेलामा गरे पनि एमाले सामना गर्न तयार छ ।'

सरकारले भयरहित निर्वाचनको वातावरण बनाउन आनाकानी गरिरहेको टिप्पणी गर्दै एमाले नेता ज्ञवालीले सरकारमा रहेका दलहरूले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)लाई अनावश्यक रुपमा गिजोलेर भूराजनीतिक विषय बनाएको आरोप लगाए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डडेलधुरामा देउवापछि को ?

काठमाडौं । डडेलधुराबाट निरन्तर संसद्मा प्रतिनिधित्व गर्दै आएका कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले यसपालि पनि चुनाव लड्न चाहेका थिए तर टिकट पाएनन् ...

प्रहरीलाई निर्वाचन लक्षित प्रशिक्षण सुरू

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारीलाई निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम बुधबारदेखि प्रहरी प्रधान ...

प्रतिनिधिसभा निर्वाचनः महोत्तरी–४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ । उम्मेदवारसँगै राजनीतिक दलका कार्यकर्ता गाउँबस्ती पुगेर मत माग्न व्यस्त छन् । ...

बालेनलक्षित ओलीको टिप्पणी- म त जहाजै उडाउन सक्छु भन्दै यात्रुले पाइलट सिटमा बस्न मिल्दैन

दुई चरणमा चुनाव गर्ने कुरा कुनै हालतमा पनि स्विकार्य हुदैन

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, कहाँ कस्तो रहन्छ मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । तराईका केही स्...

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई न...

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हेर्‍यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको कटारी नगरपालिका—८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षदेखि यस्तै छ । दैनिकी धुलो बढार्दैमा ...

मापदण्ड संशोधन गरी बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने समय थप

काठमाडौँ । सरकारले बहुवर्षीय आयोजनासम्बन्धी ठेक्का र स्रोत सहमतिको प्रक्रिया परिमार्जन गर्दै नयाँ मापदण्ड जारी गरेको छ । ‘आयोजनाको बहुवर्षीय ठेक्का सह...

झापा–२ मा निवर्तमान सभामुखलाई उपसभामुखको चुनौती, अरु दलका कस्ता छन् प्रतिस्पर्धी ?

झापा । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं २ मा पनि चुनावी गतिविधि तीव्र बन्दै गएका छन् । निवर्तम...

दल र उम्मेदवारले २५ हजार माथिको नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE