Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

माओवादी केन्द्रीय समिति बस्दै, पदाधिकारीमा सहमति जुटाउने प्रचण्डको प्रयास

पार्टीभित्रको असन्तुष्टिलाई बैठकबाटै समाधान गरिने

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ। शुक्रबारदेखि शुरु भएको बैठक आज पनि बस्ने भएको हो।

शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएपछि अब बैठकको कार्यसूची पदाधिकारी चयनलगायतका साङ्गठनिक विषयमा प्रवेश गरेको पार्टीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। 

पुस १८ गते सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो। लगत्तै पुस १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्ष चयन गरेको थियो। त्यसपछि बैठक गत शुक्रबार बसेको थियो। माओवादीले अन्य पदाधिकारी हालसम्म चयन गरेको छैन।

आजको बैठकमा केन्द्रीय समितिलाई पूर्णता दिने सम्भावना छ । २९९ केन्द्रीय सदस्यमा २४७ मात्र चयन भएका छन्। बैठकले पार्टीभित्र देखिएका असन्तुष्टिलाई समेत समाधान गरेर लाने तयारी भइरहेको छ। एमसिसीको पक्षमा माओवादी उभ्याउने निर्णयले नारायणकाजी श्रेष्ठ लगायतका शिर्ष नेताहरु असन्तुष्ट बनेका थिए। 

एमसिसी विवादले पार्टी एकता जोगाउनु नै चुनौति बनेको बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी पदाधिकारी चयन गर्नेपर्ने अर्को दबाब छ। पुषमा भएको महाधिवेशनले अध्यक्षबाहेक अरु पदाधिकारी चयन गर्न सकेको छैन। 

माओवादीमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान रहेको छ। 

माओवादीले २९९ मध्ये २३६ जना केन्द्रीय सदस्य र अध्यक्षमा प्रचण्डलाई चयन गरेको थियो। पार्टी पदाधिकारी सर्वसम्मत रुपमा चयन गर्ने प्रचण्डले प्रयास गरेको भएपनि आकांक्षी धेरै भएकाले समस्या परेको छ। 

पार्टीको अध्यक्षपछिको जिम्मेवार पद महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनले बलियो रुपमा अडान लिइराखेका कारणले प्रचण्डलाई समस्या परेको छ। त्यसो त देव गुरुङ र पम्फा भुसालले पनि महासचिवकै दाबेदार हुन्। 

महासचिवका दाबेदार भुसाल र गुरुङलाई प्रचण्डले उपाध्यक्ष बनाउने माओवादी वृत्तमा चर्चा छ। प्रचण्ड सर्वसम्मत रुपमा पदाधिकारी छान्न चाहन्छन्।  तर, नेताहरुको अडान सानो छैन। 

महासचिव कसलाई बनाउने भन्ने विषयमा नेता कार्यकर्ता पंक्ति विभाजित हुन थालिसकेका छन्। विश्वास पात्रहरू नै महासचिवको दौडमा रहेको र नेता श्रेष्ठको असन्तुष्टिले पदाधिकारी चयन प्रचण्डका लागि थप पेचिलो बनेको छ।

प्रचण्डले पुन वा शर्मामध्ये एक जनालाई चयन गर्ने स्थितिमा भने पुनको सम्भावना बलियो देखिएको छ। एकीकृत माओवादी कालमा सचिव भइसकेकाले वरियतामा शर्माभन्दा पुन नै अगाडि छन्। पुनकै कारणले पदाधिकारी चयन रोकेर राखेका प्रचण्ड अहिले आन्तरिक गृहकार्यमा व्यस्त छन्। 

शर्मा अर्थमन्त्रीको जिम्मेवारीमा रहेकाले पनि उनलाई उपाध्यक्षमा लगेर पुनलाई महासचिवको जिम्मेवारी दिने प्रयास प्रचण्डले गरिरहेको स्रोतको दाबी छ। वरिष्ठ उपाध्यक्षमा नारायणकाजीको स्थान सुरक्षित रहे पनि उनी अहिले पार्टी निर्णयबाट रुष्ट छन्। महासचिव दौडबाट बाहिरिने नेताहरूलाई उपाध्यक्षमा लगेर व्यवस्थापन गर्ने प्रचण्डको तयारी छ।

स्थायी कमिटीमा रहेका नेताहरूले पदाधिकारीको आकांक्षा गरेको हुनाले केन्द्रीय कमिटीबाट पदाधिकारीको संख्या थप गरेरै भएपनि सर्वसम्मतको पदाधिकारी चयनको प्रयास भइरहेको छ। 

तर, नेताहरु सहमतिमा नआए प्रचण्डले पदाधिकारी नै चयन नगरी जाने रणनीति समेत तय गरेका छन्। पदाधिकारीका भएको असन्तुष्टिले मुखैमा आएको निर्वाचनलाई असर गर्ने उनको बुझाइ छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद्‌ ब्युँताउने रिट निवेदनमा देउवाको समर्थन छ ?

काठमाडौं । नेपाली कांग्रेसका केही पूर्व सांसदहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि उक्त दलकै वर...

बयानमा नआउने ओलीको अडान, प्रहरी परिचालन गर्ने आयोगको तयारी

काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्...

एमाले महासचिवमा ६ जना आकांक्षी, कसले मार्ला बाजी ?

काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तय भइरहेका बेला महासच...

विश्व उड्डयन बजार पुनः सशक्त बन्दै

जेनेभा । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर...

निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयो...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

महोत्तरी । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ ।  पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्...

यस्तो रहने छ आजको मौसम

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव  छैन ।  आज दिउँसो कोशी  र गण्डकी प्रदेशका पहाडी ...

एनपीएलः एलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ । त्रिभुवन  अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्...

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...

र्‍यापर स्यामुयलद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

काठमाडौँ । चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending