Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

चार वर्षे कार्यकाल : कोरोना कहरदेखि बुर्जुवा शिक्षासम्मको समीक्षा

खबरडबली संवाददाता

काठमाडौं । राजनीतिक र कोरोना सङ्क्रमणका बीचमा पनि प्रत्यायोजित विधानका सम्बन्धमा मन्त्रालय र मातहतका निकायलाई अवगत गराउन, स्पष्ट पार्न, जागरुक र सचेत तुल्याउन सफल भएको दाबी गरिएको छ ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको चार वर्षे कार्यकालको बुधबारको समीक्षा बैठकमा सभापति रामनारायण बिडारीले सहायक कानुन बनाउने र लागू गर्ने सन्दर्भमा समितिका सुझाव, अडान र निर्देशन महत्वपूर्ण कदम भएको बताए। 

उनले भने, “अधिकार प्रत्यायोजितका  आधारमा बनाइका नियमावली, विनियमावली, निर्देशिका, कार्यविधि, निर्देशनजस्ता सहायक बनाएको १५ दिनभित्र संसद् सचिवालयमा पठाउन पर्ने तथा नपठाए लागू गर्न नपाइने बाध्यकारी व्यवस्थाले मुलुकमा भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने सवालमा महत्वपूर्ण कदम हुनेछ ।”

प्रत्यायोजित अधिकारका नाममा व्यक्तिगत स्वार्थका लागि बनाइएका सहायक कानुनअर्थात् नियमावली, निर्देशिका, कार्यविधि, परिपत्रकै आधारमा सुशासनविपरीत र भ्रष्टाचारजन्य क्रियाकलाप हुँदैआएको समितिको ठम्याइ छ । समितिकै पहलमा प्रत्यायोजित विधायनको मस्यौदा अन्तिम चरणमा पुगेको छ । उक्त विधेयकको मस्यौदामा सहायक कानुन कसरी बनाउने तथा कस्तो बनाउन नपाइने भन्ने उल्लेख छ ।

नेपालमा संसद्बाट करिब २० प्रतिशत कानुन तर्जुमा हुुन्छ भने प्रत्यायोजित विधायनका आधारमा कार्यपालिकालगायत संवैधानिक निकायबाट ८० प्रतिशत कानुन निर्माण हुँदैआएको छ । पछिल्लो समय समितिले भन्दैआएको छ, “बनाइएको सहायक कानुन १५ दिनभित्र संसद्मा नपठाउने हो भने कि लागू गर्नुस् कि नबनाउनुस् ।”

राज्यका निकायले ऐन बनाएर काम गर्नुको साटो कार्यविधि र निर्देशिका आधारमा अर्बौं अनुदान वितरण गर्दैआएको तथ्य फेला पारेपछि  समिति यस्तो निर्णयमा पुगेको हो । समितिको निर्देशनपछि सहायक कानुन बनाउने होडबाजी केही हदसम्म रोकिएको छ । 

विगतमा छलफलका लागि विधेयक प्राप्त भए पनि प्रकाशित ऐन उपलब्ध नभइरहेको अवस्था अन्त्य भई समितिकै पहलमा ‘पिजन होल’बाटै राजपत्र प्राप्त गर्ने विषयलाई पनि उपलब्धिकै रुपमा हेरेको छ ।

सभापति बिडारी भन्छन्, “हाम्रो समितिका अधिकांश निर्देशन पालना भएको छ, हामी निर्देशन होइन, सुझाव धेरै दिन्छौँ, निर्देशन पालना नहुनु सरकारको मात्रै होइन, हाम्रो पनि दोष छ ।” 

दिगो विकास तथा सुशासन समिति सदस्य दिननाथ शर्माले ठूलो राजनीतिक उचाड तडाव र कोरोना सङ्क्रमणबीच चार वर्षमा सम्पादन गरेको कार्य गौरव गर्न लायक रहेको प्रतिक्रिया दिए। 

उनले भने, “कानुन निर्माण र जनसारोकारका उठाउनुपर्ने र कार्यान्वयन गर्नुपर्ने विषयलाई निष्ठा एवं सक्रियतापूर्वक अघि बढाइएको छ, यद्यपि  पछिल्ला दुई वर्ष भने राजनीति र कोरोनाले असर तुल्यायो ।” 

मुलुकमा २००८ सालदेखि तर्जूमा भएका कानुनको जङ्गल रहेको तथा सहायक कानुनको त लेखा जोखा नै नभएको अवस्थामा समिति त्यसलाई पर्गेल्दै व्यवस्थित तुल्याउने काममा क्रियाशील रहँदैआएका छन् ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सदस्य राधेश्याम अधिकारीले नयाँ कानुन निर्माण र अस्रल्ल सहायक कानुन व्यवस्थापनमा समितिको ठूलो मेहनत रहेको प्रतिक्रिया दिए। 

उनले भने, “समिति नेतृत्वको सक्रियता बिना प्रगति हासिल गर्न सम्भव थिएन, आगामी दिनमा कसरी काम गर्ने भन्ने ट्याक बसेको छ, अब कानुन निर्माणका माध्यमबाट मुलुकमा सुशासन श्रीवृद्धि गर्दै लैजान सजिलो हुनेछ ।”

समितिले चार वर्षको मुख्य उपलब्धि कम्पनी रजिष्ट्रारको कार्यालय, द्रुतमार्ग, श्रमिक कोरिया पठाउनेसम्बन्धी विषयमा भएको निर्देशन कार्यान्यनलाई लिएको छ । समितिले त्यसो त सार्वजनिक खरिद ऐन, सुक्खा बन्दरगाहमा असरल्ल अवस्थामा रहको रासायनिक मल, कुखुराका लागि दाना आयतलगायतका विषयलाई पनि प्रखररुपमा उठाएको थियो ।

राजनीतिक सङ्क्रमणको प्रभावबाट राष्ट्रियसभा पछिल्लो समय चल्न नसकेपछि ससदीय समितिबाटै आफ्ना कुरा राखी २० सदस्य चार वर्षे कार्यकाल पूरा गरी बिहीबारदेखि बिदा हुने क्रममा छन्। 

समीक्षा बैठकमा सदस्य अधिकारीले भने, “संसदीय समितिले कानुन निर्माणमा देखिएको अल्झन र जनताको हितमा काम गर्ने सवालमा परेको गाँठो फुकाउनपर्छ, अन्यथा जनतामा निराशा पलाउँछ ।”

समिति सदस्य अगमकुमार वान्तवाले मुलुकको राजनीति वातावरणबाट उत्पन्न परिस्थितिअनुरुप समितिबाट भएका काम गर्व गर्न लायक भएको महसुस गरेको बताए।  

समिति सदस्य शान्तिकुमारी अधिकारीले सहायक कानुन निर्माण, किसानसँग सम्बन्धित बीउबिजन, मलखाद, भूमिको  समुचित प्रयोगलगायतका विषयमा सक्रियतापूर्वक कुरा उठाएर समितिको ओज र महत्वलाई  प्रमाणित गर्न सफल भएको प्रतिक्रिया दिए। 

समिति सदस्य नैनकला ओझाले विगतमा विरुद्धको आन्दोलनमा पार्टीले बुर्जुवा होइन, पार्टी शिक्षा लिनुपर्छ भनेर प्रशिक्षण दिएकाले त्यसमा मात्र केन्द्रित हुदाँको परिणाम अहिले कानुन निर्माणमा रहदा विद्यार्थीको जस्तो भूमिका निर्वाह गरेको प्रतिक्रिया दिए। 

उनले भने “विगतमा बुर्जुवा शिक्षा लिएका भनिएका व्यक्तिले पढाउनुभएको छ, आफू विद्यार्थी झै सुनेर बस्न परेको छ, यद्यपि, समितिको नेतृत्वलगायत सबै सदस्यले पार्टीभन्दा माथि उठेर सहमतिकै आधारमा सवै विषय टुङ्ग्याएका छौँ।” 

समिति सदस्य शेरबहादुर कुँवर केही सांसदको जोड बल र सक्रियतामा सत्तापक्षकै सांसदले विधेयकमाथि संशोधन गर्न सुरु भएको अभ्यासले लोकतन्त्रलाई बलियो तुल्याउने धारणा राखे। 

उनले भने, “विदेशमा सांसदबाट व्यक्त विचार विश्व समुदायले सुन्छ र मनन गर्छ, तर यहाँ भने सरकार नै सुन्दैन, कस्तो अचम्म ।” 

कानुन तर्जुमाको जिम्मेवारी रहेकाले संसदीय समितिलाई थप प्रभावकारी तुल्याउन विषय विज्ञ जनशक्तिको आवश्यकता टड्कारो रुपमा महसुस गरिएको समीक्षामा जानकारी दिइयो । राष्ट्रियसभा मातहत चार समिति छन् । ती विभिन्न समितिमा रहने २० सदस्य चार वर्षे कार्यकाल पूरा गरी आजदेखि बिदा लिँदैछन्। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending