Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

चार वर्षे कार्यकाल : कोरोना कहरदेखि बुर्जुवा शिक्षासम्मको समीक्षा

खबरडबली संवाददाता

काठमाडौं । राजनीतिक र कोरोना सङ्क्रमणका बीचमा पनि प्रत्यायोजित विधानका सम्बन्धमा मन्त्रालय र मातहतका निकायलाई अवगत गराउन, स्पष्ट पार्न, जागरुक र सचेत तुल्याउन सफल भएको दाबी गरिएको छ ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको चार वर्षे कार्यकालको बुधबारको समीक्षा बैठकमा सभापति रामनारायण बिडारीले सहायक कानुन बनाउने र लागू गर्ने सन्दर्भमा समितिका सुझाव, अडान र निर्देशन महत्वपूर्ण कदम भएको बताए। 

उनले भने, “अधिकार प्रत्यायोजितका  आधारमा बनाइका नियमावली, विनियमावली, निर्देशिका, कार्यविधि, निर्देशनजस्ता सहायक बनाएको १५ दिनभित्र संसद् सचिवालयमा पठाउन पर्ने तथा नपठाए लागू गर्न नपाइने बाध्यकारी व्यवस्थाले मुलुकमा भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने सवालमा महत्वपूर्ण कदम हुनेछ ।”

प्रत्यायोजित अधिकारका नाममा व्यक्तिगत स्वार्थका लागि बनाइएका सहायक कानुनअर्थात् नियमावली, निर्देशिका, कार्यविधि, परिपत्रकै आधारमा सुशासनविपरीत र भ्रष्टाचारजन्य क्रियाकलाप हुँदैआएको समितिको ठम्याइ छ । समितिकै पहलमा प्रत्यायोजित विधायनको मस्यौदा अन्तिम चरणमा पुगेको छ । उक्त विधेयकको मस्यौदामा सहायक कानुन कसरी बनाउने तथा कस्तो बनाउन नपाइने भन्ने उल्लेख छ ।

नेपालमा संसद्बाट करिब २० प्रतिशत कानुन तर्जुमा हुुन्छ भने प्रत्यायोजित विधायनका आधारमा कार्यपालिकालगायत संवैधानिक निकायबाट ८० प्रतिशत कानुन निर्माण हुँदैआएको छ । पछिल्लो समय समितिले भन्दैआएको छ, “बनाइएको सहायक कानुन १५ दिनभित्र संसद्मा नपठाउने हो भने कि लागू गर्नुस् कि नबनाउनुस् ।”

राज्यका निकायले ऐन बनाएर काम गर्नुको साटो कार्यविधि र निर्देशिका आधारमा अर्बौं अनुदान वितरण गर्दैआएको तथ्य फेला पारेपछि  समिति यस्तो निर्णयमा पुगेको हो । समितिको निर्देशनपछि सहायक कानुन बनाउने होडबाजी केही हदसम्म रोकिएको छ । 

विगतमा छलफलका लागि विधेयक प्राप्त भए पनि प्रकाशित ऐन उपलब्ध नभइरहेको अवस्था अन्त्य भई समितिकै पहलमा ‘पिजन होल’बाटै राजपत्र प्राप्त गर्ने विषयलाई पनि उपलब्धिकै रुपमा हेरेको छ ।

सभापति बिडारी भन्छन्, “हाम्रो समितिका अधिकांश निर्देशन पालना भएको छ, हामी निर्देशन होइन, सुझाव धेरै दिन्छौँ, निर्देशन पालना नहुनु सरकारको मात्रै होइन, हाम्रो पनि दोष छ ।” 

दिगो विकास तथा सुशासन समिति सदस्य दिननाथ शर्माले ठूलो राजनीतिक उचाड तडाव र कोरोना सङ्क्रमणबीच चार वर्षमा सम्पादन गरेको कार्य गौरव गर्न लायक रहेको प्रतिक्रिया दिए। 

उनले भने, “कानुन निर्माण र जनसारोकारका उठाउनुपर्ने र कार्यान्वयन गर्नुपर्ने विषयलाई निष्ठा एवं सक्रियतापूर्वक अघि बढाइएको छ, यद्यपि  पछिल्ला दुई वर्ष भने राजनीति र कोरोनाले असर तुल्यायो ।” 

मुलुकमा २००८ सालदेखि तर्जूमा भएका कानुनको जङ्गल रहेको तथा सहायक कानुनको त लेखा जोखा नै नभएको अवस्थामा समिति त्यसलाई पर्गेल्दै व्यवस्थित तुल्याउने काममा क्रियाशील रहँदैआएका छन् ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सदस्य राधेश्याम अधिकारीले नयाँ कानुन निर्माण र अस्रल्ल सहायक कानुन व्यवस्थापनमा समितिको ठूलो मेहनत रहेको प्रतिक्रिया दिए। 

उनले भने, “समिति नेतृत्वको सक्रियता बिना प्रगति हासिल गर्न सम्भव थिएन, आगामी दिनमा कसरी काम गर्ने भन्ने ट्याक बसेको छ, अब कानुन निर्माणका माध्यमबाट मुलुकमा सुशासन श्रीवृद्धि गर्दै लैजान सजिलो हुनेछ ।”

समितिले चार वर्षको मुख्य उपलब्धि कम्पनी रजिष्ट्रारको कार्यालय, द्रुतमार्ग, श्रमिक कोरिया पठाउनेसम्बन्धी विषयमा भएको निर्देशन कार्यान्यनलाई लिएको छ । समितिले त्यसो त सार्वजनिक खरिद ऐन, सुक्खा बन्दरगाहमा असरल्ल अवस्थामा रहको रासायनिक मल, कुखुराका लागि दाना आयतलगायतका विषयलाई पनि प्रखररुपमा उठाएको थियो ।

राजनीतिक सङ्क्रमणको प्रभावबाट राष्ट्रियसभा पछिल्लो समय चल्न नसकेपछि ससदीय समितिबाटै आफ्ना कुरा राखी २० सदस्य चार वर्षे कार्यकाल पूरा गरी बिहीबारदेखि बिदा हुने क्रममा छन्। 

समीक्षा बैठकमा सदस्य अधिकारीले भने, “संसदीय समितिले कानुन निर्माणमा देखिएको अल्झन र जनताको हितमा काम गर्ने सवालमा परेको गाँठो फुकाउनपर्छ, अन्यथा जनतामा निराशा पलाउँछ ।”

समिति सदस्य अगमकुमार वान्तवाले मुलुकको राजनीति वातावरणबाट उत्पन्न परिस्थितिअनुरुप समितिबाट भएका काम गर्व गर्न लायक भएको महसुस गरेको बताए।  

समिति सदस्य शान्तिकुमारी अधिकारीले सहायक कानुन निर्माण, किसानसँग सम्बन्धित बीउबिजन, मलखाद, भूमिको  समुचित प्रयोगलगायतका विषयमा सक्रियतापूर्वक कुरा उठाएर समितिको ओज र महत्वलाई  प्रमाणित गर्न सफल भएको प्रतिक्रिया दिए। 

समिति सदस्य नैनकला ओझाले विगतमा विरुद्धको आन्दोलनमा पार्टीले बुर्जुवा होइन, पार्टी शिक्षा लिनुपर्छ भनेर प्रशिक्षण दिएकाले त्यसमा मात्र केन्द्रित हुदाँको परिणाम अहिले कानुन निर्माणमा रहदा विद्यार्थीको जस्तो भूमिका निर्वाह गरेको प्रतिक्रिया दिए। 

उनले भने “विगतमा बुर्जुवा शिक्षा लिएका भनिएका व्यक्तिले पढाउनुभएको छ, आफू विद्यार्थी झै सुनेर बस्न परेको छ, यद्यपि, समितिको नेतृत्वलगायत सबै सदस्यले पार्टीभन्दा माथि उठेर सहमतिकै आधारमा सवै विषय टुङ्ग्याएका छौँ।” 

समिति सदस्य शेरबहादुर कुँवर केही सांसदको जोड बल र सक्रियतामा सत्तापक्षकै सांसदले विधेयकमाथि संशोधन गर्न सुरु भएको अभ्यासले लोकतन्त्रलाई बलियो तुल्याउने धारणा राखे। 

उनले भने, “विदेशमा सांसदबाट व्यक्त विचार विश्व समुदायले सुन्छ र मनन गर्छ, तर यहाँ भने सरकार नै सुन्दैन, कस्तो अचम्म ।” 

कानुन तर्जुमाको जिम्मेवारी रहेकाले संसदीय समितिलाई थप प्रभावकारी तुल्याउन विषय विज्ञ जनशक्तिको आवश्यकता टड्कारो रुपमा महसुस गरिएको समीक्षामा जानकारी दिइयो । राष्ट्रियसभा मातहत चार समिति छन् । ती विभिन्न समितिमा रहने २० सदस्य चार वर्षे कार्यकाल पूरा गरी आजदेखि बिदा लिँदैछन्। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डडेलधुरामा देउवापछि को ?

काठमाडौं । डडेलधुराबाट निरन्तर संसद्मा प्रतिनिधित्व गर्दै आएका कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले यसपालि पनि चुनाव लड्न चाहेका थिए तर टिकट पाएनन् ...

प्रहरीलाई निर्वाचन लक्षित प्रशिक्षण सुरू

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारीलाई निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम बुधबारदेखि प्रहरी प्रधान ...

प्रतिनिधिसभा निर्वाचनः महोत्तरी–४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ । उम्मेदवारसँगै राजनीतिक दलका कार्यकर्ता गाउँबस्ती पुगेर मत माग्न व्यस्त छन् । ...

बालेनलक्षित ओलीको टिप्पणी- म त जहाजै उडाउन सक्छु भन्दै यात्रुले पाइलट सिटमा बस्न मिल्दैन

दुई चरणमा चुनाव गर्ने कुरा कुनै हालतमा पनि स्विकार्य हुदैन

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, कहाँ कस्तो रहन्छ मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । तराईका केही स्...

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई न...

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हेर्‍यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको कटारी नगरपालिका—८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षदेखि यस्तै छ । दैनिकी धुलो बढार्दैमा ...

मापदण्ड संशोधन गरी बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने समय थप

काठमाडौँ । सरकारले बहुवर्षीय आयोजनासम्बन्धी ठेक्का र स्रोत सहमतिको प्रक्रिया परिमार्जन गर्दै नयाँ मापदण्ड जारी गरेको छ । ‘आयोजनाको बहुवर्षीय ठेक्का सह...

झापा–२ मा निवर्तमान सभामुखलाई उपसभामुखको चुनौती, अरु दलका कस्ता छन् प्रतिस्पर्धी ?

झापा । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं २ मा पनि चुनावी गतिविधि तीव्र बन्दै गएका छन् । निवर्तम...

दल र उम्मेदवारले २५ हजार माथिको नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE