Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

कांग्रेस चितवनको अधिवेशन शुक्रबार

खबरडबली संवाददाता

चितवन । नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन शुक्रबार हुने भएको छ । विगतमा पटक–पटक रोकिँदै आएको अधिवेशन हुने निश्चित भएको हो ।

कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नारायणगढको नारायणी कला मन्दिरमा अधिवेशन हुने जानकारी दिए । उनका अनुसार अधिवेशनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । यसैगरी तीन क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्यको चयन हुनेछ ।

जिल्ला सभापतिका लागि ६ जनाले आकाङ्क्षा राखेका छन् । प्रा डा सूर्यकान्त घिमिरे, कैलाश कोइराला, उत्तम जोशी, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ र विजय भुषालले सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन्। 

घिमिरे नेविसंघका पूर्वजिल्ला सभापति एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्ट्रार हुनुहुन्छ । खनाल र भुषाल महासमिति सदस्य हुनुहुन्छ भने कोइराला हालका उपसभापति र जोशी सचिव छन्। श्रेष्ठ बागमती प्रदेशसभा सदस्य एवं मन्त्री छन्। 

सङ्ख्या घटाउनका लागि आन्तरिक गृहकार्य भइरहेको छ । श्रेष्ठ संस्थापन पक्षमा देखिएका उम्मेदवार हुनुहुन्छ भने अन्य उम्मेदवार संस्थापन इतरका छन्। संस्थापन इतरका उम्मेदवारमध्ये एक बनाउन गृहकार्य भइरहेको छ । सभापति निर्वाचित हुनका लागि ५१ प्रतिशत मत आवश्यक पर्छ । 

पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसके दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्नुपर्ने हुन्छ । दुई हजार ९०६ मतदाता छन् । शुक्रबार मनोनयनको कार्यक्रम सम्पन्न गरी शनिबार मतदान प्रक्रिया अघि बढाइने निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चुलोचौकोदेखि क्याम्पससम्म: बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...

तनहुँको मह विश्व बजारमा, किसान उत्साहित

तनहुँ ।  जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...

नयाँ शैक्षिक सत्रका लागि ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

काठमाडौँ । नयाँ शैक्षिक सत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको हातहातमा पुर्‍याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सम्बद्ध नि...

इजरायल र इरानले एकअर्कामाथि नयाँ हमला गरिरहँदा ट्रम्पले भने- तेहरान युद्ध अन्त्य गर्न आतुर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्नेबारे "अहिले" कुराकानी चलिरहेको र अमेरिकाले कुराकानी गरिरहेका "मानिसहरू" "सम्झौता ...

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा वि...

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आव...

कुलमानले भने- वैकल्पिक बाटोबाट मन्त्री बन्ने कल्पनासमेत गर्न सकिँदैन

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्। जनताको म्यान्डेटविपरीत व...

सुहाङ र निश्कललाई ‘नेता’ बनाउन दबाब

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुट...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: