स्टकहोल्म । रुसी आक्रमणबाट यूक्रेनमा झण्डै एक लाख मानिस विस्थापित भएका संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले मङ्गलबार जनाएको छ । विस्थापितमध्ये लाखौँ मानिसहरू यूरोपतर्फ शरणार्थीका रूपमा पलायन भएका बताइएको छ ।
“छिमेकी देशहरूमा भाग्नेहरूको सङ्ख्यालाई बढी ध्यान दिइएको छ, तर यो सम्झनु महत्वपूर्ण छ कि सबैभन्दा ठूलो सङ्ख्या यूक्रेनभित्र नै विस्थापित अवस्थामा रहेका छन्,” यूक्रेनका लागि
यूएनएचसीआर प्रतिनिधि कारोलिना लिन्डहोम बिलिङले स्टकहोममा संवाददाताहरूसँग बताए ।
“यूक्रेनभित्र विस्थापित मानिसहरूको संख्याबारेमा हामीसँग अझै भरपर्दो तथ्याङ्क छैन, तर हाम्रो अनुमानमा लगभग दश लाख व्यक्ति आन्तरिकरूपमा विस्थापित छन् । आक्रमण क्षेत्रबाट भागेका मानिसहरूले ठाउँठाउँमा खुला आकाशमुनि रात बिताएका छन् भने केहीले यूक्रेनबाट बाहिरिने आशमा रेल, बस वा कारमा यात्रा गरिरहेका छन् ।”
यूएनएचसीआरले हाल युद्धग्रस्त देशको सिमानाभित्र सहायता बढाउन प्रयास गरिरहेको छ ।
विस्थापित जनतालाई बास वा खुवाउनु पर्ने आवश्यकता उल्लेख गर्दै उनले भने, “वास्तवमै यूक्रेनमा मानवीय सहयोगको आवश्यकता छ ।”
जेनेभामा युएनएचसीआरले दिएको रिपोर्टमा छ लाख ६० मानिसहरू यूक्रेनबाट छिमेकी देशहरूमा भागिसकेका छन् । उक्त तथ्याङ्क ‘तीव्र गतिमा’ बढिरहेको यूएनएचसीआरले जनाएको छ ।
प्रवक्ता शाबिया मान्टुले संवाददाताहरूसँग भन्नुभयो, “अहिले हामीसँग सम्पर्कमा आएका छ लाख ६० हजारभन्दा बढी शरणार्थीहरू छन् जो विगत छ दिनमा मात्रै युक्रेनबाट छिमेकी देशहरूमा भागेका हुन् ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: