Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

नयाँ सन्देश दिन खोजेका थियौँ, तर सकेनौँ : सञ्चारमन्त्री कार्की

एमालेको जवाफ : गठबन्धनको एउटै राय लिएर आउनुस्

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित नेपाली कांग्रेसका नेता र एमालेका नेताबीच भएको भेटवार्ता बिनानिष्कर्ष टुङ्गिएको छ ।

एमालेले संसद्मा जारी राखेको अवरोध हटाउने र संसद्मा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० सबैको सहमतिमा पारित गर्नेबारे नेताहरूबीच भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि टोली बालकोटबाट बाहिरिएको हो । 

दुई पक्षबीच वार्ता सहमति हुने अवस्था सिर्जना भएको भए बालकोटमै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुने कार्यक्रम तय भएकामा दुई पक्षका नेताहरूबीचको वार्ता नै निष्कर्षमा नपुगेपछि उनीहरूबीच आज भेटवार्ता नहुने भएको बताइएको छ ।

बालकोटस्थित ओली निवासबाट बाहिरिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले आजको छलफलबाट नयाँ सन्देश दिन खोजे पनि नसकेको सञ्चारकर्मीलाई प्रतिक्रिया दिए । “आजको छलफलबाट तपाईँहरूलाई नयाँ सन्देश दिन खोजेका थियौँ तर सकेनौँ, यद्यपि हाम्रो छलफल भने जारी रहन्छ”, उनले भने, “गठबन्धन अहिले पनि जारी नै रहेको छ, आशा गरौँ संसद् सञ्चालन भएर सहमतिबाटै एमसिसी अगाडि बढ्छ ।”

छलफलपछि एमाले महासचिव शङ्कर पोखरलेलले गठबन्धनको राय अझै स्पष्ट नआउँदा एमालेले आफ्नो निर्णय दिन नसकेको बताए। 

उनले भने, “आजको छलफलमा पनि हामीले गठबन्धनको एउटै राय लिएर आउनुस् भनेका छौँ, उहाँहरूले गठबन्धनकै एउटै राय बनाउन सक्नु भएको छैन, उहाँहरूले गठबन्धनमा पनि छलफल जारी राख्ने, एमालेसँग पनि छलफल जारी राख्ने तर  गठबन्धनको राय क्लियर नगर्ने अनि गठबन्धनको राय क्लियर नभएसम्म एमालेले निर्णय कसरी गर्ने ?”

आजको छलफलमा काँग्रेसको तर्फबाट सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा तथा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमालबीच वार्ता भएको थियो । 

बोलकोटमा शुक्रबार पनि राति अबेरसम्म प्रधानमन्त्री देउवासहित काँग्रेसका नेता र एमालेको तर्फबाट अध्यक्ष ओलीसहित एमालेका नेताबीच छलफल छलफल भएको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डडेलधुरामा देउवापछि को ?

काठमाडौं । डडेलधुराबाट निरन्तर संसद्मा प्रतिनिधित्व गर्दै आएका कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले यसपालि पनि चुनाव लड्न चाहेका थिए तर टिकट पाएनन् ...

प्रहरीलाई निर्वाचन लक्षित प्रशिक्षण सुरू

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारीलाई निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम बुधबारदेखि प्रहरी प्रधान ...

प्रतिनिधिसभा निर्वाचनः महोत्तरी–४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ । उम्मेदवारसँगै राजनीतिक दलका कार्यकर्ता गाउँबस्ती पुगेर मत माग्न व्यस्त छन् । ...

बालेनलक्षित ओलीको टिप्पणी- म त जहाजै उडाउन सक्छु भन्दै यात्रुले पाइलट सिटमा बस्न मिल्दैन

दुई चरणमा चुनाव गर्ने कुरा कुनै हालतमा पनि स्विकार्य हुदैन

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, कहाँ कस्तो रहन्छ मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । तराईका केही स्...

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई न...

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हेर्‍यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको कटारी नगरपालिका—८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षदेखि यस्तै छ । दैनिकी धुलो बढार्दैमा ...

मापदण्ड संशोधन गरी बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने समय थप

काठमाडौँ । सरकारले बहुवर्षीय आयोजनासम्बन्धी ठेक्का र स्रोत सहमतिको प्रक्रिया परिमार्जन गर्दै नयाँ मापदण्ड जारी गरेको छ । ‘आयोजनाको बहुवर्षीय ठेक्का सह...

झापा–२ मा निवर्तमान सभामुखलाई उपसभामुखको चुनौती, अरु दलका कस्ता छन् प्रतिस्पर्धी ?

झापा । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं २ मा पनि चुनावी गतिविधि तीव्र बन्दै गएका छन् । निवर्तम...

दल र उम्मेदवारले २५ हजार माथिको नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE