Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

पर्यटकीय क्षेत्रको विकासबाट नै मुलुक समृद्ध हुन्छ: मन्त्री आले

खबरडबली संवाददाता

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको दिगो विकासका लागि यहाँका धार्मिक, संस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी रहेको बताएका छन्। 

अत्तरिया उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव–२०७८’को आज यहाँ उद्घाटन गर्दै उनले धार्मिक, सांस्कृतिक  तथा पर्यटकीय दृष्टिकोणले प्रचूर सम्भावना बोकेको सुदूरपश्चिमको आर्थिक रुपान्तरणका यी क्षेत्रको विकास तथा विस्तारमा सम्बन्धित सबै पक्षको सहयोग, सहकार्य र समन्वय जरुरी रहेको बताए । उनले भने, “मुलुकको विकास र समृद्धिका लागि पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी छ, यसका लागि सम्बन्धित सबै पक्षको सहयोग, समन्वय र सहकार्य आवश्यक छ ।” 

मन्त्री आलेले सुदूरपश्चिमका मुख्य पर्यटकीय तथा धार्मिकस्थल खप्तड, बडिमालिका, रमारोसन, सैपाल, शैलेश्वरी, उग्रतारा, मालिकार्जुन, निङ्लासैनीलगायतका क्षेत्रमा हजारौँ पर्यटक भित्र्याउनका लागि त्यस क्षेत्रमा विकास निर्माण सम्बन्धी कार्य भइरहेको उल्लेख गर्दै सुदूरपश्चिमस्थित पर्यटकीय सम्भावना बोकेका यी क्षेत्रको विकास गरेर यसलाई देश विदेशमा चिनाउने कार्यमा सरकारले सहयोग गर्ने बताए। 

उनले कैलालीको खुटिया, बिपीनगर, गड्सेरा, दिपायल, सायल, बझाङ हुँदै उरै ताक्लाकोट भञ्ज्याङ जोड्ने दु्रतमार्गका लागि सङ्घीय सरकारबाट बजेट विनियोजन गरिएकाले चाँडै नै ती मार्ग निर्माण भएर यहाँको पर्यटकीय तथा धार्मिकस्थलमा सयौँ पर्यटक पुग्ने विश्वास व्यक्त गरे। मन्त्री आलेले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण विगत दुई वर्षदेखि थला परेको पर्यटकीय क्षेत्रलाई उकास्नका लागि सरकार लागि परेको बताउँदै सुदूरपश्चिममा पर्यटक भित्र्याउनका लागि यहाँ रहेका विमानस्थलको स्तरोन्नति गर्न सरकारले आवश्यक बजेट विनियोजन गरेको जानकारी दिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्कली जग्गाधनी खडा अभियोग: मालपोत अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा सरकारी कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अ...

तरुण दल अध्यक्ष विद्वान गुरुङले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्द...

कांग्रेसद्वारा रामेछाप जिल्ला सभापति कान्छाराम निलम्बित, पूर्णबहादुर खड्काको फाइल तामेलीमा

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट निलम्बन गरेको छ ।  ललितपुरको बीपी...

राष्ट्रपतिसमक्ष सिफारिस भएका अध्यादेश तत्काल फिर्ता लिन नेपाल बारको आग्रह

काठमाडौं । नेपाल बार एशोसिएसनले राष्ट्रपतिसमक्ष सिफारिस गरिएका अध्यादेशहरू तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। बुधबार महासचिव केदारप्रसाद कोइरा...

सुधन गुरुङमाथि कस्तो छानबिन हुन्छ भन्ने कुरा हामी जानकारी गराउँछौं: रवी लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रक्रिया चाँडै सुरु हुने जानकारी ...

सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ। उक्त आयोग गैरकानुनी भएको दाबी गर्दै यसको...

सरकारको ‘हेपाहा प्रवृत्ति’ले संसद र लोकतन्त्र कमजोर बनाइरहेको छ: गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएका छन्। बुधबार सर्लाहीमा...

सभापति रवि लामिछानेले दिए सांसदहरूलाई १२ बुँदे निर्देशन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले पार्टीका सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका छन्। सिंहदरबारस्थित ...

अस्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु : ११ जना घाइते

अस्ट्रेलिया। दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका ...

नीति कार्यक्रम र बजेट पनि अध्यादेशबाटै ल्याए आन्दोलनमा जान बाध्य हुने एमालेको चेतावनी

काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैलीलाई अलोकतान्त्रिक र असंसदीय ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending