Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

भारतमा रेल दुर्घटना, २८ को मृत्यु

\"Taranकाठमाडौं/एजेन्सी । मध्ये प्रदेशको हरदा जिल्ला नजिकै कामयानी एक्सप्रेस र जनता एक्सप्रेसका डिब्बा रेलको लिकबाट ओर्लिदा कम्तिमा २८ जनाले ज्यान गुमाउनुका साथै एक सय जना घाइते भएका छन् । भोपाल डिभीजनका जनसम्पर्क अधिकारी आइएस सिद्दीकीले भारतीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार भारी बर्षाका कारण रेलका डिब्बा लिकबाट ओर्लिदा सो दुर्घटना भएको हो । दुर्घटना स्थलबाट करिब दुई सय जनालाई सकुशल उद्धार गरिएको उलने जानकारी दिए । भारतको धार्मिक स्थल वाराणसी तथा आर्थिक राजधानी मुम्बईबाट दुबै ट्रेन आफ्नो गन्तब्य तर्फ जाँदै थिए । राती ११ बजेर ४५ मिनेटमा भएको सो दुर्घटनाको मुख्य कारण भारी बर्षाका कारण रेलको लिकबाट पानी बग्नु रहेको विश्वास गरिएको छ । तर घटनाको सत्यतथ्य पत्ता लगाउन जाचबुझ आयोगको गठन गरिएको रेल मन्त्री सुरेश प्रभुले सञ्चारमाध्यमलाई जनाएका छन । साथै रेल मन्त्री प्रभुले दुर्घटनामा परि ज्यान गुमाउँने र घाइते हुने परिवारलाई क्रमशः दुई लाख र ५० हजार रकम दिने घोषणा गरेका छन् । उद्धारकार्यका लागि ५० जनाको टोली त्यस तर्फ खटाइए पनि बर्षाका कारण दुर्घटना स्थलमा उद्धारकार्यमा कठिनाई भएको रेलवे अधिकारीहरुले जानकारी दिएका छन् । दुर्घटनाका कारण वाराणसी तथा मुम्बईका लागि सो रुट भएर गुड्ने ट्रेन ८ देखि १० घण्टा ढिला गरिएको छ । यसै क्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जी तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाएका परिवार प्रति दुःख ब्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्इ लाभको कामना गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies