काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगका्े वार्ता सकारात्मक भएको छ। बिहिबार दुई चरणमा भएको प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शिर्ष नेताहरुबीचको वार्ता सकारात्मक भएको हो।
अमेरिकी सहयोग परियोजना एमसिसी पास गराउनकै लागि प्रधानमन्त्री देउवा पाँच दलीय सत्ता गठबन्धन नै टुटाउन तयार भएका हुन्। कांग्रेस एमाले वार्ता सकारात्मक भएपनि ठोस सहमति भने बनिसकेको छैन।
तर, बैठकले देशको गिजोलिएको राजनीतिलाई निकास दिन काँग्रेस र एमाले फेरि एकै ठाउँमा उभिनुपर्ने बेला आएको दुवै पार्टीका नेताहरूले निष्कर्ष निकालेको छ।
दुई पार्टी मिल्दा संविधान जारी भएको इतिहासलाई स्मरण गर्दै मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्ने विषयमा देखिएको अन्योल हटाउन सैद्धान्तीक सहमति बनिसकेको छ।
बिहीबार साँझ बसेको बैठकमा नेपाली काँग्रेसको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए भने नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ रहेका थिए ।
बालुवाटारमा दुई पक्षीय छलफलका साथै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच करिब २० मिनेट वान टु वान वार्ता पनि भएको थियो ।
राष्ट्रिय महत्त्वका विषयमा कांग्रेस र एमाले एकै ठाउँमा उभिनुपर्ने देउवाको भनाइ थियो। दुई पार्टी नमिल्दा अरुले आफूहरूलाई प्रयोग गरेको भन्दै अब मिल्दा पनि कांग्रेस–एमाले मिल्नुपर्ने र लड्दा पनि कांग्रेस–एमाले नै लड्नुपर्ने कुरा देउवाले राखेका थिए।
बैठकमा सहभागि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले दुवै पक्षले आआफ्ना धारणा राखेको र छलफल जारी राख्ने सहमित भएको बताए।
दुवै पक्ष तयार रहेपनि सहकार्यका ‘स्टेपहरु’ तय हुन बाँकी रहेको कांग्रेस महामन्त्री गगन थापाले बताए।
कांग्रेस र एमालेबीच आजै नयाँ समिकरण बन्नसक्ने सम्भावना देखिएको छ। आज प्रतिनिधिसभामा एमसिसीमाथि छलफल हुदैछ। वार्ता सकारात्मक भएपछि दुवै तर्फका नेता आन्तरिक छलफलमा व्यस्त छन्।
त्यसो त पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसिसी किचलोका कारण सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका छन्।
प्रधानमन्त्रीको जोडबलमा संसद्मा एमसिसी टेबुल भएको छ। प्रधानमन्त्री देउवा र उनको दल नेपाली कांग्रेस संसद्मा छलफल गरी एमसिसी पारित गराउने पक्षमा उभिएका छन्।
तर, सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एसले सदनमा एमसिसी निर्णयार्थ प्रस्तुत भए विपक्षमा मत दिने निर्णय गरेका छन्। सरकारमै बसेर सरकारकै प्रस्तावको विपक्षमा उभिनु नैतिक मूल्य र मान्यताविपरीत हुने भएकाले ती दुई दल भावी दिनमा गठबन्धन कायम रहनेगरी सरकारबाट बाहिर निस्कने निष्कर्षमा पुगेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - ०७:५२
काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएपछि व्यापक रूपमा खोजी गरिएका राष्...
चैत्र ९ गते, २०८२ - ०७:४३
काठमाडौं । राष्ट्रिय सभा सदस्यमा सिफारिस गृहमन्त्री ओमप्रकाश अर्यालको नाम राष्ट्रपति रामचन्द्र पौडेलले एक सातादेखि ‘होल्ड’ मा राखेका छन् । प्रधानमन्त्...
चैत्र ९ गते, २०८२ - ०७:३९
काठमाडौं । जिम्मेवारीबाट बिदा हुन एक साता पनि बाँकी नरहँदा चुनावी सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सात अर्बभन्दा बढी करछलीसम्बन्धी मुद्दा नचला...
चैत्र ९ गते, २०८२ - ०७:३३
काठमाडौँ । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउट...
चैत्र ९ गते, २०८२ - ०७:२९
काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएक...
चैत्र ९ गते, २०८२ - ०७:२५
कैलाली । विसं २०७७ सालमा 'वैज्ञानिक वन व्यवस्थापन' कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक र साझेदारी वनहरू नीतिगत अन्योलको भुमरीमा...
चैत्र ९ गते, २०८२ - ०७:१७
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएक...
चैत्र ९ गते, २०८२ - ०७:१४
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको ऊर्जा प्लान्टलाई निशाना बनाएमा रणनीतिक महत्वको ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रूपमा बन्द गर्ने इरानको...
चैत्र ९ गते, २०८२ - ०७:१२
झापा । दमक नगरपालिकामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएपछि कुखुराको मासु, अण्डा तथा सम्बन्धित सामग्रीको ओसारपसारमा प्रतिबन्ध लगाइएको ...
चैत्र ९ गते, २०८२ - ०७:०९
म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–३ दानामा एक महिनाअघि रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा भएको छ । गत फागुन ७ गते दानाका ...


प्रतिकृया लेख्नुहोस्: