Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलन सुरु

खबरडबली संवाददाता

काठमाडौं । बहुप्रकोपीय विपद्का हिसाबले उच्च जोखिममा रहेको नेपालमा ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन’का विषयमा आजदेखि राष्ट्रिय सम्मेलन सुरु भएको छ।

काठमाडौंमा जारी दुई दिने सम्मेलनमा विपद् जोखिमको अवस्था, जोखिम न्यूनीकरण, पूर्वतयारी, राहत तथा उद्धारसम्बन्धी भइरहेका योजना तथा कार्यक्रम, नीतिगत व्यवस्था र आगामी दिनमा अपनाउनुपर्ने कार्ययोजनाका विषयमा छलफल भइरहेको विपद्को क्षेत्रमा काम गर्दै आइरहेको संस्था डिपीनेट नेपालका अध्यक्ष डा राजु थापाले जानकारी दिए।

सम्मेलनमा सरोकारवाला निकायबीच भइरहेका कामकारबाही र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा समेत अनुभव आदान–प्रदान भइरहेको छ। डिपीनेट नेपालको समन्वय तथा गृह, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास, वन मन्त्रालयलगायतका विभिन्न सङ्घसंस्थाको सहकार्यमा सम्मेलन भएको हो।

सम्मेलन उद्घाटन समारोहमा गृहसचिव टेकनारायण पाण्डेले तीनै तहको सरकारको साझेदारीमा विपद्का अवधारणालाई अगाडि बढाउने प्रयास सुरु भएको जानकारी गराउँदै मुलुकमा देखिएका बहुप्रकोपीय विपद्को सामना गर्न सबैको सहकार्य आवश्यक भएको औँल्याए। उनले अहिले भइरहेको पूर्वसूचना प्रणालीलाई प्रभावमा आधारित बनाएर वास्तविक तथ्याङ्क र प्रभावबारे जानकारी दिनुपर्नेमा जोड दिए। 

सम्मेलनको पहिलो दिन आज विपद् सुशासन र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको स्थानीयकरणसम्बन्धी छलफल भएको थियो। शुक्रबारको प्राविधिक सत्रमा विपद् जोखिम व्यवस्थापन र बुझाइसम्बन्धी छलफल हुनेछ। 

नेपाल विश्वव्यापीरूपमा प्रकोपका हिसाबले एघारौँ स्थानमा छ। भूकम्प र बाढीको जोखिमको हिसाबले क्रमशः तीसौँ स्थानमा छ। नेपालले महाभूकम्पदेखि विश्वव्यापीरूपमा उल्लेखनीय प्रकोपका घटना देखेको छ। त्यसैले पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई प्रभावमा आधारित बनाएर चुस्त योजना कार्यान्वयन गर्नु जरुरी रहेको सहभागीहरूले औँल्याएका छन्।

सम्मेलनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा नीति, प्रावधान र अभ्यासबारे ज्ञान बढाउन, विभिन्न तहका सरोकारवालाबीच समन्वय बढाउन तथा समन्वयात्मकरूपमा कार्यनीति बनाई लागू गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending