Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

नेपालमा एमसिसीबारे अमेरिकालाई चीनको कटाक्ष : उपहार पनि अल्टिमेटममा !

अमेरिकाले नेपाललाई दिएको थियो एमसिसी अनुमोदन नगरे नीतिमा पुनर्विचार गर्ने चेतावनी

खबरडबली संवाददाता

अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनल्ड लूले गत बिहीबार देउवा, प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई फोन गरेर सम्झौता अनुमोदन नगरे नीतिमा पुनर्विचार गर्ने चेतावनी दिएका थिए।

काठमाडौं । नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसीले माहोल तालिएको बेलामा विश्वका दुई ठुला देश अमेरिका र चीनबीच आरोप प्रत्यारोप भएको छ। 

अमेरिकाले एमसिसी नेपाललाई स्वीकार गर्न फागुन १६ को अल्टिमेटम दिएपछि चीनले त्यसबारे चासो राखेको हो। 

चीनिया विदेश मन्त्रालयले एक सातामा दोस्रो पटक एमसीसीबारे कडा टिप्पणी गरेको छ । चीनिया विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाललाई एमसीसी अमेरिकाको उपहार पनि अल्टिमेटममा दिएको भन्दै टिप्पणी गरेकी छन्। 

चाइना न्युज सर्भिसको प्रश्नको जवाफ दिने क्रममा विदेश मन्त्रालयकी प्रवक्ताले भनेकी छन्उ अमेरिकाले उपहार कहिलेदेखि अल्टिमेटमसहित दिन थाल्यो ? मलाई डर लागेको छ, नेपाली भनाई जस्तै यो देख्दा राम्रो छ । तर तिमीले यो मासु समाउन निकै कठिन हुन्छ।

चीनले एमसिसी सम्झौता नेपालका लागि उपहार हो वा प्यान्डोराज बक्स भनेर प्रश्न गरेको छ।

एमसिसी संसद्बाट अनुमोदन नभएमा नेपाल र अमेरिकाबीचको दुईपक्षीय सम्बन्धमा असर गर्ने भन्ने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाइलाई आफूले नोटिस गरेको बताइन्।

यसअघि गत शुक्रबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा नेपालको आर्थिक विकास र नेपाली जनताको जीवनस्तरमा योगदान पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायले गर्ने विकास सहयोगको चीनले स्वागत गर्ने तर यस किसिमका सहयोगले नेपाली जनताको चाहनालाई पूर्ण सम्मान गर्नुपर्ने बताएका थिए।

उनले भनेका थिए, ‘त्यस्ता सहयोगमा राजनीतिक स्वार्थ जोडिनुहुँदैन। नेपालको सम्प्रभूता र हितमा असर पुर्‍याउने गरी धम्कीपूर्ण कूटनीतिका माध्यमबाट आफ्नो स्वार्थ अघि बढाउने कुराको हामी विरोध गर्छौं।’ 

त्यसो त अमेरिकाले नेपालमा एमसिसी लागू गरेर चीन घेर्ने रणनीति बनाएको आरोप लागाउँदै आइरहेको छ। 

प्रतिनिधिसभामा यही फागुन ८ गते एमसिसी प्रस्तुत भएपछि सत्तारूढ दल र प्रतिपक्षी दलहरुबीच त्यसलाई पारित गराउन घनिभूत छलफल भइरहेको छ। एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्नुपर्ने समय निर्धारित छ। 

सरकारले सो अवधिभित्र अनुमोदनका लागि सबै राजनीतिक दलको सहमति जुटाउने प्रयास जारी राखेको छ। एमसिसीका बारेमा सत्ता गठबन्धनमा मतभेद भइरहेका बेला एमाले र कांग्रेसबीच निरन्तर छलफल चलिरहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न हिजो अध्यक्ष ओली प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए। ओलीसँग प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न आफूलाई साथ दिन आग्रह गरेका थिए। तर, एमालेले संसदमा आफ्ना माग पूरा नगरेसम्म संसदीय प्रक्रियामा भाग नलिने अडान राख्दै आएको छ। ओली प्रधानमन्त्री देउवा भेट्न जानुअघि अमेरिकी राजदूत र्‍यान्डी बेरीसँग बालकोटमा भेटवार्ता गरेका थिए। 

अमेरिकाको दबाब 

अमेरिकाले फागुन १६ गतेभित्र संसदबाट एमसिसी पारित गर्न दबाब दिइरहेको छ। अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनल्ड लूले गत बिहीबार देउवा, प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई फोन गरेर सम्झौता अनुमोदन नगरे नीतिमा पुनर्विचार गर्ने चेतावनी दिएका थिए। 

अनुमोदनमा ढिलाइ भएको भन्दै लूले गत मंसिर १ देखि ३ मा नेपाल भ्रमण गरेर नेता तथा अधिकारीहरूसँग संवाद गरेका थिए। त्यसअघि भदौ २४ देखि २८ मा एमसिसी उपाध्यक्ष फातिमा सुमार काठमाडौं आएर एमसिसी अगाडि बढाउन दबाब दिएकी थिइन्। 

अमेरिकाको दबाबबीच देउवा र प्रचण्डले असोज दोस्रो साता एमसिसी मुख्यालयलाई पत्र लेखी सम्झौता अनुमोदन गर्ने प्रतिबद्धतासहितको समय मागेका थिए। अहिले अमेरिकाले त्यही समयभित्र एमसिसी पास गर्न चेतावनी दिइरहेको छ। 

एमसिसीसँग सम्झौता कांग्रेस नेतृत्वको तत्कालीन सरकारको पालामा भएको थियो। तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २०७४ भदौ २९ गते एमसिसी सम्झौतामा हस्ताक्षर गरेका थिए।

२ वर्षपछि संसदबाट अनुमोदन प्रक्रिया अघि बढेपछि साविक नेकपामा विवाद देखिएको थियो। २०७६ असार ३० गते अर्थ मन्त्रालयले सम्झौता अनुमोदनका लागि संसदमा दर्ता गरेको थियो। 

अमेरिकाले एमसिसी सम्झौता अनुमोदनका लागि सरकारलाई सन् २०१८ अक्टोबरमा पत्र पठाएको थियो। तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले २०७५ माघ २५ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार सम्झौता अनुमोदनको प्रस्ताव प्रतिनिधिसभा सचिवालयमा दर्ता गराएका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending