Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

नेपालमा एमसिसीबारे अमेरिकालाई चीनको कटाक्ष : उपहार पनि अल्टिमेटममा !

अमेरिकाले नेपाललाई दिएको थियो एमसिसी अनुमोदन नगरे नीतिमा पुनर्विचार गर्ने चेतावनी

खबरडबली संवाददाता

अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनल्ड लूले गत बिहीबार देउवा, प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई फोन गरेर सम्झौता अनुमोदन नगरे नीतिमा पुनर्विचार गर्ने चेतावनी दिएका थिए।

काठमाडौं । नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसीले माहोल तालिएको बेलामा विश्वका दुई ठुला देश अमेरिका र चीनबीच आरोप प्रत्यारोप भएको छ। 

अमेरिकाले एमसिसी नेपाललाई स्वीकार गर्न फागुन १६ को अल्टिमेटम दिएपछि चीनले त्यसबारे चासो राखेको हो। 

चीनिया विदेश मन्त्रालयले एक सातामा दोस्रो पटक एमसीसीबारे कडा टिप्पणी गरेको छ । चीनिया विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाललाई एमसीसी अमेरिकाको उपहार पनि अल्टिमेटममा दिएको भन्दै टिप्पणी गरेकी छन्। 

चाइना न्युज सर्भिसको प्रश्नको जवाफ दिने क्रममा विदेश मन्त्रालयकी प्रवक्ताले भनेकी छन्उ अमेरिकाले उपहार कहिलेदेखि अल्टिमेटमसहित दिन थाल्यो ? मलाई डर लागेको छ, नेपाली भनाई जस्तै यो देख्दा राम्रो छ । तर तिमीले यो मासु समाउन निकै कठिन हुन्छ।

चीनले एमसिसी सम्झौता नेपालका लागि उपहार हो वा प्यान्डोराज बक्स भनेर प्रश्न गरेको छ।

एमसिसी संसद्बाट अनुमोदन नभएमा नेपाल र अमेरिकाबीचको दुईपक्षीय सम्बन्धमा असर गर्ने भन्ने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाइलाई आफूले नोटिस गरेको बताइन्।

यसअघि गत शुक्रबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा नेपालको आर्थिक विकास र नेपाली जनताको जीवनस्तरमा योगदान पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायले गर्ने विकास सहयोगको चीनले स्वागत गर्ने तर यस किसिमका सहयोगले नेपाली जनताको चाहनालाई पूर्ण सम्मान गर्नुपर्ने बताएका थिए।

उनले भनेका थिए, ‘त्यस्ता सहयोगमा राजनीतिक स्वार्थ जोडिनुहुँदैन। नेपालको सम्प्रभूता र हितमा असर पुर्‍याउने गरी धम्कीपूर्ण कूटनीतिका माध्यमबाट आफ्नो स्वार्थ अघि बढाउने कुराको हामी विरोध गर्छौं।’ 

त्यसो त अमेरिकाले नेपालमा एमसिसी लागू गरेर चीन घेर्ने रणनीति बनाएको आरोप लागाउँदै आइरहेको छ। 

प्रतिनिधिसभामा यही फागुन ८ गते एमसिसी प्रस्तुत भएपछि सत्तारूढ दल र प्रतिपक्षी दलहरुबीच त्यसलाई पारित गराउन घनिभूत छलफल भइरहेको छ। एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्नुपर्ने समय निर्धारित छ। 

सरकारले सो अवधिभित्र अनुमोदनका लागि सबै राजनीतिक दलको सहमति जुटाउने प्रयास जारी राखेको छ। एमसिसीका बारेमा सत्ता गठबन्धनमा मतभेद भइरहेका बेला एमाले र कांग्रेसबीच निरन्तर छलफल चलिरहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न हिजो अध्यक्ष ओली प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए। ओलीसँग प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न आफूलाई साथ दिन आग्रह गरेका थिए। तर, एमालेले संसदमा आफ्ना माग पूरा नगरेसम्म संसदीय प्रक्रियामा भाग नलिने अडान राख्दै आएको छ। ओली प्रधानमन्त्री देउवा भेट्न जानुअघि अमेरिकी राजदूत र्‍यान्डी बेरीसँग बालकोटमा भेटवार्ता गरेका थिए। 

अमेरिकाको दबाब 

अमेरिकाले फागुन १६ गतेभित्र संसदबाट एमसिसी पारित गर्न दबाब दिइरहेको छ। अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनल्ड लूले गत बिहीबार देउवा, प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई फोन गरेर सम्झौता अनुमोदन नगरे नीतिमा पुनर्विचार गर्ने चेतावनी दिएका थिए। 

अनुमोदनमा ढिलाइ भएको भन्दै लूले गत मंसिर १ देखि ३ मा नेपाल भ्रमण गरेर नेता तथा अधिकारीहरूसँग संवाद गरेका थिए। त्यसअघि भदौ २४ देखि २८ मा एमसिसी उपाध्यक्ष फातिमा सुमार काठमाडौं आएर एमसिसी अगाडि बढाउन दबाब दिएकी थिइन्। 

अमेरिकाको दबाबबीच देउवा र प्रचण्डले असोज दोस्रो साता एमसिसी मुख्यालयलाई पत्र लेखी सम्झौता अनुमोदन गर्ने प्रतिबद्धतासहितको समय मागेका थिए। अहिले अमेरिकाले त्यही समयभित्र एमसिसी पास गर्न चेतावनी दिइरहेको छ। 

एमसिसीसँग सम्झौता कांग्रेस नेतृत्वको तत्कालीन सरकारको पालामा भएको थियो। तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २०७४ भदौ २९ गते एमसिसी सम्झौतामा हस्ताक्षर गरेका थिए।

२ वर्षपछि संसदबाट अनुमोदन प्रक्रिया अघि बढेपछि साविक नेकपामा विवाद देखिएको थियो। २०७६ असार ३० गते अर्थ मन्त्रालयले सम्झौता अनुमोदनका लागि संसदमा दर्ता गरेको थियो। 

अमेरिकाले एमसिसी सम्झौता अनुमोदनका लागि सरकारलाई सन् २०१८ अक्टोबरमा पत्र पठाएको थियो। तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले २०७५ माघ २५ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार सम्झौता अनुमोदनको प्रस्ताव प्रतिनिधिसभा सचिवालयमा दर्ता गराएका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसईई नेपाली विषयको प्रश्नपत्र बाहिरियो, फोटोकपी मेसिन राखेर चिट बनाउन गिरोह नै सक्रिय

सिराहा । परीक्षा सुरु भएको १० मिनेट पछि नै एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न प...

आयरल्याण्ड उल्भ्सविरुद्ध भिड्दै नेपाल ‘ए’

काठमाडौं । घरेलु मैदानमा ट्वान्टी-२० शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो खेल खेल्दैछ ।  यसअघि शृंखला बिहीबार शुरु हुने तालिका थ...

नवनियुक्त मन्त्री बज्राचार्यलाई हानेपाले कारबाही गर्ने

काठमाडौं । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशको नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने भएको छ । पार्टीको निर्णयविपरित स...

धादिङकी डाक्टर प्रतिभा धौभडेल घर बिदामा थिइन्, काठमाडौंमा मृत भेटिइन्

काठमाडौं । जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल काठमाडौँको छाउनीस्थित आफ्नै घरमा मृत फेला परेकी छिन्। ३४ वर्षीय डाक्टर धौभडेल आफ्नै...

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ । ...

कुलो खन्न गएकी महिलाको जलेर मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्...

आइतबारदेखि मात्रै मौसममा सुधार आउने

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जना...

देशैभर आज पनि मौसम नखुल्ने, शनिबारसम्म वर्षाको प्रक्षेपण

काठमाडौं । देशैभर अझै दुईरतीन दिन मौसम सफा हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी नेपालका धेरैजसो भागमा पानी परे पनि पश्चि...

नेपालले किन चाह्यो चीनसँग पनि भारतसँग जस्तै मन्त्रीस्तरीय संयन्त्र ?

काठमाडौं । नेपालले द्विपक्षीय संवादका लागि भारतसँगको जस्तै विदेशमन्त्रीस्तरीय संयन्त्र निर्माण गर्न बेइजिङसँग प्रस्ताव गरेको छ। हाल चीनको भ्रमणमा र...

अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा

म्याग्दी । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । साथै उनीहरूले सागसब्जी पनि उमा...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies