काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गर्ने योजना अनुमोदन गरेको बताएका छन्।
वार्ताका लागि आफूले गरेको पहल बारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जवाफ नदिएको उनले बताए।
राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले झन्डै २ लाख सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको बताएका छन्।
अबेर रात गरिएको टेलिभिजन सम्बोधनका क्रममा युक्रेनी राष्ट्रपतिले उनीहरूकै भाषामा रुसका जनतालाई समेत सम्बोधन गरेका थिए।
उनले भने 'हामीलाई सुन्नुहोस्। युक्रेनका मानिसहरू शान्ति चाहन्छन्। युक्रेनका निकायहरू शान्ति चाहन्छन्।'
लुह्यान्सक र डोनेट्स्कका रुस समर्थक पृथक्तावादीहरूले युक्रेनी सेनाको आक्रामक व्यवहारसँग जुझ्नका लागि सैन्य सहायता मागेको क्रेमलिनले जनाएको छ।
उक्त विवरणबारे छलफल गर्नका लागि राष्ट्रसंघिय सुरक्षा परिषद्को तत्काल बैठक बोलाउन युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले माग गरेको बताएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको भोलिपल्ट युक्रेनले सङ्कटकालको घोषणा गरेको छ।
युक्रेनले आफ्ना नागरिकहरूलाई रुस छाड्न आह्वान पनि गरेको छ। रुसी राष्ट्रपति पुटिनले भने टेलिभिजन सम्बोधनमा रुस र रुसी जनताको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन्।
बुधवार पुटिनले रुसबाहिर सैन्य बल प्रयोग गर्न सांसदहरूसँग अनुमति मागेको जानकारी आएको थियो।
राष्ट्रपति पुटिनको आफ्ना सैनिकले त्यहाँ शान्ति कायम राख्ने बताए पनि पश्चिमा विश्वले त्यसलाई बकवास बनेको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति कायम राख्ने विषयको विकृत धारणाले आफू चिन्तित बनेको बताएका छन्।
पृष्ठभूमि
रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायःद्वीपलाई आफ्नो नियन्त्रणमा लिएको र पूर्वी डोनबास क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको झन्डै आठ वर्षपछि तनाव पुनस् चर्केको हो।
मस्कोले युक्रेन सरकारलाई पूर्वी क्षेत्रमा शान्ति पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सम्झौताहरू लागु गर्न असफल भएको आरोप लगाएको छ।

त्यस क्षेत्रमा हालसम्म कम्तीमा १४ हजार मानिसको ज्यान गइसकेको छ र रुस समर्थित विद्रोहीहरूले अधिकांश क्षेत्रहरू नियन्त्रण गरेका छन्।
पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको बताएका छन्।
युक्रेनमा रुसी आक्रमणको निरन्तरको चिन्ताबीच केही साताअघि युरोपमा थप सेना पठाउने पेन्टागनले जनाएको थियो।
विश्वका सबैभन्दा ठूला आणविक हतियार भएका रुस र अमेरिका बीचको शीतयुद्धकालदेखि द्वन्द्व रहेको छ।
युक्रेन कम्युनिस्ट सोभियत सङ्घको महत्त्वपूर्ण हिस्सा रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: