काभ्रे । राजधानी काठमाडौँसहित केही जिल्लामा बर्ड–फ्लु देखिएपछि उपत्यकाको पूर्वी–नाका तथा कुखुरा उत्पादनमा मुलुककै दोस्रो काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाउन थालिएको छ । यसका लागि जिल्लाको मुख्य नाकामा पन्छीको जाँचलाई कडाइ गरिनुका साथै स्थानीय तहलेसमेत सरोकारवालासँगको छलफललाई तीव्रता दिएका छन् ।
पनौती नगरपालिकाले आफ्नो क्षेत्रभित्रका व्यावसायिकरुपमा कुखुरा, कालिज तथा पशुपन्छीजन्य पालक कृषकसहित बुधबार महामारीजन्य रोगबारे सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा नगर प्रमुख भीम न्यौपानेले बर्ड–फ्लुप्रति सावधानी अपनाउन व्यवसायीलाई आग्रह गर्दै यदी रोग देखिएमा नलुकाउन आग्रह गरेका थिए । उनले भने, “रोग देखिए आफ्नो पनि क्षति अरुको पनि क्षति, महामारी हुन नदिऊ, यसप्रति विशेष सचेत रहन आग्रह गर्दछु ।”
पशुपन्छी विशेषज्ञ डा सुदीप हुमागाईले फार्म व्यवस्थापन तथा सरसफाइमा चनाखो रही जनधनको क्षति हुन नदिन व्यवसायीलाई आग्रह गरे । साथै उनले हालको बर्ड–फ्लु सङ्क्रमण मानिसमासमेत हुनसक्ने लक्षणसहित बर्ड–फ्लु देखिएकाले उच्च सावधानी अपनाउनुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, “पन्छी पालिएको खोर सधैँ सफा राख्र्दै निसङ्क्रमण गर्नुपर्छ, त्यसो गर्नेले मास्क, बुट र पञ्जा अनिवार्य लगाउनुपर्छ ।”
नगरपालिकाका पशु चिकित्सक मणिप्रसाद सापकोटाले उनले विभिन्न ५० स्थानबाट बर्ड–फ्लु परीक्षणका लागि ‘स्याम्पल’ पठाइएको जानकारी दिए । पोल्ट्री व्यवसायी सङ्घका सल्लाहकार मधुसुदन गुरागाईले नयाँ–नयाँ रोगले व्यवसायीलाई धरासायी बनाइरहेको अवस्थामा प्रविधिमैत्री भई जैविक–सुरक्षासँगै नयाँ सुरक्षाका रणनीति अपनाउन आग्रह गरे ।
गत हप्ता बनेपा नगरपालिकाले पनि पन्छीमा लाग्ने सङ्क्रामक रोगका विषयमा स्थानीय सरोकारवाला भेला गरी छिमेकी जिल्लासँग जोडिएको आफ्ना नाकामा सुरक्षा–जाँचका विषयमा छलफल गरेको थियो । साथै नगरपालिकाले आफ्ना क्षेत्रभित्र रहेको पन्छीको जाँच गर्ने योजनाअनुसार बर्ड–फ्लु गतिविधि गरिरहेको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्लास्थित उपत्यकाको प्रवेश नाका साँगा र जिल्लाको पूर्वी नाका विपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाका मङ्गलटारमा केही हप्ताअघि पन्छीको जाँच केन्द्र स्थापना गरिसकेको छ ।
गत माघ १६ गते मोरङका दुई स्थानमा देखिएको बर्ड–फ्लु सङ्क्रमण त्यसयता चितवन र सङ्घीय राजधानी काठमाडौँमा देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - ०८:०४
सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...
चैत्र १२ गते, २०८२ - ०७:५४
काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...
चैत्र १२ गते, २०८२ - ०७:४८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...
चैत्र १२ गते, २०८२ - ०७:४१
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...
चैत्र १२ गते, २०८२ - ०७:३९
पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...
चैत्र १२ गते, २०८२ - ०७:३७
काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...
चैत्र १२ गते, २०८२ - ०७:२७
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...
चैत्र १२ गते, २०८२ - ०७:२४
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...
चैत्र १२ गते, २०८२ - ०७:१६
बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...
चैत्र १२ गते, २०८२ - ०७:१३
तनहुँ । जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...


प्रतिकृया लेख्नुहोस्: