काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको वैदेशिक व्यापार ४६ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा आठ खर्ब ७३ अर्ब ५६ करोड रहेको मुलुकको वैदेशिक व्यापार चालु आर्थिक वर्षको सोही अवधिमा १२ खर्ब ७९ अर्ब १२ करोड पुगेको छ ।
वैदेशिक व्यापारमा वृद्धि भएतापनि मुलुकको आयातमुखी वैदेशिक व्यापारका कारण व्यापार घाटा चुलिँदो छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको व्यापार घाटा ३८ दशमलव ४५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनामा सात खर्ब ३३ अर्ब रहेको व्यापार घाटा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १० खर्ब १५ अर्ब पुगेको छ ।
भन्सार विभागका अनुसार गत आवका पहिलो सात महिनाको तुलनामा आयात ४२ दशमलव ७८ प्रतिशतले बढेको छ । गत आवको पहिलो सात महिनामा आठ खर्ब तीन अर्ब मूल्य बराबरको आयात भएकामा चालु आवको सोही अवधिमा ११ खर्ब ४७ अर्ब पुगेको छ ।
त्यस्तै आव २०७७र७८ को पहिलो सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा निर्यात ८८ दशमलव ३० प्रतिशतले बढेको छ । गत आवको माघ मसान्तसम्म ६९ अर्ब ९१ करोड बराबरको निर्यात भएकामा चालु आवको सोही अवधिमा एक खर्ब ३१ अर्ब बराबरको निर्यात भएको छ ।
गत आवको पहिलो सात महिनासम्म कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ प्रतिशत रहेकामा चालु आवमा सोही अवधिमा दुई दशमलव ४९ प्रतिशतले घटेर ८९ दशमलव ७१ प्रतिशतमा आएको छ । त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २८ दशमलव ६० प्रतिशतले बढेको छ । गत आवको माघ मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा आठ प्रतिशत रहेकामा चालु आवको सोही अवधिमा १० दशमलव २९ प्रतिशत पुगेको छ ।
चालु आवको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये डिजेलको आयात अत्यधिक रहेको छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा ७२ अर्ब ९६ करोड बराबरको डिजेल भित्रिएको छ । त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रोमा छ ।
चालु आवको पहिलो सात महिनामा ३९ अर्ब ६६ करोड मूल्य बराबरको करिब एक अर्ब दुई करोड लिटरभन्दा बढी भटमासको तेल आयात भएको देखिन्छ । त्यस्तै एलपी ग्यास ३४ अर्ब ६९ करोड तथा पेट्रोल ३३ अर्ब ५६ करोडको आयात भएको विभागले जनाएको छ ।
त्यस्तै नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार ३६ अर्ब ६८ करोड मूल्य बराबरको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलको योगदान उच्च देखिन्छ ।
सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो । भटमासको तेलजस्तै पाम तेल पनि कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेको छ । सार्वजनिक विवरणानुसार चालु आवको पहिलो सात महिनासम्म ३४ अर्ब १५ करोड मूल्य बराबरको पाम तेल निर्यात भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: