काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि आयोगले विगतका निर्वाचनमा जस्तै मतदाता परिचयपत्र तयार गरी वितरण गर्ने भएको छ।
विगतका निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरेका मतदाताले परिचयपत्र विभिन्न कारणले नष्ट भएको, हराएकाले पुनः बनाउनुपर्ने भनी आफ्नो वडा कार्यालयको सिफारिससहित निर्वाचन कार्यालयमा निवेदन दिएमा आयोगबाट त्यस्ता मतदाताको परियपत्र बनाउने व्यवस्था रहेको स्पष्ट पारेको छ।
मतदाता परिचयपत्र सिफारिसका लागि कतिपय स्थानीय तहबाट दस्तुरसमेत लिएको भन्ने जानकारी पाएपछि आयोगले वडा कार्यालयको सिफारिससहित प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालयमा निवेदन गर्न आएमा मतदाता परिचयपत्र उपलब्ध गराउने प्रयोजनका लागि निःशुल्करुपमा सिफारिस गर्न सबै स्थानीय तहमा परिपत्र गर्ने निणर्य भएको आयोगले जानकारी गराएको छ।
सरोकारवाला स्वयंले आफ्नो वडा कार्यालयको सिफारिससहित मतदाता नामावली रहेको सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने छन्।
वडा कार्यालयको सिफारिससहित सम्बन्धित मतदाता स्वयं उपस्थित भई निवेदन दिएमा वा वडा कार्यालयको सिफारिससहित इमेल वा फ्याक्स वा अन्य विधिमार्फत समेत प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालयमा निवेदन पठाएमा निवेदन दर्ता गरी प्रक्रिया अगाडि बढाउन पनि आयोगले निर्वाचन कार्यालयलाई निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २३ गते, २०८२ - ०९:२०
काठमाडौं । डडेलधुराबाट निरन्तर संसद्मा प्रतिनिधित्व गर्दै आएका कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले यसपालि पनि चुनाव लड्न चाहेका थिए तर टिकट पाएनन् ...
माघ २३ गते, २०८२ - ०९:१५
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारीलाई निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम बुधबारदेखि प्रहरी प्रधान ...
माघ २३ गते, २०८२ - ०९:१२
महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ । उम्मेदवारसँगै राजनीतिक दलका कार्यकर्ता गाउँबस्ती पुगेर मत माग्न व्यस्त छन् । ...
माघ २३ गते, २०८२ - ०८:१६
दुई चरणमा चुनाव गर्ने कुरा कुनै हालतमा पनि स्विकार्य हुदैन
माघ २३ गते, २०८२ - ०८:०२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । तराईका केही स्...
माघ २३ गते, २०८२ - ०७:५८
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई न...
माघ २३ गते, २०८२ - ०७:२७
उदयपुर । जता हेर्यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको कटारी नगरपालिका—८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षदेखि यस्तै छ । दैनिकी धुलो बढार्दैमा ...
माघ २३ गते, २०८२ - ०७:२२
काठमाडौँ । सरकारले बहुवर्षीय आयोजनासम्बन्धी ठेक्का र स्रोत सहमतिको प्रक्रिया परिमार्जन गर्दै नयाँ मापदण्ड जारी गरेको छ । ‘आयोजनाको बहुवर्षीय ठेक्का सह...
माघ २३ गते, २०८२ - ०७:१७
झापा । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं २ मा पनि चुनावी गतिविधि तीव्र बन्दै गएका छन् । निवर्तम...
माघ २३ गते, २०८२ - ०७:०७
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) क...



प्रतिकृया लेख्नुहोस्: