काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद्रा (खेप)को भूमिकामा नयाँपन दिँदै समग्र मुलुकको खेलकुद क्षेत्रलाई चलायमान तुल्याउने अभियानमा जुटेको छ । विगतको भूमिकामा नयाँपन दिँदै परिषद्लाई प्रभावकारी बनाएर खेल क्षेत्रको विकासमा मन्त्रालयले सहजीकरणकासाथ पहलकदमी लिन थालेको हो ।
मन्त्रालयका सचिव डा दामोदर रेग्मीले परम्परागत ढर्राबाट चल्दै आएको परिषद्लाई सकारात्मकभावसहित सक्रिय बनाई मुलुकको खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन मन्त्रालयका तर्फबाट विभिन्न कार्यक्रममार्फत सम्पूर्ण साथ, सहयोगको अनुभूति दिलाइने बताए ।
मन्त्रालयले परिषद् र विभिन्न खेलकुद सङ्घले गर्ने क्रियाकलापमा सहजीकरण गर्दै हातेमालो गर्दै अघि बढ्ने कार्ययोजना बनाइरहेको छ । खेलकुद पूर्वाधार विकासका लागि विनियोजित करिब रु ७७ करोड परिषद्बाटै खर्च हुनुपर्नेमा लामो समयदेखि सदस्यसचिवको नियुक्ति नभएका कारण रोकिएको छ । विनियोजित बजेट खर्च हुन नसक्नु भनेको समयमा पूर्वाधारका काम सम्पन्न नहुने मात्र नभई आयोजनाको लागत बढ्ने र अर्को वर्षका लागि बजेटको सुनिश्चित गर्न चुनौती खडा हुन्छ ।
खेलकुल क्षेत्र र परिषद्लाई चलायमान बनाउन मुख्य मियोका रूपमा रहने सदस्यसचिवको रिक्ततालाई अब छिटो सम्बोधन गर्न मन्त्रालयबाट प्रयास भइरहेको छ । यसबीचमा मन्त्रालयले सहसचिव पठाएर सदस्यसचिव रिक्तता पूर्तिको अभ्यास र अनुभूति दिलाउन खोज्यो तर त्यो दिगो हुन सकेन ।
मन्त्रालयबाट खटाइएका कर्मचारीबाट कानुन परिपालना राम्रो भए पनि नेतृत्व र नतिजामुखी काम गर्न नसकेको मन्त्रालय स्वयंले महसुस गरेको थियो । सदस्यसचिवको नियुक्तिले परिषद्को कामकारबाहीप्रति जवाफदेहिता प्रदान गर्दै सफलता र असफलताको जस–अपजस स्वयं हुने भएकाले पनि नियुक्तिलाई मन्त्रालयले उच्च प्राथमिकता दिने जनाएको छ ।
नेपालको खेलकुद क्षेत्रको विकासमा खेलकुद परिषद्को अहं भूमिका रहिआएको छ । मुलुकका सबै खेलकुद विधा परिषद्मातहत रहेका खेलकुद सङ्घसंस्थाबाट हुन्छ । मुलुकमा विकसित राजनीतिक परिघटनाका कारण मन्त्रालय, परिषद् र सङ्घबीच बढेको दूरी घटाउन अहिले मन्त्रालयबाट भगिरथ प्रयास भइरहेको छ ।
सचिव रेग्मीले भने, “परिषद्का विभागीय र कार्यकारी समितिका पदाधिकारीसँग खेलकुद क्षेत्रको विकास र विस्तारका लागि विभिन्न पाटो पक्षबाट कार्ययोजना बनाएर काम गर्न छलफल र अन्तक्र्रिया तीव्र तुल्याइएको छ ।”
गहन छलफल र अन्तक्र्रियाका आधारमा कार्ययोजना बनाई अघि बढेमा असल अभ्यास र अब्बल नतिजा ल्याउन सकिने जिकिर गर्दै उनले खेल सङ्घका पदाधिकारी, प्रशिक्षक र खेलाडीसँग पनि अब मन्त्रालयले निरन्तर छलफल र अन्तक्र्रिया गर्ने बताए । कोभिड–१९ सङ्क्रमण जोखिम तथा सदस्यसचिवको रिक्ततालगायत विविध कारणले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने समय घर्किसकेको छ । उक्त प्रतियोगिता अघि बढाउने सन्दर्भमा आगामी स्थानीय तह निर्वाचन र एसइई परीक्षाले केही प्रभावित तुल्याउने भए पनि मन्त्रालय यसकै आसपासमा गर्ने सोचमा छ ।
राष्ट्रिय प्रतियोगिताका आधारमा आगामी सेप्टेम्बरमा हुने एशियन प्रतियोगिताका लागि जिल्ला र प्रदेशबाट खेलाडी छनोट भएर आउनुपर्ने छ । आगामी एशियन र राष्ट्रिय प्रतियोगितका लागि पनि परिषद् र विभिन्न खेलकुद विधाका सङ्घसंस्था सहभागिता र दायित्व बढेकाले मन्त्रालयले उनीहरूकोे भूमिकालाई प्रभावकारी तुल्याउन र आन्तरिक लोकतन्त्र प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: