भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप अभियान सुरु गरेको छ । यस नगरपालिकाको वडा नं १ देखि ९ नं वडाकै १२ वर्षभन्दा माथि उमेरका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको पहिलो र दोस्रो खोप पूरा गराएर कोरोनाविरुद्धको पूर्णखोपयुक्त पालिका घोषणा गर्न अभियान सुरु गरेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।
नगरपालिकालाई कोरोनाविरुद्धको पूर्ण खोपयुक्त पालिका घोषणा गर्ने उद्देश्यले नगरपालिकाले घरधुरी सर्वेक्षणसमेत सुरु गरेको छ । नगरपालिकामा रहेका ७२ स्वयंसेवक र ७२ स्वयंसेविका गरी १४४ जनालाई नौवटै वडामा खटाएर नगरपालिकाले खोप लगाउन कोही छुट भएका छन् कि छैनन्, सबैले पहिलो र दोस्रो मात्रा खोप लिएकी लिएनन्, नलिएका छन् भने तत्कालै खोप लगाउने व्यवस्था नगरपालिकाले गरेको छ ।
“चाँगुनारायण नगरपालिकालाई कोरोनाविरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ सबै वडामा खोप अभियान चलाएको छ, अहिलेसम्मको तथ्याङ्कानुसार यस पालिकामा १०४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्राको पूर्ण खोप पाइसकेका छन्”, नगरप्रमुख मिश्रले भने, “खोप लगाउन अझै कोही छुटेका छन् भने उनीहरूलाई पनि खोप लगाएर यहीँ फागुन २७ गते नगरपालिकाको स्थापना दिवसका दिनमा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्नेछौँ ।”
नगरपालिकाले खोप लगाउन छुटेका अपाङ्ग, असाहय, ज्येष्ठ नागरिक, स्वास्थ्य केन्द्रसम्म जान नसक्नेलाई घरघरमै स्वास्थ्यकर्मी पठाएर खोप लगाउने र स्वास्थ्य संस्थासम्म आउन सक्नेलाई त्यहीँ ल्याएर खोप लगाउने व्यवस्था गरेको उनको भनाइ छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँले नगरपालिकामा स्थायी, अस्थायी र बसाइँसराइ गरी आएका नागरिकलाई समेत खोपको व्यवस्था गरिएको जानकारी दिए । पर्यटकीय क्षेत्र भएकाले यहाँ आएका विदेशी नागरिकलाई समेत खोपको व्यवस्था गरिएको उनको भनाइ छ ।
नगरपालिकाले अस्थायीरूपमा बसेका इँटाभट्टाका कामदार, १२ वर्षमाथिका बालबालिका एवं कामदारलाई समेत भट्टामै गएर खोप लगाउने व्यवस्था गरिएको जानकारी दिँदै उनले कोही पनि नागरिक खोपबाट बञ्चित हुन नपरोस् भनेर अभियान सञ्चालन गरिएको बताए । चिकित्सकले कोरोनाविरुद्धको खोप लगाउन हुँदैन भनेर भनेकाबाहेक सबै नागरिकलाई खोपको व्यवस्था गरिएको भन्दै उनले दोस्रो मात्राको खोप पूरा गरेकाहरूलाई तेस्रो मात्रा अर्थात् बुस्टर खोपसमेत लगाउन थालिएको बताए ।
नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सत्यराम दुवालले यसअघि ७७ हजार जनसङ्ख्या रहेको यस नगरपालिकामा हालै सार्वजनिक गरिएको जनगणनाअनुसार ८८ हजार जनसङ्ख्या पुगे पनि अहिलेसम्म नगरपालिकाभित्र बसोबास गर्ने एक लाख पाँच हजार जनालाई पूर्ण खोप दिलाएको बताए । अबको चार दिनभित्र टोलटोलमा खटिएका स्वयंसेवकबाट खोपका बारेमा थप तथ्याङ्क आउने उनको भनाइ छ ।
नगरपालिकाले आगामी फागुन २७ गते नगरपालिकाको स्थापना दिवसमा एकैपटक कोरोनाविरुद्धको पूर्ण खोपयुक्त र बालमैत्री स्थानीय शासन लागू गर्दै बालमैत्री नगरपालिका घोषणा गर्ने नगरप्रमुख मिश्रले जानकारी दिए । बालमैत्री स्थानीय शासन लागू गर्नका लागि चालु आव २०७८र८९ का लागि नगरपालिकाले करिब एक करोड २० लाख बजेट खर्चिएर नौवटै वडामा बाल क्लब गठन, बाल सञ्जाल गठन, घरधुरी सर्वेक्षण, बालमैत्री विद्यालयलगायत सरकारले निर्धारण गरेको ५१ वटा सूचकहरु प्राप्तिका लागि प्रत्येक वडाका काम तीव्र पारेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: