Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

युद्ध विमानमाथि निशाना : चीनले सैन्य विमानमा लेजर प्रकाश प्रयोग गरेको अस्ट्रेलियाको आरोप

अस्ट्रेलियाको सरकारले लेजर प्रकाश देखाउने पानीजहाज
खबरडबली संवाददाता

काठमाडाैं । अस्ट्रेलियाको रक्षा मन्त्रालयले चीनको नौसैनिक पानीजहाजले आफ्नो एउटा सैन्य विमानतर्फ 'सैन्य क्षमता'को लेजर प्रकाश देखाएको आरोप लगाएको छ।

चिनियाँ पानीजहाज उत्तर अस्ट्रेलिया नजिकै आराफुरा समुद्रमा अघि बढिरहेको बेला बिहीवार यो घटना भएको हो।

अस्ट्रेलियाको रक्षा मन्त्रालयले भनेको छ, ‘यस्तो गतिविधिले मानव जीवनमाथि जोखिम निम्त्याउने सम्भावना रहन्छ। हामी व्यावसायिक र असुरक्षित सैनिक व्यवहारको कडा निन्दा गर्छौँ।’

यस विषयमा चिनियाँ अधिकारीहरूले कुनै प्रतिक्रिया जनाएका छैनन्। विभिन्न विवादहरूका कारण हालैका वर्षहरूमा दुई देशको सम्बन्धमा चिसोपन देखिएको छ।

युद्ध विमानमाथि निशाना

अस्ट्रेलियाका सञ्चारमाध्यमहरूले यसअघि पनि यस्तै खालका लेजर देखाइएका घटनाबारे समाचार प्रकाशित गरेका छन्।

त्यस्ता गतिविधिका पछाडि साना चिनियाँ पानीजहाजहरूको भूमिका रहेको गुप्तचर अधिकारीले आरोप लगाउँदै आएका छन्। अस्ट्रेलियाको विज्ञप्ति अनुसार निशाना बनाइएको विमान बोइङ पी-एटए पुसाइडन रहेको थियो।

बोइङ पी-एटए पुसाइडन

अस्ट्रेलियाको रक्षा मन्त्रालयको विज्ञप्ति अनुसार निशाना बनाइएको विमान बोइङ पी-एटए पुसाइडन 

समुद्री क्षेत्रको गस्ती गर्ने त्यस्ता विमानमा पनडुब्बीहरूलाई पहिचान गर्नसक्ने सेन्सर र हतियार प्रणाली समेत जोडिएको छ।

मन्त्रालयका अनुसार उक्त पानीजहाज आराफुरा समुद्रमा पूर्वतर्फ अघि बढिरहेका दुई वटा चिनियाँ नौसैनिक जहाजमध्ये एक थियो।

अस्ट्रेलिया र पपुवा न्यू गिनीबीचको टोरेस स्ट्रेट पार गरेपछि यो घटना भएको थियो।

‘यी गतिविधिले अस्ट्रेलियाको प्रतिरक्षा फौजका सदस्यको सुरक्षा र जीवनलाई जोखिम पुर्‍याउन सक्थ्यो’ मन्त्रालयले भनेको छ, ‘व्यावसायिक सैनिकहरूबाट हामीले अपेक्षा गर्ने व्यवहारसँग यो मेल खाँदैन।’

अस्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन हो र विगतमा दुवैले राम्रो सम्बन्ध कायम राखेका थिए। तर हालैका वर्षहरूमा कटुता देखिएको छ।

अस्ट्रेलियाले आफ्नो आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप बेइजिङमाथि लगाएको छ।

उसले अग्रणी चिनियाँ कम्पनी ह्वावेईलाई अस्ट्रेलियाका प्रविधि पूर्वाधार निर्माणमा प्रतिबन्ध लगाउनुका साथै सबैभन्दा पहिले चीनको वुहान सहरमा पहिचान भएको कोभिड-१९ को स्रोत खोज्न अनुसन्धान गर्नुपर्ने पक्षमा आफूलाई उभ्याएको छ।

महामारीको समयमा देखा परेका जातिवादी घटनालाई देखाउँदै बेइजिङले चाहिँ विद्यार्थी र पर्यटकहरूलाई अस्ट्रेलिया नजान चेतावनी दिएको छ।

अस्ट्रेलिया, यूके र अमेरिकाबीच नयाँ सुरक्षा गठबन्धन बनेपछि गएको सेप्टेम्बरमा चीनले त्यसले 'क्षेत्रीय शान्तिलाई गम्भीर रूपमा क्षति पुर्‍याउने…. र अस्त्र होडबाजीलाई तीव्र पार्ने' जोखिम रहेको बताएको थियो।

चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले त्यसबेला अस्ट्रेलिया 'चीनको शत्रुका परिणत भएको' टिप्पणी गरेको थियो। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending