Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

स्थानीय तह निर्वाचन : राजनीतिक दलका गतिविधि गाउँ केन्द्रित

खबरडबली संवाददाता

गलकोट । स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधिलाई गाउँ केन्द्रित गरेका छन् । जिल्लामा ठूला दर मात्रै नभएर साना राजनीतिक दलले समेत वडा तहमै आफ्ना पार्टीका गतिविधि अगाडि बढाएका छन् । 

राष्ट्रिय राजनीतिका मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)सहित राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाले समेत गतिविधि बढाउँदै लगेका छन् ।

संघीय सरकारका सत्ता साझेदार  दलले आआफ्नै ढङ्गले पार्टीका गतिविधि अगाडि बढाएका छन् । प्रमुख प्रतिपक्षदल एमालेले अहिले वडा तहमै भेला र बैठक गरिरहेको छ । जिल्ला अधिवेशन सकेर सङ्गठन विस्तार अभियानमा रहेका ठूला दल चुनाव केन्द्रित हुँदै आएका हुन् । 

जिल्ला अधिवेशनपछि तातेको कांग्रेसले पार्टी कार्यालय निर्माण, ५० लाखको कार्यालय व्यवस्थापन कोष अभियानलाई तीव्रता दिएको कांग्रेस बागलुङका सभापति जित शेरचनले जानकारी दिए । कांग्रेस वडा तहमै आफ्नो निर्वाचन केन्द्रित अभियान, सङ्गठन विस्तारसँगै पार्टी कार्यालय बनाउनका लागि सहयोग सङ्कलन अभियान चलाइरहेको उनको भनाइ छ।, 

‘सत्ता गठबन्धनका विषयमा समेत छलफल भइरहेको छ, तर गाउँमा अहिले आ–आफ्नै ढङ्गले चुनावी अभियन केन्द्रितसमेत भएका छौँ, सँगसँगै जिल्लाको पार्टी कार्यालय बनाउनका लागि सहयोग सङ्कलन र भेटघाटलाई तीव्रता दिँदै आएका छौँ’, सभापति शेरचनले भने, ‘निर्वाचनमा कांग्रेसले जनताको मन जित्ने गरी अहिले गाउँ, वडादेखि टोलसम्मै पार्टीका गतिविधि बढाइरहेका छौँ ।’ 

टोलमै पुगेर निर्वाचन लक्षित समिति गठन गर्दै चुनावी अभियानलाई तीव्रता दिएको उनले बताए। 

एमालेले जिल्ला अधिवेशन, जिल्ला कमिटी बैठक सकेर पालिका हुँदै वडामा पुगेको एमाले प्रचार विभाग प्रमुख चन्द्र गणेश पौडेलले जानकारी दिए । 

‘स्थानीय तहको निर्वाचन मिति तोकेलगत्तै उत्साहित बनेको एमाले र निर्वाचित जनप्रतिनिधि अहिले गाउँमा भेला, बैठक तथा सङ्गठन विस्तार अभियानमा लागि परेका छन्’ उनले भने, ‘अहिले एमाले कसरी आफूले निर्वाचनमा विजयी हुने भन्ने रणनीतिक योजनाका साथ गाउँ पसेको छ, अहिलेसम्म बरेङ गाउँपालिका अधिवेशनबाहेका नौ वटा स्थानीय तह र सबै वडा अधिवेशन सकेर एमाले गाउँ गाउँमा पुगेको छ ।’ 

अहिले सत्ता साझेदारी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धनलाई स्थानीय तहको निर्वाचनसम्मै लैजानका लागि दलीय भेटघाट बढाएका छन् भने छुट्टाछुट्टैरुपमा गाउँमा आफ्ना गतिविधिसमेत बढाउँदै लगेको देखिन्छ । 

यस्तै, गठबन्धनलाई स्थानीय तहमा कायम गरेर लैजानै अथवा अन्य विकल्प खोज्ने विषयमा गठबन्धनसँग र एमालेसँग भेटवार्ता बढाइरहेको र माओवादी केन्द्रले आफ्नो ढङ्गले गाउँ केन्द्रित अभियान चलाइरहेको  माओवादी केन्द्र बागलुङ नगर कमिटीका सचिव राजु खड्काले जानकारी दिए । 

माओवादीले बागलुङ नगरपालिकाका सबै वडा र टोलमा यही फागुन १४ सम्म भेला गरी सक्ने गरी प्रतिनिधि खटाएको जनाएको छ । राष्ट्रिय जनमोर्चाले समेत पार्टीका गतिविधिलाई सक्रिय बनाएको छ । 

सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेसँगै अब स्थानीय तह जनप्रतिनिधिविहीन नहुने काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले बताए। स्थानीय तह पुनःजनप्रतिनिधिविहीन हुने अवस्थाको अन्त्य भएको र स्थानीय राजनीतिक दल निर्वाचन केन्द्रित भएको उनको बुझाइ छ। 

जिल्लामा जनप्रतिनिधिसँगै राजनीतिक दल र आमजनतामा निर्वाचनको मिति घोषणाले उत्साह छाएको छ ।  पुनः स्थानीय तहको सत्ता कर्मचारीकै हातमा पुग्ने होकी भन्ने पिरलो स्थानीय तहको निर्वाचन मिति घोषणसँगै हटेर गएको जिल्लाका नेताले बताएका छन् ।

जिल्लाका राजनीतिक दलले आफ्नो पालिकादेखि वडासम्मै जिम्मेवारी बाँडफाँट विभिन्न विभाग, फाँट, वडागतरुपमा भौगोलिक जिम्मेवारी दिएर पार्टीलाई निर्वाचन केन्द्रित अभियान सञ्चालन गरिरहेका छन् । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending