Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

वृद्धवृद्धाका लागि वरदान बन्दै स्वास्थ्य बीमा कार्यक्रम

रासस

गलेश्वर । म्याग्दीमा नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुँदै गएको छ । 

युवा तथा बालबालिकामा भन्दा पनि वृद्धवृद्धामा यसको प्रभावकारिता बढी देखिएको पाइएको हो । बिरामी हुँदा हजारौँ रुपैयाँ खर्च गर्दै आएका वृद्धवृद्धाहरु अहिले स्वास्थ्य बीमा गरेपछि अस्पतालमा आउनसाथ नि:शुल्क औषधि पाउन थालेका छन् । यसले गर्दा उनीहरुमा खुसी छाएको छ । घरमै आएर कर्मचारीले नि:शुल्क रुपमा बीमा गरिदिएपछि अहिले म्याग्दीका वृद्धवृद्धाले नि:शुल्क औषधि पाउन थालेका हुन् ।

बेनी नगरपालिका–२ बगरफाँटकीे ८२ वर्षीया रणमाया थापाले घरमै आएका दर्ता सहयोगीमार्फत नि:शुल्क स्वास्थ्य बीमा गराएपछि नि:शुल्क रुपमा अस्पतालबाट सेवा लिइरहेको बताइन् । सरकारको नि:शुल्क बीमाको नीतिले ज्येष्ठ नागरिकका लागि ठूलो राहत दिएको उनको भनाइ छ । “पहिला त केही बिरामी भएर अस्पताल जाँदा धेरै खर्च हुने गथ्र्यो, अहिले अस्पतालमा पुगेपछि कुनै पैसा लाग्दैन, हामी जस्ता नियमित औषधि सेवन गर्ने ज्येष्ठ नागरिकलाई राम्रो भएको छ”, उनले भनिन्, “घरमै बीमा गराउन आए, उनीहरुले दिएको परिचयपत्रका आधारमा अस्पतालमा गएपछि नि:शुल्क सेवा पाउँदा हामी हर्षित भएका छौँ ।”

मालिका गाउँपालिका–३ रुमका ७६ वर्षीय जीतबहादुर विकले नियमित रुपमा सुगर र प्रेसरको औषधि नि:शुल्क रुपमा सेवन गर्दै आएका छन् । उनले तीन वर्षदेखि बीमा गर्दै आएकामा पछिल्लो दुई वर्षयता नि:शुल्क बीमा गर्दै आएका छन्  । उनले पैसा तिरेर गर्दै आएको बीमाले सहज भइरहेको बेला सरकारले पुन: हामीजस्ता ज्येष्ठ नागरिकलाई बीमा गराएर उपचारमा सहजता प्रदान गरेको विकको भनाइ छ ।

म्याग्दीमा २४ हजार ६२३ जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध छन् । स्वास्थ्य बीमा बोर्ड म्याग्दीका कार्यालय प्रमुख उपेन्द्र बरालले २०७३ साल पुस १३ गतेदेखि लागू भएको स्वास्थ्य बीमा कार्यक्रममा सो सङ्ख्याले बीमा गरेको बताए  । सर्वसुलभ स्वास्थ्य सेवा सबै नागरिकलाई उपलब्ध गराउने र आर्थिक जोखिम न्यून गर्ने राज्यको नीतिअनुसार सुरु भएको स्वास्थ्य बीमा पछिल्लो समय प्रभावकारी हँुदै गएको उनले जानकारी दिए । परिवारको हेलामा परेर उपचार नपाएका ज्येष्ठ नागरिकलाई समेत नि:शुल्क स्वास्थ्य बीमाले सहज गराएको र उपचारको पहुँचमा पुर्‍याउँदा ज्येष्ठ नागरिकहरु खुसी भएको शर्माको भनाइ छ ।  

नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम म्याग्दी जिल्लामा विसं २०७३ असारदेखि पाइलट प्रोजेक्टका रुपमा अघि सारिएको थियो । कोरोना भाइरस सङ्क्रमणका कारण मानिसको स्वास्थ्यप्रतिको चासोसमेत बढ्दै गएकाले स्वास्थ्य बीमामा आबद्ध हुने नागरिकको सङ्ख्या बढ्ने स्वास्थ्य बीमा बोर्डको अपेक्षा छ । सरकारले स्वास्थ्यमा सबै नागरिकको समान पहँुच पुगोस् भन्ने हेतुका साथ अगाडि सारेको यो कार्यक्रमले जिल्लामा आर्थिक रूपमा विपन्न र गरिब समुदायका बिरामीले औषधि उपचारमा ठूलो राहत महसुस गर्न थालेका छन् ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको सरकारी अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य शल्याक्रियालगायत उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको झन्डै ४८० प्रकारका नि:शुल्क औषधि प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य बीमाका लागि म्याग्दी जिल्लाका ३२ जना दर्ता सहयोगीले घरघरमा पुगेर बीमा दर्ता गर्दै आएका छन् । नि:शुल्कबाहेकको हकमा पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवार सदस्य भएककाको हकमा प्रतिसदस्य रु ४५० का दरले शुल्क बुझाउनुपर्ने हुन्छ । यसरी बीमा गराएपछि परिवारका सदस्यले वार्षिक रूपमा एक लाखसम्म उपचार खर्च नि:शुल्क हुने व्यवस्था छ ।

वृद्धवृद्धाबाहेक अन्य नागरिकमा पनि स्वास्थ्य बीमा प्रभावकारी बनेको छ । यसले यहाँका नागरिकलाई स्वास्थोपचारमा टेवा पुगेको पाइन्छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending