Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

विद्यालयको भवन निर्माणका लागि विकास बेल्जियमको करिब एक करोड सहयोग

खबरडबली संवाददाता

म्याग्दी । जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको जलजला गाउँपालिका–३ मल्लाजस्थित विद्याज्योति माविको भवन निर्माणका लागि विकास बेल्जियमले करिब रु एक करोड सहयोग गरेको छ । 

विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा दश कोठे कक्षा कोठा भवन बनाउन लागिएको हो । विकास बेल्जियमका स्थानीय समन्वयकर्ता टेकबहादुर बरुवालले विद्यालयको भवन बनाउन गाउँपालिकालाई रु ९७ लाख ३६ हजार उपलब्ध गराएको जानकारी दिए । 

रु दुई करोड १३ लाख ९५ हजार ७६२ लागत अनुमान गरिएको भवन निर्माणका लागि करसहित रु एक करोड ६० लाख ७२ हजार ९७२ मा त्रिशक्ति कन्ट्रक्सन इन्जिनियरिङले ठेक्का लिएको गाउँपालिकाका इन्जिनियर सुनिल बानियाले बताए । २०७८ साउन ५ गते ठेक्का सम्झौता भएको भवन २०७९ को असार १० गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । दुई तले भवनको कूल खर्च हुने रकमको ७५ प्रतिशत विकास बेल्जियम र २५ प्रतिशत गाउँपालिकाले ब्यहोर्ने सम्झौता भएको थियो । संस्थाले ब्यहोर्नेमध्येको खर्च गाउँपालिकालाई उपलब्ध गराएको बरुवालले बताए । 

उनका अनुसार ढलान सकिएको भवनको प्लास्टर, रङरोगन, विद्युत्, फर्निचरका काम बाँकी छन् । ६० प्रतिशत निर्माण सकिएको उनले बताए । प्रअ रघुनाथ आचार्यका अनुसार कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल २७० विद्यार्थी छन् । विसं २००४ मा स्थापना भएको विद्याज्योति धौलागिरि क्षेत्रकै पुरानो विद्यालय मानिन्छ ।

विकास बेल्जियमले यसअघि धौलागिरि गाउँपालिकाका–७ मा ताकम माविको भवन र बेनीको कालीपुलदेखि डिलफाँट हुँदै मल्लाजसम्म पदमार्ग निर्माण गरेको थियो । तीन चरणमा रु ८६ लाख नौ हजार २५२ को लागतमा एक हजार ९५२ मिटर पक्की पदमार्ग निर्माण हो । ठाडो भिरको उकालोमा सिँढी र रेलिङसहितको पदमार्ग निर्माण भएपछि बेनी बजारका साथै बगरफाँट वारीबेनी, जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँट, म्याग्दीको नागीका बासिन्दालाई आवतजावतमा सहज भएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending