मनाङ । स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको छ । निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली सङ्कलन स्थगित भएको छ । तर, हिमाली जिल्ला मनाङमा हालसम्म पनि अद्यावधिक मतदाता नामावली आइपुगेको छैन ।
निर्वाचन नजिकिएसँगै अद्यावधिक भएको नयाँ मतदाता नामावली भने हालसम्म जिल्लामा आइनपुगेको निर्वाचन कार्यालय मनाङका निमित्त प्रमुख निर्वाचन अधिकारी अनन्त सुवेदीले जानकारी दिए। उनका अनुसार निर्वाचनको मिति घोषणा भएपछि विभिन्न राजनीतिक दलले प्रचारप्रसारलाई समेत तिव्रता दिइसकेको अवस्थामा पनि अद्यावधिक भएको नामावली जिल्लामा आइपुगेको छैन ।
निर्वाचनको मिति घोषणा भएपछि नामावली सङ्कलन स्थगित गरी अद्यावधिकको काम भइरहेको निर्वाचन अधिकारी सुवेदीले बताए। कार्यालय तथा स्थानीय तहमा पुगेर सङ्कलन भएको मतदाता नामावली सङ्ख्या अद्यावधिकका लागि निर्वाचन आयोगमा पठाएको तर हालसम्म आइनपुगेको उनले बताए ।
बाहिरी जिल्लाका व्यक्तिले भने यहाँ नामावली दर्ता गराएका छैनन् । “दर्ता भएका मतदाताको विवरण रुजु गरी विभाग पठाइएको छ, दाबी विरोधको काम भइरहेकाले उमेर नपुगेको र नाम दोहोरिएको भए हटेर आउनेछ”, उनले भने। जिल्लाको जनसङ्ख्या भन्दा मतदाता नामावली बढी भएपछि दोहोरो वा नामावली नमिलेको खण्डमा घटेर आउने उनले बताए ।
कार्यालयले जिल्लाका तीन वटै स्थानीय तहबाट गत मङ्सिर १७ देखि पुस ९ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली सङ्कलन अभियानमार्फत् २६३ मतदाता थपिएका थिए । त्यसबाहेक निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट भएको मतदाता नामावली सङ्कलनबाट पनि ६ हजार ९० मतदाता पुगेको उनले बताए।
मनाङ ङिस्याङ गाउँपालिकाबाट सबैभन्दा बढी मतदाता थपिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाबाट २८, नार्पाभूमि गाउँपालिकाबाट १० र नासों गाउँपालिकाबाट २५ मतदाता थपिएका छन् । तीमध्ये महिलाको सङ्ख्या बढी छ । “निर्वाचन कार्यालयले अद्यावधिक नामावली स्थानीय तहमा पठाइसक्नुपर्ने हुन्छ । तर, जिल्लामा अद्यावधिक भएको नामावली नआउँदा पालिकामा पठाउन सकिएको छैन”, निर्वाचन अधिकारी सुवेदीले भने, “अद्यावधिक भएको नामावली आउनासाथ पालिकामा पठाउने गरी काम गरिरहेका छौं ।”
विसं २०७७ चैतसम्म १८ वर्ष पुगेका मतदाता सङ्ख्या ६ हजार ३०९ पुगेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ६ हजार ५९० मतदाता रहेको जिल्लामा कात्तिकपछिको अद्यावधिक भएको मतदाता नामावली विभागमा पठाइएको छ । यसरी अद्यावधिक भएको मतदाता नामावली हालसम्म यहाँ आइपुगेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १६ गते, २०८३ - १७:४७
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा सरकारी कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अ...
बैशाख १६ गते, २०८३ - १७:४१
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्द...
बैशाख १६ गते, २०८३ - १७:३२
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट निलम्बन गरेको छ । ललितपुरको बीपी...
बैशाख १६ गते, २०८३ - १७:०९
काठमाडौं । नेपाल बार एशोसिएसनले राष्ट्रपतिसमक्ष सिफारिस गरिएका अध्यादेशहरू तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। बुधबार महासचिव केदारप्रसाद कोइरा...
बैशाख १६ गते, २०८३ - १६:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रक्रिया चाँडै सुरु हुने जानकारी ...
बैशाख १६ गते, २०८३ - १६:४५
काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ। उक्त आयोग गैरकानुनी भएको दाबी गर्दै यसको...
बैशाख १६ गते, २०८३ - १६:३३
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएका छन्। बुधबार सर्लाहीमा...
बैशाख १६ गते, २०८३ - १६:२३
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले पार्टीका सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका छन्। सिंहदरबारस्थित ...
बैशाख १६ गते, २०८३ - १६:०४
अस्ट्रेलिया। दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका ...
बैशाख १६ गते, २०८३ - १५:४०
काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैलीलाई अलोकतान्त्रिक र असंसदीय ...


प्रतिकृया लेख्नुहोस्: