काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिक्रियावादी शक्तिहरुले गठबन्धन सरकार गिराउने प्रयास गरिरहेको बताएका छन् ।
आईतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित २७ औँ जनयुद्ध दिवसको अवसरमा बोल्दै अध्यक्ष दाहालले प्रतिक्रियावादी शक्तिहरुले गठबन्धन सरकार गिराउने प्रयास गरिरहेको बताएका हुन् । उनले गठबन्धनलाई टुटाउन र निर्वाचन प्रक्रियालाई बिथोल्नको निम्ति अनेक खालका प्रपञ्चहरु भइरहेकोसमेत बताए । अध्यक्ष दाहालले गठबन्धन बनाउँदा केही सैद्धान्तिक र केही राजनीतिक मान्यताहरुलाई अघि सारेको बताउँदै सोही मान्यताका आधारमा गठबन्धन अघि बढ्नुपर्ने बताए ।
अध्यक्ष दाहालले भने, ‘अहिले जुन गठबन्धनको स्थिति, सरकारको स्थिति छ, हामी त्यो मार्फत फेरि एउटा निर्वाचनको प्रक्रियामा प्रवेश गर्ने र संविधान र जनताका अधिकारलाई अझ विकसित र परिमार्जन गर्ने प्रक्रियामा छौँ । हामी त्यहाँसम्म आइपुगेका छौँ तर क्रान्ति र प्रतिक्रान्तिको लडाईंमा अन्तिममा कसले जित्छ भन्ने प्रक्रियाभित्र अन्तिम टुंगो अझै लागेको छैन । पराजित प्रतिगमनकारी प्रवृत्ति चुप लागेर बसेको छैन । उसले अझै पनि प्रतिगमन गराउने नै कसरत चलाइरहेको छ र त्यसलाई मलजल गर्ने देशभित्र र बाहिर विभिन्न खालका प्रतिक्रियावादी शक्तिहरु सक्रिय छन् । अहिले कुनै तरिकाले प्रतिगमनबिरोधी आन्दोलनका कारण त्यो प्रक्रियाबाट पैदा भएको यो गठबन्धनलाई टुटाउनको निम्ति, यो सरकारलाई गिराउनको निम्ति, निर्वाचन प्रक्रियालाई बिथोल्नको निम्ति अनेक खालका प्रपञ्चहरु छन् । भइराखेका छन्, हामीले देखिरहेका छौँ । हामीले गठबन्धन बनाउँदा केही सैद्धान्तिक र केही राजनीतिक मान्यताहरुलाई अघि सारेका थियौँ र तिनै मान्यताका आधारमा गठबन्धन बनाएका हौँ ।’
अध्यक्ष दाहालले संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा र राष्ट्रियताको रक्षामा एकमत भएर गठबन्धन बनेको बताउँदै कुनै एउटा खास परियोजना गर्ने वा नगर्ने भन्ने आधारमा गठबन्धन नबनेको स्पष्ट पारे । उनले कुनै देश विशेषसँग गरेका सहमति, सम्झौंता वा परियोजना, आर्थिक सहयोगको लेनदेन र त्यसको आधारमा गठबन्धन नबनेको भन्दै नेपालको संविधान, नोपलको लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि लड्नुपर्ने बताए । अध्यक्ष दाहालले कसैले एउटा परियोजनासँग सम्बन्धित गराएर गठबन्धनको भाग्य र भविष्यबारे सोच्छ भने त्यो ऐतिहासिक धरातल भत्काए सरह हुने बताए ।
अध्यक्ष दाहालले भने, ‘संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा र राष्ट्रियताको रक्षामा हामी एकमत भएर त्यसैलाई लिपिवद्ध गरेर त्यसैको आधारमा आन्दोलित हुँदै हाम्रो गठबन्धन बनेको हो । यो सरकार पनि गठन भएको हो । हामीले कुनै देश विशेषसँग गरेका सहमति, सम्झौता वा परियोजना वा आर्थिक सहयोगको लेनदेन त्यसको आधारमा गठबन्धन बनाएको होइन । यो गठबन्धन सुदृढ हुँदै जाने वा कमजोर बन्ने भन्ने कुरा हामीले यो गठबन्धन निर्माण गर्दा जुन राजनीतिक र सैद्धान्तिक मान्यतामा खडा थियौँ, हामी त्यही मान्यतामा खडा भएर यो गठबन्धनलाई अघि बढाउनु पर्छ र नेपालको संविधान, नोपलको लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षा म सम्पूर्ण नेपाली जनसमुदाय दाजुभाई दिदिबहिनीहरुलाई विशेष रुपले अपिल गर्न चाहन्छु, हामी सबैले यो कुरालाई विचार गरौँ । संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति गठबन्धन गरिएको हो । कुनै एउटा खास परियोजना गर्ने वा नगर्ने भन्ने आधारमा यो गठबन्धन गरिएको होइन । आज यदी कसैले कुनै एउटा परियोजनासँग सम्बन्धित गराएर गठबन्धनको भाग्य र भविष्य बारे सोच्छ भने त्यो हाम्रो ऐतिहासिक धरातल भत्काउने जस्तै हुन्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: