Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

प्रतिक्रियावादी शक्तिहरुले गठबन्धन सरकार गिराउने प्रयास गरिरहेका छन्: अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिक्रियावादी शक्तिहरुले गठबन्धन सरकार गिराउने प्रयास गरिरहेको बताएका छन् । 

आईतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित २७ औँ जनयुद्ध दिवसको अवसरमा बोल्दै अध्यक्ष दाहालले प्रतिक्रियावादी शक्तिहरुले गठबन्धन सरकार गिराउने प्रयास गरिरहेको बताएका हुन् । उनले गठबन्धनलाई टुटाउन र निर्वाचन प्रक्रियालाई बिथोल्नको निम्ति अनेक खालका प्रपञ्चहरु भइरहेकोसमेत बताए । अध्यक्ष दाहालले गठबन्धन बनाउँदा केही सैद्धान्तिक र केही राजनीतिक मान्यताहरुलाई अघि सारेको बताउँदै सोही मान्यताका आधारमा गठबन्धन अघि बढ्नुपर्ने बताए  ।

अध्यक्ष दाहालले भने, ‘अहिले जुन गठबन्धनको स्थिति, सरकारको स्थिति छ, हामी त्यो मार्फत फेरि एउटा निर्वाचनको प्रक्रियामा प्रवेश गर्ने र संविधान र जनताका अधिकारलाई अझ विकसित र परिमार्जन गर्ने प्रक्रियामा छौँ । हामी त्यहाँसम्म आइपुगेका छौँ तर क्रान्ति र प्रतिक्रान्तिको लडाईंमा अन्तिममा कसले जित्छ भन्ने प्रक्रियाभित्र अन्तिम टुंगो अझै लागेको छैन । पराजित प्रतिगमनकारी प्रवृत्ति चुप लागेर बसेको छैन । उसले अझै पनि प्रतिगमन गराउने नै कसरत चलाइरहेको छ र त्यसलाई मलजल गर्ने देशभित्र र बाहिर विभिन्न खालका प्रतिक्रियावादी शक्तिहरु सक्रिय छन् । अहिले कुनै तरिकाले प्रतिगमनबिरोधी आन्दोलनका कारण त्यो प्रक्रियाबाट पैदा भएको यो गठबन्धनलाई टुटाउनको निम्ति, यो सरकारलाई गिराउनको निम्ति, निर्वाचन प्रक्रियालाई बिथोल्नको निम्ति अनेक खालका प्रपञ्चहरु छन् । भइराखेका छन्, हामीले देखिरहेका छौँ । हामीले गठबन्धन बनाउँदा केही सैद्धान्तिक र केही राजनीतिक मान्यताहरुलाई अघि सारेका थियौँ र तिनै मान्यताका आधारमा गठबन्धन बनाएका हौँ ।’

अध्यक्ष दाहालले संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा र राष्ट्रियताको रक्षामा एकमत भएर गठबन्धन बनेको बताउँदै कुनै एउटा खास परियोजना गर्ने वा नगर्ने भन्ने आधारमा गठबन्धन नबनेको स्पष्ट पारे । उनले  कुनै देश विशेषसँग गरेका सहमति, सम्झौंता वा परियोजना, आर्थिक सहयोगको लेनदेन र त्यसको आधारमा गठबन्धन नबनेको भन्दै नेपालको संविधान, नोपलको लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि लड्नुपर्ने बताए  । अध्यक्ष दाहालले कसैले एउटा परियोजनासँग सम्बन्धित गराएर गठबन्धनको भाग्य र भविष्यबारे सोच्छ भने त्यो ऐतिहासिक धरातल भत्काए सरह हुने बताए ।

अध्यक्ष दाहालले भने, ‘संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा र राष्ट्रियताको रक्षामा हामी एकमत भएर त्यसैलाई लिपिवद्ध गरेर त्यसैको आधारमा आन्दोलित हुँदै हाम्रो गठबन्धन बनेको हो । यो सरकार पनि गठन भएको हो । हामीले कुनै देश विशेषसँग गरेका सहमति, सम्झौता वा परियोजना वा आर्थिक सहयोगको लेनदेन त्यसको आधारमा गठबन्धन बनाएको होइन । यो गठबन्धन सुदृढ हुँदै जाने वा कमजोर बन्ने भन्ने कुरा हामीले यो गठबन्धन निर्माण गर्दा जुन राजनीतिक र सैद्धान्तिक मान्यतामा खडा थियौँ, हामी त्यही मान्यतामा खडा भएर यो गठबन्धनलाई अघि बढाउनु पर्छ र नेपालको संविधान, नोपलको लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षा म सम्पूर्ण नेपाली जनसमुदाय दाजुभाई दिदिबहिनीहरुलाई विशेष रुपले अपिल गर्न चाहन्छु, हामी सबैले यो कुरालाई विचार गरौँ । संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति गठबन्धन गरिएको हो । कुनै एउटा खास परियोजना गर्ने वा नगर्ने भन्ने आधारमा यो गठबन्धन गरिएको होइन । आज यदी कसैले कुनै एउटा परियोजनासँग सम्बन्धित गराएर गठबन्धनको भाग्य र भविष्य बारे सोच्छ भने त्यो हाम्रो ऐतिहासिक धरातल भत्काउने जस्तै हुन्छ ।’

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies