Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

पर्वतको बनौमा एक करोडको लागतमा बौद्ध बिहार निर्माण सुरु

खबरडबली संवाददाता

पर्वत । यहाँको जलजला गाउँपालिका–९ बनौमा बौद्ध बिहार निर्माण सुरु भएको छ । सरकारी निकाय र दाताहरूबाट सहयोग जुटाएर करिब रु एक करोडको लागतमा निर्माण गर्न लागिएको बिहारको बिहीबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री राम्जी बरालले शिलान्यास गरे । 

उक्त बौद्ध बिहार निर्माणमा गण्डकी प्रदेश सरकारबाट रु पाँच लाख, कोरिया समूहबाट रु ५७ हजार, डबबहादुर गर्बुजाबाट रु ५० हजार, स्थानीय पूर्णबहादुर पाइजाबाट रु ३५ हजार, प्रेमबहादुर पुर्जाबाट रु ३० हजार भुवनसिंह पुनबाट रु २५ हजारलगायतबाट सहयोग प्राप्त भएको छ । भवन आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने भएको छ ।

शिलान्यास कार्यक्रममा मन्त्री बरालले जसको नीति उसैको नेतृत्व भएमा मात्र समृद्धि हासिल गर्न सकिने बताउनुभयो । “परिवर्तनको अगुवाइ माओवादी पार्टीले नै गरेको हो तर कसैकसैलाई यो तितो सत्य पच्दैन, यो कुरा साँचो हो”,  उनले भने “अब सवै तहमा समृद्धिको नेतृत्व पनि माओवादी पार्टीले नै लिनुपर्ने हुन्छ ।” 

नीति एउटाको, नेतृत्व अर्काको भएका कारण तालमेल मिल्न नसकेको उनले बउनुभताए। समृद्धिको नेतृत्व वडा, पालिका तथा प्रदेश र सङ्घ सबै तहमा नीतिअनुसार नेतृत्व गर्नुपर्ने त्यसो हुदाँ गरिबी अन्त्य गरी देशमा समृद्धि हुने मन्त्री बरालले दाबी गरे । 

पछिल्लो समयमा पूर्वाधारका क्षेत्रमा देश अघि बढेसँगै अब उत्पादनमा समेत जोड दिनुपर्ने मन्त्री बरालले बताए । मगर बस्ती भएको उक्त क्षेत्रमा उत्पादनसहित पर्यटन प्रवद्र्धन गर्न घरबाससमेत सञ्चालन गर्न मन्त्री बरालले सुझाव दिए । 

राज्यले सबै धर्मलाई समानरुपले हेर्ने बताउँदै मन्त्री बरालले उक्त बिहार निर्माणमा थप रकम व्यबस्थापन गर्न पुनः पहल गर्नेसमेत बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ

भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका...

बजारमा कृतिम अभाव- फागुनमा पछिल्लो ३ महिनाकै उच्च ग्यास आयात

काठमाडौं । फागुन महिनामा विगत तीन महिनायता कै सबैभन्दा धेरै एलपी ग्यास आयात भए पनि उपभोक्ताले बजारमा अभावको सामना गर्नुपरेको छ। बढ्दो माग र आपूर्ति अस...

होर्मुज स्ट्रेट खोल्न इरानलाई ४८ घण्टे अल्टिमेटम दिएका ट्रम्पको बेलायतका प्रधानमन्त्रीलाई फोन

काठमाडौं । डोनाल्ड ट्रम्पले ऊर्जा ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्। यसैबीच ...

के गर्दै छन् बालेन ?

काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएपछि व्यापक रूपमा खोजी गरिएका राष्...

राष्ट्रपतिले किन ‘होल्ड’ गरे अर्यालको नाम ?

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा सिफारिस गृहमन्त्री ओमप्रकाश अर्यालको नाम राष्ट्रपति रामचन्द्र पौडेलले एक सातादेखि ‘होल्ड’ मा राखेका छन् । प्रधानमन्त्...

७ अर्ब करछली मुद्दामा वर्ल्डलिंकलाई उन्मुक्ति दिने महान्यायाधिवक्ता भण्डारीको निर्णय

काठमाडौं । जिम्मेवारीबाट बिदा हुन एक साता पनि बाँकी नरहँदा चुनावी सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सात अर्बभन्दा बढी करछलीसम्बन्धी मुद्दा नचला...

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउट...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाखभन्दा बढीको कारोबार

काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएक...

सुदूरपश्चिममा वन व्यवस्थापनको नीतिगत अन्योल : करोडौँको काठ जङ्गलमै कुहिँदै

कैलाली । विसं २०७७ सालमा 'वैज्ञानिक वन व्यवस्थापन' कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक र साझेदारी वनहरू नीतिगत अन्योलको भुमरीमा...

सूर्यविनायक-धुलिखेल सडक विस्तारः तीन वर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: