काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण सत्तारुढ गठबन्धन दलहरुबीच दूरी बढिरहेका बेला आज शिर्ष नेताहरुबीच भेटवार्ता भएको हो ।
‘भेटवार्तामा एमसीसीको नाम उच्चारण पनि भएन,’ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सहभागी नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले भने, ‘अन्य समसामयिक विषयमा छलफल भयो ।’ एमसीसी संसदमा टेबल गर्ने र अनुमोदन गर्ने विषयमा सत्तारुढ दलहरुबीच मतभेद रहँदै आएको छ ।
माओवादी र एकीकृत समाजवादीले संशोधन नगरी एमसीसी संसदबाट अनुमोदन गर्न नहुने बताउँदै आएका छन् भने सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस हालकै अवस्थामा एमसीसी अनुमोदन गर्नुपर्ने अडानमा रहेको छ ।
यसै साता देउवा र प्रचण्डले संयुक्त रुपमा एमसीसीलाई फागुनभित्र संसदबाट अनुमोदन गर्ने प्रतिवद्धता गरी पठाएको पत्र सार्वजनिक भएपछि सत्तारुढ दलहरुबीच थप दुरी बढेको हो । यसैबीच बुधबार प्रचण्ड र नेपालबीच भेटवार्ता भएको थियो । भेटमा उनीहरुले एमसीसीका विषयमा साझा धारणा बनाएका थिए ।
साझा धारणा लिएर आज प्रचण्ड र नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्री निकट स्रोतका अनुसार भेटवार्तामा प्रचण्ड र नेपालले हालकै अवस्थमा एमसीसी अनुमोदन गर्न नसकिने स्पष्ट अडान राखेका थिए । तर भेटवार्तामा सहभागी माओवादी नेता श्रेष्ठले भने एमसीसीका विषयमा छलफल नै नभएको दाबी गरे । ‘आजको भेटघाट शुद्ध रुपमा चिया गफ जस्तो भयो,’ उनले भने ।–न्युज कारखाना
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८१ - १७:००
मुम्बइ। पुष्पा:२ ले बक्स अफिसमा राज गरिरहेको देखिन्छ। चलचित्रले हरेक नयाँ दिनसँगै नयाँ र कीर्तिमानी कलेक्सन गरिरहेको बेला चलचित्रले धेरै सुपरहिट चल...
मंसिर २४ गते, २०८१ - १६:४८
झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताएका छन । झापाको गौरादहमा आज आयोजित ता...
मंसिर २४ गते, २०८१ - १६:३९
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको गिरावट भएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार ज नेप्से १२.८४ अंकले घटेको छ । नेप...
मंसिर २४ गते, २०८१ - १६:३३
पर्सा । पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाइ बिरगञ्ज ल्याइएको छ । राष्ट्यि स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई बयानका लागि पोख...
मंसिर २४ गते, २०८१ - १६:१९
फिलिपिन्स। मध्य फिलिपिन्समा सोमबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखीका कारण आकाशमा व्यापक खरानी उडिरहेको छ भने सरकारले आसपासका गाउँहरूबाट सुरक्षि...
मंसिर २४ गते, २०८१ - १६:११
काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गुलाम सरवरले सोमबार लैनचौरस्थित उपराष्ट...
मंसिर २४ गते, २०८१ - १६:०१
काठमाडौं। सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा छिटफुट वर्षा भएको छ । आइतबार साँझबाट देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदली भएको मौसम ...
मंसिर २४ गते, २०८१ - १५:४१
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि सरकारले निरङ्कुश,...
मंसिर २४ गते, २०८१ - १५:३२
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलले प्यालेस्टाइनी नागरिकमाथि नरसंहार गरेको भन्दै विरोध जनाएक...
मंसिर २४ गते, २०८१ - १४:५१
धनगढी। धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।चिकित्सकले विभिन्न परीक्षण र निगरानीको आधारमा उहाँको स्वास्थ्य अवस्था...
प्रतिकृया लेख्नुहोस्: