Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

पाडीबाच्छी हुर्काउने किसानलाई अनुदान

रासस

तनहुँ । पशुपालनलाई व्यवसायीकरणतर्फ उन्मुख बनाउनका लागि  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले किसानलाई प्रेरित गर्ने कर्यक्रम अघि सारेको छ । 

तनहुँलाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाई गाईभैंसीको आयात प्रतिस्थापन गर्ने उद्देश्यसहित केन्द्रले पाडीबाच्छी हुर्काउने किसानलाई प्रेरित गर्ने कर्यक्रम अघि सारेको हो । 

“यो कार्यक्रमअन्तर्गत एक वर्षदेखि दुई वर्षसम्मको पाडीबाच्छी हुर्काए वापत किसानलाई रु १० हजारका दरले अनुदान दिइने छ”, केन्द्रका प्रमुख डा बालकु्मार श्रेष्ठले भने, “किसानलाई अनुदान दिएपछि पाडीबाच्छी हुर्काउन सहज भएको छ ।” 

उहाँका अनुसार पाडीबाच्छी हुर्काउने किसानलाई अनुदान दिन चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट रु १० लाख बजेट विनियोजन भएको छ । 

“अनुदान पाउनका लागि कृत्रिम गर्भाधानबाट जन्मिएका पाडीबाच्छी हुनुपर्छ”, उनले भने, “एक किसानलाई बढीमा पाँच वटा पाडीबाच्छीसम्म हुर्काउन रु ५० हजार प्रोत्साहन रकम प्रदान गरिएको छ ।” चालु आर्थिक वर्षका लागि करिब १०० वटा पाडीबाच्छी हुर्काउनका लागि गण्डकी प्रदेश सरकारबाट रु १० लाख बजेट प्राप्त भएको उनको भनाइ छ । 

उनले भने, “पाडीबाच्छी हुर्काउनका लागि लामो समय पाल्नुपर्ने र खर्चिलो हुने भएकाले किसानलाई प्रोत्साहन गरिएको हो ।”   

कोरोना भाइरस सङ्क्रमण बढ्दो जोखिमसँगै पछिल्लो समय युवा पुस्ता कृषि एवं पशुपालनतर्फ आकर्षित भएका छन् । कृषि तथा पशुपालनमा केन्द्रले कार्ययोजना बनाई अनुदान दिन थालेपछि धेरैजसो सर्वसाधारण कृषि तथा पशुपालनमा आकर्षित भएको ठम्याई केन्द्रको छ । 

बाँझो जमिनमा घाँस लगाई जग्गा भाडामा लिई कृषि तथा पशुपालन गर्ने जमात बाक्लिदैं गएको छ । यसले कृषि तथा पशुपालनमा क्षेत्रमा प्रतिस्पर्धासँगै व्यवसायिकतातर्फ उन्मुख रहेको विश्वास केन्द्रले गरेको छ । अनुदानले किसानलाई राहत र उत्साहित बनाएको छ । 

पाडीबाच्छी लोप हँुदै जाँदा दुग्ध उत्पादनमा समेत असर पर्ने भएकाले यसको संरक्षण एवं सम्वद्र्धन गर्न लागिएको प्रमुख श्रेष्ठको भनाइ छ । जिल्लाको बन्दीपुर, व्यास नगरपालिका र भानु नगरपालिकामा पाडीबाच्छी हुर्काइ स्रोत केन्द्र स्थापना गरिएको हो । गत आर्थिक वर्षमा जिल्लाका १८१ किसानले ३०८ वटा पाडीबाच्छी हुर्काउँदा लाभान्वित भएका थिए । 

उक्त कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा बाख्रा तीन लाख ८७ हजार, भैँसी ५६ हजार ४७२, गाई ५१ हजार र भेडा ७०० छन् । पछिल्लो समय गाईको सङ्ख्या घट्दै गएको जनाइएको छ । 

त्यसैगरी पछिल्लो समय बट्टाई, कालिज, टर्की, लोकल कुखुरा, लेयर्स कुखुरापालनतर्फ किसानको आर्कषण बढ्दै गएको सो कार्यालयले जनाएको छ । जिल्लामा पशुपालन किसानको वृद्धिसँगै दूध, मासु र अण्डामा आत्मनिर्भर बन्न सफल भएको प्रमुख डा श्रेष्ठले जानकारी दिए । माछामा समेत जिल्लालाई आत्मनिर्भर बनाउनका लागि प्रक्रिया अघि बढाइएको सो कार्यालयले जनाएको छ । 

यसैगरी कार्यालयले पशु सेवातर्फ कृतिम गर्भाधान, पशु बिमा, पशुबस्तुमा लाग्ने रोगको उपचार, औषधी वितरणजस्ता कार्यहरु सञ्चालन गर्दै आएको छ । व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्ने, घाँसको बिऊ वितरण गर्ने, नश्ल सुधार गर्नेजस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राखी स्रोत विनियोजन परिचालन गरिएको केन्द्रले जनाएको छ । 

पशुपालनलाई व्यवसायीकरण गर्ने प्रयोजनका लागि अनुदानका कार्यक्रमहरु सञ्चालन गरिएको प्रमुख डा. श्रेष्ठको भनाइ छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending