Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

पाडीबाच्छी हुर्काउने किसानलाई अनुदान

रासस

तनहुँ । पशुपालनलाई व्यवसायीकरणतर्फ उन्मुख बनाउनका लागि  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले किसानलाई प्रेरित गर्ने कर्यक्रम अघि सारेको छ । 

तनहुँलाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाई गाईभैंसीको आयात प्रतिस्थापन गर्ने उद्देश्यसहित केन्द्रले पाडीबाच्छी हुर्काउने किसानलाई प्रेरित गर्ने कर्यक्रम अघि सारेको हो । 

“यो कार्यक्रमअन्तर्गत एक वर्षदेखि दुई वर्षसम्मको पाडीबाच्छी हुर्काए वापत किसानलाई रु १० हजारका दरले अनुदान दिइने छ”, केन्द्रका प्रमुख डा बालकु्मार श्रेष्ठले भने, “किसानलाई अनुदान दिएपछि पाडीबाच्छी हुर्काउन सहज भएको छ ।” 

उहाँका अनुसार पाडीबाच्छी हुर्काउने किसानलाई अनुदान दिन चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट रु १० लाख बजेट विनियोजन भएको छ । 

“अनुदान पाउनका लागि कृत्रिम गर्भाधानबाट जन्मिएका पाडीबाच्छी हुनुपर्छ”, उनले भने, “एक किसानलाई बढीमा पाँच वटा पाडीबाच्छीसम्म हुर्काउन रु ५० हजार प्रोत्साहन रकम प्रदान गरिएको छ ।” चालु आर्थिक वर्षका लागि करिब १०० वटा पाडीबाच्छी हुर्काउनका लागि गण्डकी प्रदेश सरकारबाट रु १० लाख बजेट प्राप्त भएको उनको भनाइ छ । 

उनले भने, “पाडीबाच्छी हुर्काउनका लागि लामो समय पाल्नुपर्ने र खर्चिलो हुने भएकाले किसानलाई प्रोत्साहन गरिएको हो ।”   

कोरोना भाइरस सङ्क्रमण बढ्दो जोखिमसँगै पछिल्लो समय युवा पुस्ता कृषि एवं पशुपालनतर्फ आकर्षित भएका छन् । कृषि तथा पशुपालनमा केन्द्रले कार्ययोजना बनाई अनुदान दिन थालेपछि धेरैजसो सर्वसाधारण कृषि तथा पशुपालनमा आकर्षित भएको ठम्याई केन्द्रको छ । 

बाँझो जमिनमा घाँस लगाई जग्गा भाडामा लिई कृषि तथा पशुपालन गर्ने जमात बाक्लिदैं गएको छ । यसले कृषि तथा पशुपालनमा क्षेत्रमा प्रतिस्पर्धासँगै व्यवसायिकतातर्फ उन्मुख रहेको विश्वास केन्द्रले गरेको छ । अनुदानले किसानलाई राहत र उत्साहित बनाएको छ । 

पाडीबाच्छी लोप हँुदै जाँदा दुग्ध उत्पादनमा समेत असर पर्ने भएकाले यसको संरक्षण एवं सम्वद्र्धन गर्न लागिएको प्रमुख श्रेष्ठको भनाइ छ । जिल्लाको बन्दीपुर, व्यास नगरपालिका र भानु नगरपालिकामा पाडीबाच्छी हुर्काइ स्रोत केन्द्र स्थापना गरिएको हो । गत आर्थिक वर्षमा जिल्लाका १८१ किसानले ३०८ वटा पाडीबाच्छी हुर्काउँदा लाभान्वित भएका थिए । 

उक्त कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा बाख्रा तीन लाख ८७ हजार, भैँसी ५६ हजार ४७२, गाई ५१ हजार र भेडा ७०० छन् । पछिल्लो समय गाईको सङ्ख्या घट्दै गएको जनाइएको छ । 

त्यसैगरी पछिल्लो समय बट्टाई, कालिज, टर्की, लोकल कुखुरा, लेयर्स कुखुरापालनतर्फ किसानको आर्कषण बढ्दै गएको सो कार्यालयले जनाएको छ । जिल्लामा पशुपालन किसानको वृद्धिसँगै दूध, मासु र अण्डामा आत्मनिर्भर बन्न सफल भएको प्रमुख डा श्रेष्ठले जानकारी दिए । माछामा समेत जिल्लालाई आत्मनिर्भर बनाउनका लागि प्रक्रिया अघि बढाइएको सो कार्यालयले जनाएको छ । 

यसैगरी कार्यालयले पशु सेवातर्फ कृतिम गर्भाधान, पशु बिमा, पशुबस्तुमा लाग्ने रोगको उपचार, औषधी वितरणजस्ता कार्यहरु सञ्चालन गर्दै आएको छ । व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्ने, घाँसको बिऊ वितरण गर्ने, नश्ल सुधार गर्नेजस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राखी स्रोत विनियोजन परिचालन गरिएको केन्द्रले जनाएको छ । 

पशुपालनलाई व्यवसायीकरण गर्ने प्रयोजनका लागि अनुदानका कार्यक्रमहरु सञ्चालन गरिएको प्रमुख डा. श्रेष्ठको भनाइ छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending