Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

सेताम्मे डाँडा र हिउँले पर्यटकको भीड

खबरडबली संवाददाता
डोटी । जिल्लामा गत बिहीबार रातिदेखि परेको हिमपातका कारण अहिले यहाँका डाँडाकाँडा सेताम्मे भएका छन् । कुनै बेला सुक्खा देखिने यहाँका डाँडाकाँडाहरु पछिल्लो समय हिमपात भएपछि सेताम्मे भएका हुन् । 
 
तिनै सेताम्मे डाँडाकाँडा अहिले आन्तरिक पर्यटकलाई आकर्षित बनाएको छ । हिउँ खेल्नकै लागि भएपनि यहाँका डाँडकाँडामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । 
 
हिमपात भएका यहाँका डाँडाकाँडाहरुमा रमाउन तथा अवलोकन गर्नका लागि दिनहुँ सयौँ पर्यटक आउन थालेका छन् । यहाँको पूर्वीचौकी गाउँपालिका–२ बग्लेकमा सबैभन्दा बढी हिमपात भएका छन् । 
 
हिमपातपछि अहिले सरकारी कर्मचारीदेखि आन्तरिक पर्यटक त्यहाँ दिनहुँ हिउँ खेल्नमा रमाउने गरेका छन् । बग्लेकमा सात वर्षयताकै ठूलो हिउँ परेकाले पनि यहाँ हिउँ खेल्नकै लागि पर्यटकको घुइँचो बढेको स्थानीयवासी बताउँछन् ।
 
जिल्लामा कोरोना जोखिम कायमै रहेको र सार्वजनिक ठाउँमा बढी भिडभाड नगर्न स्थानीय प्रशासनले सबैमा आग्रह गरे पनि हिउँ खेल्नका लागि दैनिक सयौँ नागरिक बग्लेक पुग्ने गरेको स्थानीयवासी भरतबहादुर साउँदले बताए। 
 
उनले भने, “हिउँले डाँडाकाँडा र रुख सेताम्मे भएका छन्, कोरोनाको बेवास्ता गर्दै आन्तरिक पर्यटक दैनिक हिउँ खेल्न आउने गरेका छन् ।” हिउँ खेल्नका लागि बग्लेकमा दिनहुँ आन्तरिक पर्यटक भित्रिन थालेपछि यहाँको व्यापार व्यवसाय पनि फस्टाएको उहाँको भनाइ छ । 
 
हिउँ खेल्न आउने आन्तरिक पर्यटकका कारण यहाँको चहलपहल निकै बढेको अर्का स्थानीयवासी धनबहादुर विष्टले बताए । 
 
उनले भने “बग्लेकलाई मिनी खप्तडका रुपमा पनि चिनिँदै आएको थियो, अहिले हिउँ परेपछि आन्तरिक पर्यटक आउन थालेकाले यहाँको चहलपहल झनै बढेको छ ।” 
 
हिउँमा टिकटक बनाउनेदेखि दिनभरि चिप्लेटी खेल्ने पर्यटकका कारण अहिले बग्लेकमा चहलपहल ह्वातै बढेको छ । जिल्ला सदरमुकाम सिलगढीबाट करिब ३० मिनेटको गाडी यात्रामा पुगिने भएकाले पनि बग्लेकमा अहिले हिउँ खेल्न जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको लडबुद्ध होटेल सिलगढीका सञ्चालक सिद्धराज जोशीले बताए । 
 
उनले भने, “गाडीको यात्रामा बग्लेक नजिकै छ, त्यसैमा झन यो वर्ष उल्लेख्य मात्रामा हिउँ परेपछि उक्त क्षेत्र पर्यटकको प्रमुख रोजाइँमा परेको हो ।” शुक्रबारदेखि उक्त क्षेत्रमा करिब तीन हजार आन्तरिक पर्यटक हिउँ खेल्नका लागि पुगेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै बढी भिडभाड नगर्न आग्रह गरिए पनि हिउँ खेल्न जाने आन्तरिक पर्यटकलाई रोक्न नसकिएको प्रहरी बताउँछन् । 
 
बग्लेकमा करिब सात वर्षपछिकै बाक्लो हिमपात यो वर्ष भएको र यातायातका साधन पनि पुग्ने भएकाले अहिले उक्त क्षेत्रमा हिउँ खेल्न तथा रमाइलो गर्न आउनेको सङ्ख्या बढ्दै गएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए।
 
उनले भने, “कोरोना भाइरस सङ्क्रमणका कारण आम नागरिक घर बाहिर निस्किन पाएका थिएनन्, त्यसैमा यो वर्ष बाक्लो हिमपात भएकाले पनि बग्लेकमा हिउँ खेल्न जाने आन्तरिक पर्यटक बढेका हुन् ।” 
 
बग्लेकबाट सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडसमेत अवलोकन गर्न सकिने भएकाले खप्तडका विभिन्न रमणीयस्थल तथा हिमालका दृष्य अवलोकन गर्नका लागि भएपनि अहिले बग्लेकमा आन्तरिक तथा बाह्यि पर्यटक भित्रिन थालेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । 
 
खप्तडमा बग्लेकभन्दा बढी हिउँ परेकाले त्यहाँका जनावर अहिले बग्लेक क्षेत्रमा झरेका छन् । विभिन्न जङ्गली जनावर देख्न सकिने भएकाले पनि यस क्षेत्रमा पर्यटक आउन थालेका छन् । अग्लो डाँडामा रहेको बग्लेकमा मैदान जमिन हरियाली ठाउँ भएको र घोडचडीको पनि व्यवस्था भएकाले पहिलेदेखि नै पर्यटक आउने गरेको थियो । त्यसमा पनि अहिले हिमपात भएकाले पर्यटकको सङ्ख्या बढेको भिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताए। 
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending