पाल्पा । पूराना धार्मिक सम्पदा मास्ने क्रम बढी रहेको छ । आधुनिक खालका घर भवन बन्ने क्रम धमाधम भइरहेको छ । ऐतिहासिक महत्व बोकेका धार्मिक सम्पदाको संरक्षण नहुदा गाउँघरमा हराउन पुगेका छन् ।
ऐतिहासिकता झल्काउने धार्मिक सम्पदा भएपनि महत्वलाई पहिचान गर्न नसक्दा अस्तित्व नै नरहने गरी हटाउन थालिएको छ । पाल्पा रामपुरमा रहेको ऐतिहासिक लक्ष्मीनारायण धर्मशाला (गुठी) भवनलाई संरक्षण गर्दै पूरानै शैलीमा पुर्नः निर्माणको काम भइरहेको छ ।
कालीगण्डकी बेँसीको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको धर्मशाला विसं २०७२ को भूकम्पले भवनमा क्षति पु¥याएपछि पौराणिक अस्तित्व बचाइ राख्न अहिले पूरानै शैलीमा पुनः निर्माणको काम धमाधम चल्दैछ ।
लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाको स्वामित्वमा धर्मशाला (गुठी) का रुपमा सञ्चालन हुँदै आइरहेको थियो । पूर्ण जीर्णोद्धार गर्न पुरातत्व विभागको विशेष पहलमा पुर्नःनिर्माण प्राधिकरणको करिब रु तीन करोड छ लाख ५३ हजार ६६२ वजेट लागतमा निर्माणको काम चलिरहेको छ ।
पूरानो धर्मशाला भुइँतलासहित तीनतले छ कोठा, दायाँ र बायाँ एक÷एक वटा बालापाली थियो भने, छानो झिँगटीले छाइएको थियो । सोहीस्वरुपमा नै श्री धर्म एस निर्माण सेवा प्रालिले २०७८ असार १६ गते ठेक्का सम्झौता गरी गत भदौ देखि निर्माण भइरहेको छ । २०८० असार ५ गते भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ ।
अहिले भवनको दोस्रो तलाको काम चलिरहेको छ भने हालसम्म करिव ३० प्रतिशत काम भएको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउँछन्।
उनी भन्छन्, ‘पूरानै ऐतिहासिकता झल्काउने बहुमुल्य काठजन्य सामग्रीबाट भवन निर्माण भइरहेको छ, काठमाण्डौँ देखि निर्माण सामग्री ल्याएर काम गरिरहेका छौँ, पूरानै शैलीमा भवन बनाउनुपर्ने भएको हुदा यस क्षेत्रमा अनुभवी कामदार पुरात्व विभाग अन्र्तगतकै परिचालन गरिएको छ।’
उनका अनुसार भवन निर्माण कार्य सकिएपछि यसलाई संग्रहालयका रुपमा विकास गरिने भएको छ । गाउँघरमा पहिले चलनचल्तीमा आएका पूराना काठजन्य वस्तुहरुलाई संरक्षण गर्दै संग्रहालयमा राखिने भएको छ ।
पौराणिक समयमा धार्मिक तीर्थस्थलका नामले परिचित रामपुरको लक्ष्मीनारायण धर्मशाला (गुठी) तत्कालीन समयमा राजदरबारकै रुपमा लिने गरिन्थ्यो । आधुनिक जीवनशैलीमा प्रयोगमा आउन नसक्ने भएपछि यस धर्मशाला बेवारिसे जस्तै भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - ०९:१८
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्नेबारे "अहिले" कुराकानी चलिरहेको र अमेरिकाले कुराकानी गरिरहेका "मानिसहरू" "सम्झौता ...
चैत्र ११ गते, २०८२ - ०९:१५
काठमाडौँ । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा वि...
चैत्र ११ गते, २०८२ - ०९:०२
पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आव...
चैत्र ११ गते, २०८२ - ०७:५१
काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्। जनताको म्यान्डेटविपरीत व...
चैत्र ११ गते, २०८२ - ०७:५०
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुट...
चैत्र ११ गते, २०८२ - ०७:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्या...
चैत्र ११ गते, २०८२ - ०७:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी ग...
चैत्र ११ गते, २०८२ - ०७:२६
काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्...
चैत्र ११ गते, २०८२ - ०७:२३
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हि...
चैत्र ११ गते, २०८२ - ०७:२१
बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आ...


प्रतिकृया लेख्नुहोस्: