Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

पर्वतको शालिग्रामा आरन व्यवसाय धरासायी बन्दै

\"Dalit\"पर्वत । पर्वत जिल्लाको दक्षीण भेगमा रहेको शालिग्राम गाविसमा विश्वकर्मा समुदायले पुस्तैँ देखी सञ्चालन गर्दै आएको आरन ब्यबसाय अहिले धरासायी बनेको छ । शालिग्रामका अधिकांश विश्वकर्मा समुदायले यो व्यवसाय अबलम्बन गर्दै आएका थिए । तर अहिले आरन व्यवसाय लोप हुन लागेको हो । आरन व्यवसाय पुरानो प्रणाली र शैलिमै आधारीत रहेका कारण धरासायी बनेको व्यवसायीको भनाई छ । यस्तै, सरकारी बेवास्ताको कारण पनि आफ्नो व्यवसाय धरासायी बनेको शालिग्रम ३ माझगाँउका एक आरन व्यवसायीले बताए । आरन ब्यबसायमा काम गर्दा कतिपय समाजमा आफुलाई ठुलोजात भन्नेहरुले अपमान जनक खालको ब्यबहार गर्ने गरेको उनीहरुको गुनासो छ । आरन व्यवसाय नराम्रो काम हो भन्ने मान्यताले पनि कतिपय व्यवसायीहरुले यो पेसा छोडेर अन्य पेसा अगालेका छन् ।र यस्ता कारणले आरन ब्यबसाय लोप हुने अवस्थामा पुगेको सोही स्थानकै अर्का ब्यबसायीले बताए । आफ्ना पुर्वज बावु बाजेले छाडेर गएको आरनको कामलाइ त्यस स्थानका विश्वकर्मा युवाहरुले पनि छोड्न थालेका छन् । यो काम गर्दा कुनै फाइदा नभएको भन्दै उनीहरु धमाधम बैदेशिक रोजगारमा जान थालेका छन । पर्वत जिल्लाको दक्षीणी भेगमा नै सबैभन्दा धेरै युवाहरु माझगाँउमा रहेको भए पनि अहिले विश्वकर्मा युवाहरु देख्न पाइदैन । पर्वत जिल्लाको शालिग्राम गाविसमा आरन काम गरेबापतको पारिश्रामीक अझै बालि प्रथा रहेको छ । परिश्रम अुसारको पारिश्रमिक नपाउनु तथा आरन काम गरेबापतको पारिश्रमिक बाली प्रथा भएको कारण नया पुस्ताहरुमा यो काम प्रति रुची नभएको हो । पर्बतको शालिग्राम गाविसमा मात्रै पर्वत जिल्लामा नै सबै भन्दा ठुलो संख्यामा विश्वकर्मा समुदाय बस्दै आइरहेका छन । अहिले सम्ममा विश्वकर्मा समुदाय शालिग्रम गाविसमा मात्रै करीब ३ सय घरधुरीको हाराहारीमा छन । ३ सय घरधुरी मध्ये करीब १५ र २० बर्ष अगाडी २६ घरधुरीको संख्यामा आरन व्यबसायीहरु रहेका थिए । तर अहिले त्यो व्यवसायीको संख्या घटेर आरन व्यवसायीहरुको घरधुरी संख्या ५ मा झरेको छ । आरन ब्यबसायीहरु प्रति सरकारको ध्यान जान नसकेमा त्यही संख्या पनि कम हुने विश्लेशकहरु बताउछन । त्यसो त आरन व्यवसायमा संलग्न हुन पनि सजिलो छैन । आगोको झिल्को, आगाको डाहा र आगोले गर्दा आरनमा काम गर्नेहरु निकै पीडित बन्ने गर्दछन । विभिन्न औजारहरु निर्माण गर्न तताएको फलाम उछिट्टीएर लाग्न सक्ने सम्भाबना र फलाम ठोक्दा फलामलाइ हानेको चोट आफैतिर फर्कने समस्याको पनि जोखीम पनि यस व्यवसायमा छ । नेपालका भिन्न स्थानहरुमा निक्कै जोखिमका साथ आरन काम गर्दा थुप्रै विश्वकर्माहरुले आफ्नो शरिरका अंगहरु गुमाएका छन भने कतिपयले आफ्नो ज्यानै गुमाएका छन । पर्वत शालिग्रामका आरन प्यवसायीहरुले पनि आफैले काम गर्दै गर्दा निकै कष्ट भोगेको समस्या सुनाउछन । जन्मदेखीको बल लगाएर घन ठोक्दा अर्कालाइ लाग्ने र अझ आफैलाइ लाग्ने निकै सम्भाकना हुन्छ । यस्तो जोखिमका साथ काम गर्दा पनि परिश्रमको उचित मुल्य नपाउने गरेको व्यबसायीहरुको गुनासो छ । आरन व्यवसायीमा संलग्न आरन व्यबसायीहरुले न समयमा खान पाएका छन न मिठो नै खान पाएका छन । एक व्यवसीले भने–‘विष्टहरु विहानै देखी छिटो काम गरीदिनु प¥यो भनेर अत्याउने गर्छन, विष्टहरुको काम नसकाउँदा सम्म खाना खाने फुर्सद हुदैन ।’ पर्वत शालिग्रामको आरन कामबाट पर्वत दक्षिणका विभिन्न गाविसहरु शालिग्राम, वहाकी, उराम, रानीपानी, बराचौर, बेउलीबास, टकलाक र स्याङजाको पिडीखोला गाविसका कृषक तथा घर परिवारहरुले लाभ लिने गरेका छन । शालिग्रामका विश्वकर्माहरुले, फलाम, तामा, एल्मोनियम, सिसा, जस्ता, लगाएत धातुहरुबाट, विभिन्न घरयसी साम्रगी तथा कृषी समाग्रीहरु बनाउने गर्दछन । विश्वकर्माहरुको पेसा र व्यवसाय प्रति राज्यले कुनै चासो नदेखाए आरन व्यबसाय लोपहुने स्थिती आइसकेको केही स्थानीयहरुको भनाइ छ । पुस्तौदेखी नेपालका कृषक तथा अन्य परिवार सँग प्रत्यक्ष जोडीदै आएका उनिहरुको व्यवसाय बचाउन हजार कष्ट सहने यी व्यवसायीहरुको उत्थान गर्न राज्यले पुस्तौँ देखि रहदै आएको बाली प्रथा हटाउने र आरन ब्यबसायमा नया आधुनिक प्रविधी र प्रणाली लागु गरी श्रमको उचित मुल्य कायम गराउन भुमिका खेल्नुपर्ने व्यवसायीको माग छ । यस्तै, आरन व्यवसायमा संलग्न परिवारको निशुल्क उपचार, आरन व्यवसाय गर्नेहरुलाइ भत्ता तथा पेन्सनको व्यवस्था र काममा सम्मानको सुनिश्चितता प्रदान गर्ने हो भने आरन व्यवसाय जोगीने स्थानिय विश्वकर्माहरुको ठहर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending