Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

रुस-युक्रेन संकट, बाइडनको चेतावनी : युक्रेनमा हमला गरे जर्मनीसँग जोडिने पाइपलाइन बन्द हुन्छ

रुसले युक्रेनतर्फको सीमामा एकलाखभन्दा धेरै सैनिक तैनाथ गरेको छ।
खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले यदि मस्कोले युक्रेनमा हमला गरेमा जर्मनीसँग जोडिने एउटा मुख्य ग्यास पाइपलाइन बन्द गरिदिने वाचा गरेका छन्।

जर्मन चान्सलर ओलाफ सोल्जसँगको वार्तापछि वासिङ्टनमा बोल्दै उनले नर्ड स्ट्रीम टू पाइपलाईनबारे त्यसो भनेका हुन्।

फ्रेन्च राष्ट्रपति एमानुअल माँक्रो र उनका रुसी समकक्षी पुटिनबीच मस्कोमा युद्ध छल्न सकिने भन्दै भेटवार्ता भइरहँदा वासिङ्टनमा बाइडन र सोल्जले छलफल गरेका हुन्।

अमेरिकी अधिकारीहरूले आइतवार रुसले पूर्ण आकारको हमलाका लागि चाहिने सैनिकको ७० प्रतिशत फौज भेला पारिसकेको बताएका छन्।

रुसी माग

पछिल्ला सातामा मस्कोले पश्चिमा सैन्य गठबन्धन नेटोमा युक्रेन कहिल्यै सदस्य बन्न नपाउनु पर्ने माग राखेको छ।

वासिङ्टनमा बाइडन र सोल्जले छलफल गरेका हुन्।

वासिङ्टनमा बाइडन र सोल्जले छलफल गरेका हुन्।
उसले पूर्वी युरोपमै नेटोका सैन्य सङ्ख्या घटाउनुपर्ने समेत भनिरहेको छ। रुसले युक्रेनतर्फको सीमामा एकलाखभन्दा धेरै सैनिक तैनाथ गरेको छ।

नेटोले ती दुवै मागलाई अस्विकार गरेको छ। बरु उसले आणविक अस्त्र सीमित पार्नेजस्ता अन्य क्षेत्रमा वार्ता गर्न सकिने जनाएको छ।

पुरानो तनाव

रुस, युक्रेन र पश्चिमा विश्व बीचको तनाव झण्डै ८ वर्षअघिदेखिएको हो। जतिखेर रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नोमा गाभेको थियो।

मस्कोले पूर्वी डोनबास क्षेत्रमा रक्तपातपूर्ण विद्रोह गरिरहेको समूहलाई सघाइरहेको छ। यतिखेर रुसले युक्रेनतर्फको सीमामा एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेको छ।

तर हमलाको तयारी गरिराखेको भन्ने आरोपलाई उसले अस्वीकार गर्दै आएको छ।

माँक्रो-पुटिन वार्ता

पुटिनले युक्रेन मामिलालाई लिएर फ्रेन्च राष्ट्रपति इमानुअल माँक्रोसँग भएको वार्ता उपयोगी र उपलब्धी उन्मुख भएको बताएका छन्।

मस्कोमा पुटिन र माँक्रोले पाँच घण्टा छलफल गरेका थिए।मस्कोमा उनीहरूले पाँच घण्टा छलफल गरेका थिए।

क्रेमलिनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा पुटिनले युरोपको सुरक्षाबारे माँक्रोका केही विचार व्यवहारिक भएको र ती भावी कदमका लागि आधार बन्न सक्ने बताए।

मस्कोमा पुटिन र माँक्रोले पाँच घण्टा छलफल गरेका थिए।

मस्कोमा पुटिन र माँक्रोले पाँच घण्टा छलफल गरेका थिए।

 

माँक्रोले आगामी दिन निर्णायक हुने भन्दै आफूले मस्कोसँग केही समान धारणा पाएको बताए।

पुटिनले यदि युक्रेनलाई नेटो गठबन्धनमा लगिएमा र क्राइमियालाई फिर्ता लैजाने प्रयास गरेमा नतिजा युद्ध हुने भन्दै चेतावनी दिएका छन्।

जर्मनी के चाहन्छ ?

जर्मन चान्सलर ओलाफ सोल्जसँग ह्वाइटहाउसमा भेटेपछि बोलेका बाइडनले मस्कोलाई चेतावनी दिँदै उसले जस्तो सुकै हमलाका लागि ठूलो मूल्य चुकाउनुपर्ने बताए।

तर अहिलेसम्म चान्सलर सोल्ज भने त्यस्तो अवस्थाका लागि आफूले कस्तो प्रतिबन्धलाई सघाउने भन्ने बिषयमा स्पष्ट देखिँदैनन्।

उनीमाथि बाल्टिक क्षेत्रको एउटा मुख्य ग्यास पाइपलाइन नर्ड स्ट्रिम टू बन्द गर्न दबाब छ। युक्रेनलाई हतियार नपठाएको भन्दै समेत जर्मनीको आलोचना भइरहेको छ।

बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending